अंश विवादका कारण गयो पवित्राको ज्यान, पक्राउ परे श्रीमान्

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २७ साउन, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकामा श्रीमानले श्रीमतीको वीभत्स हत्या गरेका छन् ।

सुन्दरहरैंचा-१० बाघझोडाका ५८ वर्षीय लक्ष्मण नेपालले आफ्नी श्रीमती ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या गरेका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार लक्ष्मणले आइतबार बिहान ११ बजेतिर खुकुरीले श्रीमतीको शरीरका विभिन्न भागमा अन्धाधुन्ध प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट पवित्राको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो ।

श्रीमानको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी पवित्राको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा १२ बजेतिर मृत्यु भएको हो ।

लक्ष्मणले आफ्नी दोस्री श्रीमती पवित्रालाई १६ धुर जग्गा दिएर आफ्नो माया देखाएका थिए। तर समयसँगै उनीहरूको सम्बन्धमा दरार आउन थाल्यो ।

विवाद बढ्दै गएपछि पवित्रा आफ्नो माइती लेटाङ फर्किएकी थिइन् । दुवैले एक अर्काविरुद्ध अदालतमा मुद्दा हाले ।

तर न्यायाधीशको मध्यस्थतामा उनीहरूले मिलेर बस्ने निर्णय गरे । जग्गा दुवैको नाममा राख्ने सहमति भयो र मुद्दा फिर्ता लिइयो ।

तर फेरि झगडा सुरु भयो र पवित्रा माइत गइन् । आइतबार बिहान लक्ष्मणले पवित्रालाई फोन गरे र घर फर्काए । उनीहरूले सँगै खाना खाने योजना बनाए ।

खाना खाने बेलामा लक्ष्मणले अचानक खुकुरी निकाले र पवित्रामाथि आक्रमण गरे ।

पवित्राको मृत्युपछि प्रहरीले लक्ष्मणलाई पक्राउ गरेको छ । उनले आफूले गरेको अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: आईतबार २७ साउन, २०८१, १५:०२:२२
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
प्रदेशमा सत्ता गठबन्धन जोगाउन कांग्रेसको पहल जारी
आईतबार १० साउन, २०८३
कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान
आईतबार १० साउन, २०८३
भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न
आईतबार १० साउन, २०८३
किन स्थगित भयो गगन थापाको भारत भ्रमण?
आईतबार १० साउन, २०८३
इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न निर्देशन
आईतबार १० साउन, २०८३
गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढीमा
शनिवार ९ साउन, २०८३
प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने
शनिवार ९ साउन, २०८३
इरानलाई हतियार नबेच्न रूस र चीनलाई ट्रम्पको चेतावनी
शनिवार ९ साउन, २०८३
सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड
शनिवार ९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०