छोरालाई चरम यातना दिएको भिडियो सार्वजनिक गर्ने बाबु समातिए

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २६ साउन, २०८१
२ वर्षअघि

ओखलढुंगा । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–९ ओखलढुंगाका ४३ वर्षीय फुरिञ्जी शेर्पा छोरालाई यातना दिएको आरोपमा पक्राउ परेका छन् ।

छोरालाई चरम यातना दिएर घाइते बनाएको आरोप उनीमाथि छ । शेर्पाले आफ्नै ४ र ६ वर्षीय छोरालाई चरम यातना दिने गरेको खुलेको हो ।

गाउँदेखि एकान्तमा शेर्पाको घर छ । शेर्पाले लामो समयदेखि छोरालाई यातना दिने गरेको रहस्य सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमार्फत बाहिरिएको हो ।

शेर्पाले आफ्नै ६ वर्षीय छोरालाई कुटपिट गर्नुका साथै खड्कुलाेमा हाली पानीसँगै उमाल्ने, डोरीले बाँधेर उल्टो मुन्टो पारेर झुण्ड्याउने गरेको भिडियो सार्वजनिक भएको छ ।

शेर्पा छोरालाई चरम यातना दिने र आफैंले भिडियो बनाएर सामाजिक सञ्जालमार्फत श्रीमतीलाई पठाउने गर्छन् । शेर्पाकी श्रीमती भने रोजगारीका लागि साइप्रसमा छन् ।

नेपालमा हुँदा आफूलाई पनि कुटपिट र यातना दिने गरेको शेर्पाकी श्रीमती छोटी शेर्पा बताउँछिन् ।

आफूलाई रिस देखाउन छोरालाई यातना दिएर भिडियो खिँचेर पठाउने गरेको र मानसिक तनाव दिने गरेको साइप्रसबाट शेर्पाले बताइन् ।

यस्तै, शेर्पाका चार सन्तानमध्ये एक जना बेपत्ता छन् । उनी बेपत्ता भएको करिब नौ वर्ष भएको स्थानीयको भनाइ छ ।

खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष ङवाङफुरी शेर्पाले आफ्ना छोरालाई धेरै यातना दिने गरेको पुष्टि गरे ।

वडाको समन्वयमा शेर्पालाई प्रहरीको जिम्मा लगाइएको र छोराहरुको उद्धार गरेर स्वास्थ्य परीक्षण गराइएको उनले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीका अनुसार घटनाको विषयमा थप अनुसन्धान गर्नका लागि पक्राउ परेका शेर्पालाई थप अनुसन्धानका लागि जिल्ला सदरमुकाम लगिएको छ ।

प्रकाशित समय: शनिवार २६ साउन, २०८१, ०९:००:२०
भिडियो खिच्न रोकिएको भन्ने समाचार असत्य: प्रेस सल्लाहकार दाहाल
सोमबार २१ ब‌ैशाख, २०८३
व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न सर्वोच्चको आदेश
सोमबार २१ ब‌ैशाख, २०८३
डोजर अभियानको असर पोखरामा: सुकुम्वासी सडकमा, ‘विकल्प बिना हट्दैनौं’
सोमबार २१ ब‌ैशाख, २०८३
भारतले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने यात्रा खुला गरेको विरोधमा काठमाडौंमा प्रदर्शन
सोमबार २१ ब‌ैशाख, २०८३
दलित संघका अध्यक्ष विश्वकर्माको राजीनामा, स्वास्थ्य र पारिवारिक कारण देखाए
सोमबार २१ ब‌ैशाख, २०८३
मुख्यमन्त्री बानियाँको घर–कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
सोमबार २१ ब‌ैशाख, २०८३
फिलिपिन्सको समर टापुमा ६.० म्याग्निच्युडको भूकम्प, स्थानीयमा त्रास
सोमबार २१ ब‌ैशाख, २०८३
सरकारले भारतसँग जिटुजीमार्फत रासायनिक मल किन्ने
सोमबार २१ ब‌ैशाख, २०८३
राष्ट्रपतिबाट फिर्ता अध्यादेश फेरि जस्ताको तस्तै शीतल निवास पठाईयो
सोमबार २१ ब‌ैशाख, २०८३
होल्डिङ सेन्टरमा सुकुमवासीको अवस्था अनुगमन गर्न संसदीय समितिमा माग
सोमबार २१ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०