सुन्दरहरैंचामा कारको ठक्करबाट भारतीय नागरिकको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २६ साउन, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-७ ठडियामा कारको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

शनिबार राति पूर्व-पश्चिम राजमार्गमा गछियाबाट विराटचोकतर्फ आउँदै गरेको को १ च ५८७३ नम्बरको कारले पैदल हिँड्दै गरेका भारतीय नागरिकलाई ठक्कर दिएको थियो ।

दुर्घटना राति करिब १०:५० बजे भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका भारतको असाम राज्य, छिराङ जिल्ला, बोडोल्याड निवासी अन्दाजी ५०-५५ वर्षीय हुपेनर कठेटको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको छ ।

उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो ।

कार चालक झापा जिल्ला, दमक नगरपालिका-१३ का ३० वर्षीय सुजन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाको समयमा कारको गति तीव्र रहेको बताइएको छ । चालकको मादक पदार्थ सेवन र सवारी चालक अनुमतिपत्रको अवस्था तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित समय: शनिवार २६ साउन, २०८१, ०८:५०:३५
किन स्थगित भयो गगन थापाको भारत भ्रमण?
आईतबार १० साउन, २०८३
इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न निर्देशन
आईतबार १० साउन, २०८३
गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढीमा
शनिवार ९ साउन, २०८३
प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने
शनिवार ९ साउन, २०८३
इरानलाई हतियार नबेच्न रूस र चीनलाई ट्रम्पको चेतावनी
शनिवार ९ साउन, २०८३
सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड
शनिवार ९ साउन, २०८३
तीन सन्तान जन्माउने परिवारलाई मासिक ४ हजार रुपैयाँ
शनिवार ९ साउन, २०८३
घुस लिएको आरोपमा सिँचाइ डिभिजनका प्रमुखसहित दुई जना पक्राउ
शनिवार ९ साउन, २०८३
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, आईसीयूमा भर्ना गर्न चिकित्सकको सुझाव
शनिवार ९ साउन, २०८३
किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा
शुक्रबार ८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०