आर्थिक संकटले घेरेपछि वडाध्यक्ष नै रोजगारीका लागि विदेश पलायन

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २५ साउन, २०८१
२ वर्षअघि

विराटनगर । आर्थिक संकटले घेरेपछि दाङको राप्ती गाउँपालिका–८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ रोजगारीका लागि विदेश पलायन भएका छन् ।

विसं २०७९ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित गुरुङ साउन २० गते रोजगारीका लागि बेलायत गएका हुन् ।

निर्वाचनअघि गुरुङ सोही वडामा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए । कार्यालय सहयोगी भएर काम गर्दा मतदाताको मन जितेर उनी वडाध्यक्षमा निर्वाचित भएका थिए । कार्यालय सहयोगीबाट वडाध्यक्षमा निर्वाचित गुरुङले निकै चर्चा पाएका थिए ।

अहिले पनि उनको काम गराइप्रति नागरिकको विश्वास कायमै छ । उनले एकाएक वैदेशिक रोजगारीको यात्रा थालेपछि भने वडावासी आश्चर्यमा परेका छन् । वडा सदस्यहरू पनि अल्मलिएका छन् ।

वडा सचिवले गर्ने कामदेखि सेवाग्राहीको निवेदन लेखिदिनेसम्मका सबै काम उनी आफैँ गर्थे । तर, आर्थिक संकटले घेरेपछि वैदेशिक रोजगारीलाई रोज्नु परेको उनीकी श्रीमती संगीता गुरुङ बताउँछिन् ।

वडाध्यक्षका रूपमा उनले मासिक ३० हजार रुपियाँ सेवा सुविधा पाउँदै आएका थिए ।

‘आमा लामो समयदेखि बिरामी हुनुभयो । उहाँको उपचारमा धेरै रकम खर्च भयो । ऋण पनि लाग्यो, यहाँ बसेर तिर्न सक्ने अवस्था नभएपछि विदेश जानुभयो,’ संगीताले भनिन् ।

वडाध्यक्ष गुरुङका बुबा नीमबहादुर गुरुङ बेलायतको सेवानिवृत्त सेना थिए । बुबाको मृत्युपछि बेलायत सरकारले निवृत्त भएका सेनाका छोराछोरीलाई रोजगार दिने व्यवस्था गरेका कारण उनी पनि विदेश गएका हुन् ।

हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी वडा सदस्य चम्फा पुनले समाल्दै आएकी छन् ।

प्रकाशित समय: शुक्रबार २५ साउन, २०८१, ०८:४७:४७
भिडियो खिच्न रोकिएको भन्ने समाचार असत्य: प्रेस सल्लाहकार दाहाल
सोमबार २१ ब‌ैशाख, २०८३
व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न सर्वोच्चको आदेश
सोमबार २१ ब‌ैशाख, २०८३
डोजर अभियानको असर पोखरामा: सुकुम्वासी सडकमा, ‘विकल्प बिना हट्दैनौं’
सोमबार २१ ब‌ैशाख, २०८३
भारतले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने यात्रा खुला गरेको विरोधमा काठमाडौंमा प्रदर्शन
सोमबार २१ ब‌ैशाख, २०८३
दलित संघका अध्यक्ष विश्वकर्माको राजीनामा, स्वास्थ्य र पारिवारिक कारण देखाए
सोमबार २१ ब‌ैशाख, २०८३
मुख्यमन्त्री बानियाँको घर–कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
सोमबार २१ ब‌ैशाख, २०८३
फिलिपिन्सको समर टापुमा ६.० म्याग्निच्युडको भूकम्प, स्थानीयमा त्रास
सोमबार २१ ब‌ैशाख, २०८३
सरकारले भारतसँग जिटुजीमार्फत रासायनिक मल किन्ने
सोमबार २१ ब‌ैशाख, २०८३
राष्ट्रपतिबाट फिर्ता अध्यादेश फेरि जस्ताको तस्तै शीतल निवास पठाईयो
सोमबार २१ ब‌ैशाख, २०८३
होल्डिङ सेन्टरमा सुकुमवासीको अवस्था अनुगमन गर्न संसदीय समितिमा माग
सोमबार २१ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०