कोशीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २४ साउन, २०८१
२ वर्षअघि

विराटनगर । जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न स्थानमा बदली र वर्षाको पूर्वानुमान गरेको छ ।

विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास भएको जनाएको हो ।

Advertisement

विभागले जारी गरेको मौसम बुलेटिनअनुसार हाल कोशी, मधेस र बागमती प्रदेशमा साधारणदेखि पूर्ण बदली भएको छ ।

यसैगरी, बाँकी प्रदेशमा आंशिकदेखि साधारण बदली भएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रही कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै वर्षा हुने विभागको पूर्वानुमान छ ।

त्यसैगरी, आज राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।

साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै विभागले सम्बन्धित सबैलाई सतर्क रहन आग्रह गरेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०