विराटनगर आएर प्रचण्डले भने : यो सरकारको गठन नै बिचौलिया र दलालले गरिदिएका हुन्

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २१ साउन, २०८१
२ वर्षअघि

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार बिचौलिया र दलालको सेवामा रहेको आरोप लगाएका छन् ।

विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले अहिलेको सरकारले बिचौलिया र दलालको सेवामा काम गरिरहेको आरोप लगाएका हुन् ।

सरकार नै बिचौलिया र दलालले निर्माण गरिदिएको आरोप लगाउँदै उनले भने, ‘जसको सिता खाई, उसको गीत गाई भन्ने चलन छ, सरकारले त्यही भएर उनीहरूको सेवा गर्ने प्रयास गरेको छ । तर, त्यसलाई स्वीकार गर्न सकिन्न ।’

उनले बिचौलिया र दलालको प्रभावमा राज्यलाई अर्बौं नोक्सानी हुनेगरी विद्युत महसुल छुट दिने प्रयास भइरहेको दाबी गरे ।

यसैगरी, प्रचण्डले संसदमा र लेखा समितिमा पनि यो विषय गम्भीरतासाथ उठेको बताए । ‘सरकारले अरबौं राज्यको सम्पत्ति छुट दिने दुस्साहस नगरोस्, सरकार र लेखा समितिका सभापतिको बाटो गलत छ,’ उनले भने, ‘त्यसविरुद्ध हामी सशक्त रूपमा उभिन्छौँ ।’

सरकारले र लेखा समितिका सभापतिले गरिरहेको गतिबिधिबारे जानकारी रहेको भन्दै अध्यक्ष प्रचण्डले बहुमतको आडमा जबरजस्ती गर्ने प्रयास भए दुर्भाग्य हुने चेतावनी दिएका छन् ।

अर्को प्रशंगमा अध्यक्ष प्रचण्डले आफूहरू संविधान संशोधनको विरोधी नभएपनि प्राप्त उपलब्धिको रक्षा गर्दै जनतालाई अझै अधिकार सम्पन्न बनाउनुपर्ने पक्षमा रहेको बताएका छन् । तर, अहिलेको सरकारको प्रकृति, उनीहरूको इतिहास र प्रवृत्ति हेर्दा उनीहरू जनताको अधिकार कटौतीको पक्षमा रहेकोले आपत्ति जनाएको उनको भनाइ छ ।

‘हामी संविधान संशोधनको विरोधी हैनौँ, जनतालाई अझै अधिकारसम्पन्न बनाउने गरी संविधान संशोधन हुने भए समर्थन गर्छौं,’ प्रचण्डले भने, ‘संविधानसभा जारी हुँदा हामीले राखेको पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाने भए हामी संशोधनमा तयार छौँ ।’ जनताको अधिकार कटौती गर्ने प्रयत्न भएको अवस्थामा भने सह्यै नहुने भन्दै उनले सडकमा गएर त्यसको प्रतिवाद गर्ने चेतावनी दिए ।

सरकारमा रहेका दलहरूले के विषयमा संविधान संशोधन चाहेका हुन् भन्ने पनि स्पष्ट भइनसकेको भन्दै उनले निर्वाचन प्रणालीलाई अझ बढी समावेशी र जनताको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा दुई पार्टी सिस्टम भन्दै प्रतिगामी बाटोमा जाने प्रयास स्वीकार्य नहुने बताए ।

आफू प्रधानमन्त्री हुँदै टीआरसी टुंगो लगाउन कार्यदल गठन भएको बताउँदै प्रचण्डले कार्यदलमा जुटेको सहमति अब समितिमा गएर फुल हाउस हुँदै पारित हुने बताए । अब त्यसबारे कुनै अवरोध नहुने उनको विश्वास छ ।

बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रचण्डले त्यसबारे पूरा बुझ्न नपाएको भएपनि बहुमत छ, जे गरे पनि हुन्छ भनेर शासकहरूले ठान्नु दुर्भाग्यपूर्ण हुने सन्देश दिएको टिप्पणी गरे ।

यस्तै उनले संसदीय परम्पराअनुसार लेखा समितिको सभापति प्रतिपक्षलाई दिनुपर्ने पनि बताए । उनले माओवादी केन्द्रले सार्वजनिक लेखा समितिको सभापतिको लागि स्वाभाविक दाबेदार रहेको बताए ।

प्रकाशित समय: सोमबार २१ साउन, २०८१, २१:१८:३३
लोकतन्त्र दिवस: जनआन्दोलनको उपलब्धि र आजको यथार्थ
शुक्रबार ११ ब‌ैशाख, २०८३
व्यवसायी गोल्छा सीआईबीको नियन्त्रणमा
बिहिबार १० ब‌ैशाख, २०८३
बोलाएको भोलिपल्टै संसद् अधिवेशन स्थगित
बिहिबार १० ब‌ैशाख, २०८३
महान्यायाधिवक्ता कँडेलविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
बिहिबार १० ब‌ैशाख, २०८३
१० दिनपछि नेप्से २८०० मुनि, कारोबार पनि घट्यो
बिहिबार १० ब‌ैशाख, २०८३
विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना बनाउँदै प्राधिकरण
बिहिबार १० ब‌ैशाख, २०८३
कर्मचारीका लागि विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन
बिहिबार १० ब‌ैशाख, २०८३
हर्क–सुदनबीच पार्टी एकताको छलफल, एउटै पार्टीमा जाने सम्भावना
बिहिबार १० ब‌ैशाख, २०८३
मन्त्रिपरिषद् बैठक सम्पन्न: तीन महत्वपूर्ण निर्णय पारित
बिहिबार १० ब‌ैशाख, २०८३
महान्यायाधीवक्ता नियुक्तिविरुद्ध रिटमा सर्वोच्चमा सुनुवाइ सुरु
बिहिबार १० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०