उदयपुरमा रोकिराखेको अटो भिरबाट खस्यो, १४ वर्षीया बालिकाको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २१ साउन, २०८१
२ वर्षअघि
प्रतिकात्मक फोटो

विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका-८ बेसारा स्थित बेल्टार वङसिलाघाट भित्री कच्ची सडक खण्डमा सोमबार साँझ सडक दुर्घटना भएको छ ।

दुर्घटनामा १४ वर्षीया किशोरी सारा राईको मृत्यु भएको छ ।

खोटाङबाट बेल्टारतर्फ आउँदै गरेको प्र १-०५-००१ ह ०२८५ नम्बरको अटोमा सवार सारा राईले घटनास्थलमा रोकिराखेको अर्को अटो (प्र१-०२-००४ ह ४०८१) मा खेल्ने क्रममा दुर्घटना भएको थियो ।

अटो सडकबाट अन्दाजी २०० मिटर तल खस्दा गम्भीर घाइते भएकी सारालाई उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको थियो ।

तर उपचारको क्रममा राति करिब ८ बजे उनको मृत्यु भएको हो ।

घटनामा संलग्न दुवै अटो र चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक अनुसन्धानले चालकको लापरवाहीलाई दुर्घटनाको कारण मानेको छ । घटनास्थल इलाका प्रहरी कार्यालय बेल्टारबाट लगभग १५ किलोमिटर उत्तर पश्चिममा पर्दछ ।

प्रकाशित समय: सोमबार २१ साउन, २०८१, ०८:१७:३३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०