सुन्दरहरैंचामा टिपरको ठक्करबाट बाबुको मृत्यु, छोरा घाइते

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १९ साउन, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकामा टिपरको ठक्करबाट बाबुको मृत्यु, भएको छ भने छोरा घाइते भएका छन् ।

शुक्रबार अपराह्नतिर सुन्दरहरैंचा-१० खोर्सानमा टिपरको ठक्करबाट केराबारी गाउँपालिका–९ का २२ वर्षीय रञ्जित मगर र पछाडि सवार उनका बुवा ६९ वर्षीय रामबहादुर मगर घाइते भएका थिए ।

Advertisement

गम्भीर अवस्थाका रामबहादुरलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइपुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।

घाइते रामबहादुरको टाउको, छात्तीलगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो ।

दुर्घटनामा परेर घाइते भएका मृतकका छोरा रञ्जितको नोबेल अस्पतालमै उपचार भइरहेको छ । प्रहरीका अनुसार शरीरका विभिन्न भागमा चोट लागेका उनको अवस्था मध्यम छ ।

शुक्रबार अपराह्न ४ः४५ बजेतिर सडकमा गुडिरहेको प्रदेश १–०२–००१ ख ९८८३ नम्बरको बसको पछाडि बाबु–छोरा सवार मोटरसाइकल दिउँसो ४ः४५ बजेतिर ठोक्किएको थियो ।

बसले अचानक ब्रेक लगाउँदा ठोक्किएको प्रदेश १–०२–०४२ प ८१७२ नम्बरको मोटरसाइकललाई पछाडिबाट टिपरले ठक्कर दिएको हो ।

ना १ क ६१६७ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएको थियो ।

दुर्घटनालगत्तै घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले मोटरसाइकल, टिपर, बस र बसका चालक उर्लाबारी नगरपालिका–४ का ५० वर्षीय राजकुमार विकलाई नियन्त्रणमका लिएको छ ।

टिपर चालक फरार रहेकाले खोजी तीव्र पारिएको डीएसपी बस्नेतले बताए । उनका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०