पेरिस ओलम्पिक : जब महिला बक्सरले पुरुषसँग भिड्नुपर्‍यो (भिडियोसहित)

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १८ साउन, २०८१
२ वर्षअघि

विराटनगर । इटालियन बक्सर एन्जेला कारिनीले आफ्नो बक्सिङ बाउट मात्र ४६ सेकेन्डमा छोडेपछि दर्शकहरू अचम्मित बने ।

फ्रान्समा जारी पेरिस ओलम्पिकअन्तर्गत नोर्थ पेरिस एरिनामा भएको खेलअन्तर्गत कारिनीले असन्तुष्टि जनाउँदै ‘म्याच’ छोडिन् ।

Advertisement

एन्जेलाले महिलाहरूको ६६ किलोग्राम वर्गको अन्तिम १६ को खेलमा अल्जेरियाकी इमेन खेलिफसँग प्रतिस्पर्धा गरिरहेकी थिइन् ।

दुवै शुरुवाती क्षणमा थिए र अल्जेरियालीले पहिलो कदम चालेकी थिइन् ।

उनले केही प्रहार गरिन् र त्यसपछि इटालियन कारिनीको अनुहारमा एउटा शक्तिशाली मुक्का हानिन् ।

यो प्रहारले कारिनीलाई असर गरेको देखियो र उनी आफ्नो कुनामा गइन् र बाउट रोक्न हात उठाइन् ।

यसले धेरैलाई आश्चर्यमा पार्‍यो ।

उनले खेलअधिकारीहरूलाई जानकारी दिइन् कि उनी नाक भाँचिएको थियो ।

पीडा सहन नसकेर कारिनीले खेल छोड्ने निधो गरेपछि प्रतिद्वन्द्वी खेलिफलाई विजयी घोषित गरिएको थियो ।

कारिनी खेलमा प्रतिस्पर्धा गर्न नसकेकोमा रोइन् । इटालियन ओलम्पिकमा आफ्ना बुबाको सम्मान गर्न आएकी थिइन् ।

आफूलाई योद्धा मान्दा मान्दै पनि उनले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय गरिन् र बाउट छोड्ने निर्णय गरिन् ।

उनले भनिन्, ‘मैले खाएको मुक्का यस्तो थियो जुन मैले आफ्नो अनुभवी करिअरमा कहिल्यै महसुस गरेकी थिइनँ।’

साथै, उनले पुरुष बक्सरसँग प्रतिष्पर्धा गर्न बाध्य बनाइएकोमा आयोजकसँग गुनासो पनि पोखिन् ।

अल्जेरियाली बक्सर खेलिफलाई गत वर्ष विश्व च्याम्पियनशिपबाट अयोग्य घोषित गरिएको थियो ।

यसको कारण थियो, उनी लिंग परीक्षणमा असफल भएकी थिइन् ।

अन्तर्राष्ट्रिय बक्सिङ संघले उनलाई प्रतिबन्धित गरेको थियो किनभने उनी लिंग परीक्षणको समयमा महिला प्रतियोगितामा भाग लिनका लागि योग्य मापदण्ड पूरा गर्न असफल भएकी थिइन् ।

यो टेस्टोस्टेरोन परीक्षण थिएन । तर एक विशेष परीक्षण थियो जसको विवरण गोप्य राखिएको छ।

आश्चर्यजनक रूपमा उनलाई अन्तर्राष्ट्रिय ओलम्पिक समितिद्वारा पेरिसमा भाग लिन भने अनुमति दिइएको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०