पेरिस ओलम्पिक : जब महिला बक्सरले पुरुषसँग भिड्नुपर्‍यो (भिडियोसहित)

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १८ साउन, २०८१
२ वर्षअघि

विराटनगर । इटालियन बक्सर एन्जेला कारिनीले आफ्नो बक्सिङ बाउट मात्र ४६ सेकेन्डमा छोडेपछि दर्शकहरू अचम्मित बने ।

फ्रान्समा जारी पेरिस ओलम्पिकअन्तर्गत नोर्थ पेरिस एरिनामा भएको खेलअन्तर्गत कारिनीले असन्तुष्टि जनाउँदै ‘म्याच’ छोडिन् ।

एन्जेलाले महिलाहरूको ६६ किलोग्राम वर्गको अन्तिम १६ को खेलमा अल्जेरियाकी इमेन खेलिफसँग प्रतिस्पर्धा गरिरहेकी थिइन् ।

दुवै शुरुवाती क्षणमा थिए र अल्जेरियालीले पहिलो कदम चालेकी थिइन् ।

उनले केही प्रहार गरिन् र त्यसपछि इटालियन कारिनीको अनुहारमा एउटा शक्तिशाली मुक्का हानिन् ।

यो प्रहारले कारिनीलाई असर गरेको देखियो र उनी आफ्नो कुनामा गइन् र बाउट रोक्न हात उठाइन् ।

यसले धेरैलाई आश्चर्यमा पार्‍यो ।

उनले खेलअधिकारीहरूलाई जानकारी दिइन् कि उनी नाक भाँचिएको थियो ।

पीडा सहन नसकेर कारिनीले खेल छोड्ने निधो गरेपछि प्रतिद्वन्द्वी खेलिफलाई विजयी घोषित गरिएको थियो ।

कारिनी खेलमा प्रतिस्पर्धा गर्न नसकेकोमा रोइन् । इटालियन ओलम्पिकमा आफ्ना बुबाको सम्मान गर्न आएकी थिइन् ।

आफूलाई योद्धा मान्दा मान्दै पनि उनले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय गरिन् र बाउट छोड्ने निर्णय गरिन् ।

उनले भनिन्, ‘मैले खाएको मुक्का यस्तो थियो जुन मैले आफ्नो अनुभवी करिअरमा कहिल्यै महसुस गरेकी थिइनँ।’

साथै, उनले पुरुष बक्सरसँग प्रतिष्पर्धा गर्न बाध्य बनाइएकोमा आयोजकसँग गुनासो पनि पोखिन् ।

अल्जेरियाली बक्सर खेलिफलाई गत वर्ष विश्व च्याम्पियनशिपबाट अयोग्य घोषित गरिएको थियो ।

यसको कारण थियो, उनी लिंग परीक्षणमा असफल भएकी थिइन् ।

अन्तर्राष्ट्रिय बक्सिङ संघले उनलाई प्रतिबन्धित गरेको थियो किनभने उनी लिंग परीक्षणको समयमा महिला प्रतियोगितामा भाग लिनका लागि योग्य मापदण्ड पूरा गर्न असफल भएकी थिइन् ।

यो टेस्टोस्टेरोन परीक्षण थिएन । तर एक विशेष परीक्षण थियो जसको विवरण गोप्य राखिएको छ।

आश्चर्यजनक रूपमा उनलाई अन्तर्राष्ट्रिय ओलम्पिक समितिद्वारा पेरिसमा भाग लिन भने अनुमति दिइएको थियो ।

प्रकाशित समय: शुक्रबार १८ साउन, २०८१, ०८:५६:२४
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०