त्रिशूली नदीमा दुईवटा बस खसे : तीन यात्रु हामफालेर बाँच्दा ६२ जना यात्रु बेपत्ता !

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २९ असार, २०८१
२ वर्षअघि

चितवन। पहिरोमा परी त्रिशुली नदीमा खसेर दुईवटा बस बेपत्ता हुँदा बसमा सवार ६५ जना यात्रुसमेत बेपत्ता भएका छन्।

प्रहरीका अनुसार शुक्रबार बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका-२९ सिमलताल भन्ने ठाउँमा अविरल वर्षाका कारण ठूलो पहिरो झरी वीरगन्जबाट काठमाडौँ जाँदै गरेको विङर गाडी र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन्।

वीरगन्जबाट आएको गाडीमा २४ जना र गणपति डिलक्समा ४१ जना यात्रु गरी ६५ जना सवार रहेको जानकारी प्राप्त भएको छ । यात्रुको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट बाट ३५ जना र बिपद ब्यबस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २० जना परिचालन भएका छन्। साथै अहिले मुग्लिन नारायणगढ सडक अबरुद्ध रहेको जानकारी सशस्त्र प्रहरीले दिएको छ।

ढुंगा खस्दा बस चालकको मृत्यु

यसैगरी, असार २८ गते बिहान ३ बजे चितवन जिल्ला भरतपुर-२९ सत्रकिलो स्थित नारायणगढ–मुग्लिन सडक खण्डमा ढुंगा खस्दा बसचालकको मृत्यु भएको छ।

बुटवलबाट काठमाण्डौँतर्फ जाँदै गरेको लु २ ख ६५६६ नं.को बसलाई अचानक माथिबाट लेदोसहितको ढुंगा खसेर बसमा लाग्दा बस चालक नवलपरासीको सुनवल नगरपालिका–४ बस्ने ३६ वर्षीय मेगनाथ बिकको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि भरतपुरतर्फ पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

बस घटनास्थलमै रहेको बसमा सवार यात्रुहरूलाई केही नभएको जानकारी सशस्त्र प्रहरीले दिएको छ।

बाटो एकतर्फ अवरोध भएको उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट २० जनाको टोली र नेपाल प्रहरी परिचालन भएको छ।

बाटो खुलाउन सडक डिभिजनसँग समन्वय भइरहेको जानकारी डिएसपी शैलेन्द्र थापाले दिए।

प्रकाशित समय: शुक्रबार २९ असार, २०८१, ०९:२६:४४
किन स्थगित भयो गगन थापाको भारत भ्रमण?
आईतबार १० साउन, २०८३
इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न निर्देशन
आईतबार १० साउन, २०८३
गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढीमा
शनिवार ९ साउन, २०८३
प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने
शनिवार ९ साउन, २०८३
इरानलाई हतियार नबेच्न रूस र चीनलाई ट्रम्पको चेतावनी
शनिवार ९ साउन, २०८३
सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड
शनिवार ९ साउन, २०८३
तीन सन्तान जन्माउने परिवारलाई मासिक ४ हजार रुपैयाँ
शनिवार ९ साउन, २०८३
घुस लिएको आरोपमा सिँचाइ डिभिजनका प्रमुखसहित दुई जना पक्राउ
शनिवार ९ साउन, २०८३
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, आईसीयूमा भर्ना गर्न चिकित्सकको सुझाव
शनिवार ९ साउन, २०८३
किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा
शुक्रबार ८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०