विराटनगरमा युवती जिस्काएको निहुँमा विवाद, भोलिपल्ट ‘ग्याङ फाइट’

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २६ असार, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगरमा दुई समूहबीच भएको ‘ग्याङ फाइट’मा एक युवकको मृत्यु भएको छ। घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार, सोमबार राति १० बजेतिर विराटनगर-२ स्थित सेन्ट जोसेफ मोडमा दुई पक्षबीच झडप भएको थियो।

झडपमा घाइते भएका कटहरी गाउँपालिका-१ का २१ वर्षीय करण कामतको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको हो।

घटनामा अन्य दुई जना – २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय – पनि घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ।

प्रहरीले घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा २० वर्षीय सोनु गिरी, १८ वर्षीय निमदावा शेर्पा, २० वर्षीय सञ्जय गिरी र १६ वर्षीय एक बालक रहेका छन्।

प्रारम्भिक अनुसन्धानबाट केटी जिस्काएको विषयलाई लिएर विवाद भएको र त्यसपछि दुई समूहबीच झडप भएको खुलेको छ। घटनामा प्रयोग गरिएको कैंची बरामद गरिएको छ।

डीएसपी बस्नेतले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र संलग्नविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने जानकारी दिए। उनले भने, “घटनामा अरु पनि संलग्न छन् कि भनेर अनुसन्धानको दायरा फराकिलो पारिएको छ।”

प्रकाशित समय: मङ्गलबार २६ असार, २०८१, २०:५०:३९
किन स्थगित भयो गगन थापाको भारत भ्रमण?
आईतबार १० साउन, २०८३
इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न निर्देशन
आईतबार १० साउन, २०८३
गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढीमा
शनिवार ९ साउन, २०८३
प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने
शनिवार ९ साउन, २०८३
इरानलाई हतियार नबेच्न रूस र चीनलाई ट्रम्पको चेतावनी
शनिवार ९ साउन, २०८३
सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड
शनिवार ९ साउन, २०८३
तीन सन्तान जन्माउने परिवारलाई मासिक ४ हजार रुपैयाँ
शनिवार ९ साउन, २०८३
घुस लिएको आरोपमा सिँचाइ डिभिजनका प्रमुखसहित दुई जना पक्राउ
शनिवार ९ साउन, २०८३
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, आईसीयूमा भर्ना गर्न चिकित्सकको सुझाव
शनिवार ९ साउन, २०८३
किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा
शुक्रबार ८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०