प्रतिकित्ता ८२० का दरले आइपिओ निष्कासन गर्ने तरखरमा रिलायन्स स्पिनिङ

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २६ असार, २०८१
२ वर्षअघि

विराटनगर । रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ।

यही असार २७ गतेदेखि बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ८२० रुपियाँ ८० पैसामा ११ लाख ५५ हजार ९६० कित्ता सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ।

Advertisement

बुक बिल्डिङ विधिको मापदण्ड अनुसार न्यूनतम ५० कित्ताका लागि प्रत्येक आवेदकले कम्तीमा ४१ हजार ४० रुपैयाँको आवेदन गर्नुपर्ने हुन्छ।

यस अनुसार २३ हजार ११९ जनाले मात्र यो सेयर पाउने सक्ने छन्। साउन १० गतेभित्र धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय र मेरो सेयरमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

औद्योगिक घराना गोल्यान ग्रुप र एमएस ग्रुपको संयुक्त लगानीमा स्थापित उत्पादकमूलक ठुलो उद्योगका रूपमा रिलायन्सले २०५४ सालदेखि उत्पादन थालेको हो।

सो उद्योगले कटन, एक्रेलिक्स, पोलिस्टर अल्लोलगायतका कच्चापदार्थ खरिद गरी विभिन्न प्रकृतिका धागो उत्पादन गर्दै आएको छ।

उद्योगले वार्षिक करिब ४८ हजार ९६० मेट्रिक टन धागो उत्पादन गर्ने गर्छ। देशभित्र खपत हुने उनी धागोको ८० प्रतिशत हिस्सा रिलायन्सकै रहेको दाबी कम्पनीको छ।

उत्पादित धागोको करिब ७० देखि ७५ प्रतिशत भारत, टर्कीलगायतका मुलुकमा निर्यात गर्ने गरेको मिल्सका प्रमुख प्रशासक महेशकुमार पोख्रेलले जानकारी दिए।

पोखरेलका अनुसार आर्थिक वर्ष २०७९/८० मा मुलुकको कुल निर्यातमध्ये रिलायन्स स्पिनिङ मिल्सको मात्र ४.६१ प्रतिशत योगदान थियो।

पोखरेलले उपलब्ध गराएको वित्तीय विवरण अनुसार कम्पनीले आव २०७७/७८ मा ८९ करोड ५० लाख रुपैयाँ र आव २०७९/८० मा एक अर्ब एक करोड रुपैयाँ नाफा भएको थियो।

कम्पनीको प्रतिकित्ता सेयर आम्दानी (इपिएस) आव २०७९/८० मा ५४.३४ रुपैयाँ थियो।

चालु आवमा भने २.०४ रुपैयाँमा झरेको छ।

उद्योगमा विद्युत् आपूर्तिमा आएको अवरोधका कारण उत्पादन प्रभावित हुँदा यो वर्षको इपिएस दाबी कम्पनीको छ।

एक करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको सो कम्पनीको अधिकृत पुँजी दुई करोड ६० लाख रुपियाँ छ।

कोशी प्रदेशको सुनसरी जिल्ला इटहरी–१२, खनारमा २५ बिघा क्षेत्रफलमा रहेको सो उद्योगले आठ युनिटमार्फत धागो उत्पादन गर्दै आएको छ।

तत्कालीन प्रविधिको उपलब्धता र उद्योगको आवश्यकता अनुसार उत्पादन युनिट थप गर्दै लगिएको पोखरेलले बताए।

उद्योगमा एक हजार ५५० महिलासहित चार हजार जना प्रत्यक्ष रोजगारीमा रहेको र करिब पाँच हजार जनालाई अप्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०