प्रतिकित्ता ८२० का दरले आइपिओ निष्कासन गर्ने तरखरमा रिलायन्स स्पिनिङ

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २६ असार, २०८१
२ वर्षअघि

विराटनगर । रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ।

यही असार २७ गतेदेखि बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ८२० रुपियाँ ८० पैसामा ११ लाख ५५ हजार ९६० कित्ता सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ।

बुक बिल्डिङ विधिको मापदण्ड अनुसार न्यूनतम ५० कित्ताका लागि प्रत्येक आवेदकले कम्तीमा ४१ हजार ४० रुपैयाँको आवेदन गर्नुपर्ने हुन्छ।

यस अनुसार २३ हजार ११९ जनाले मात्र यो सेयर पाउने सक्ने छन्। साउन १० गतेभित्र धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय र मेरो सेयरमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

औद्योगिक घराना गोल्यान ग्रुप र एमएस ग्रुपको संयुक्त लगानीमा स्थापित उत्पादकमूलक ठुलो उद्योगका रूपमा रिलायन्सले २०५४ सालदेखि उत्पादन थालेको हो।

सो उद्योगले कटन, एक्रेलिक्स, पोलिस्टर अल्लोलगायतका कच्चापदार्थ खरिद गरी विभिन्न प्रकृतिका धागो उत्पादन गर्दै आएको छ।

उद्योगले वार्षिक करिब ४८ हजार ९६० मेट्रिक टन धागो उत्पादन गर्ने गर्छ। देशभित्र खपत हुने उनी धागोको ८० प्रतिशत हिस्सा रिलायन्सकै रहेको दाबी कम्पनीको छ।

उत्पादित धागोको करिब ७० देखि ७५ प्रतिशत भारत, टर्कीलगायतका मुलुकमा निर्यात गर्ने गरेको मिल्सका प्रमुख प्रशासक महेशकुमार पोख्रेलले जानकारी दिए।

पोखरेलका अनुसार आर्थिक वर्ष २०७९/८० मा मुलुकको कुल निर्यातमध्ये रिलायन्स स्पिनिङ मिल्सको मात्र ४.६१ प्रतिशत योगदान थियो।

पोखरेलले उपलब्ध गराएको वित्तीय विवरण अनुसार कम्पनीले आव २०७७/७८ मा ८९ करोड ५० लाख रुपैयाँ र आव २०७९/८० मा एक अर्ब एक करोड रुपैयाँ नाफा भएको थियो।

कम्पनीको प्रतिकित्ता सेयर आम्दानी (इपिएस) आव २०७९/८० मा ५४.३४ रुपैयाँ थियो।

चालु आवमा भने २.०४ रुपैयाँमा झरेको छ।

उद्योगमा विद्युत् आपूर्तिमा आएको अवरोधका कारण उत्पादन प्रभावित हुँदा यो वर्षको इपिएस दाबी कम्पनीको छ।

एक करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको सो कम्पनीको अधिकृत पुँजी दुई करोड ६० लाख रुपियाँ छ।

कोशी प्रदेशको सुनसरी जिल्ला इटहरी–१२, खनारमा २५ बिघा क्षेत्रफलमा रहेको सो उद्योगले आठ युनिटमार्फत धागो उत्पादन गर्दै आएको छ।

तत्कालीन प्रविधिको उपलब्धता र उद्योगको आवश्यकता अनुसार उत्पादन युनिट थप गर्दै लगिएको पोखरेलले बताए।

उद्योगमा एक हजार ५५० महिलासहित चार हजार जना प्रत्यक्ष रोजगारीमा रहेको र करिब पाँच हजार जनालाई अप्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

प्रकाशित समय: मङ्गलबार २६ असार, २०८१, ०७:२६:४७

सम्बन्धित खबर

कांग्रेस आधिकारिकता विवादमा बहस सकियो, आजै फैसला आउने सम्भावना
शुक्रबार ४ ब‌ैशाख, २०८३
श्रम सम्झौताविना काममा लगाउने र बढी समय काम गराउनेविरुद्ध कारबाही हुने चेतावनी
शुक्रबार ४ ब‌ैशाख, २०८३
कम्बोडियामा नेपालीको बढ्दो उपस्थिति : जोखिम, चुनौती र समाधान
शुक्रबार ४ ब‌ैशाख, २०८३
त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गर्न ३५ दिने सूचना जारी
शुक्रबार ४ ब‌ैशाख, २०८३
ट्रेड युनियन खारेज निर्णय कार्यान्वयन भएन, संगठनहरू उल्टै माग लिएर मन्त्रालय पुगे
शुक्रबार ४ ब‌ैशाख, २०८३
सर्वोच्चको अनधिकृत पत्र लेख्ने विष्टलाई ६ महिना कैद सजाय
शुक्रबार ४ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्दै, सांसदहरू छलफलमा बोलाइए
शुक्रबार ४ ब‌ैशाख, २०८३
विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
रोहितको कप्तानीमा लिग २ खेल्ने टीम घोषणा
शुक्रबार ४ ब‌ैशाख, २०८३
सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०