धनपालथानले ल्यायो ६४ करोड ३९ लाखको बजेट

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ११ असार, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको धनपालथान गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ ।

सोमबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पालिका अध्यक्ष जिवच्छप्रसाद गच्छदारले नीति तथा कार्यक्रम र उपाध्यक्ष नसिमा बानोले आय तथा व्ययको विवरण प्रस्तुत गरेका हुन् ।

कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेतीको प्रमुख आतिथ्यता र प्रदेशसभा सदस्य गयानन्द मण्डलको विशिष्ट आतिथ्यतामा प्रस्तुत भएको नीति तथा कार्यक्रममा विद्यालयमा दिवाखाजादेखि लिएर गर्भवती महिलाका लागि नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गरिने विषय समावेश छन् ।

‘गर्भवती महिलालाई सुत्केरी गराउन विराटनगर र रंगेलीसम्मका स्वास्थ्य संस्थामा जान-आउन एम्बुलेन्स सेवा नि:शुल्क रूपमै प्रदान गर्नेछौं,’ पालिका अध्यक्ष गच्छदारले भने, ‘स्वास्थ्य क्षेत्रतिरै भनेर हामीले पालिका उपाध्यक्ष कार्यक्रमअन्तर्गत यहाँकै बर्थिङ सेन्टरमा छोरा जन्मिए एक हजार र छोरी जन्मिए पाँछ हजार प्रोत्साहन रकम दिनेछौं ।’

यसैगरी, स्वास्थ्य नीतिमा पालिकाले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि दिवाखाजादेखि छात्रवृत्तिसम्मको नीति लिएको छ । बाल विकास केन्द्रदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि पौष्टिक दिवाखाजाको व्यवस्था मिलाउने अनि कक्षा १२ सम्मका विद्यार्थीलाई नि:शुल्क पाठ्यपुस्तक र छात्रवृत्ति उपलब्ध गराउने पालिकाको योजना छ ।

त्यस्तै, पालिका उपाध्यक्ष बानोले आगामी आर्थिक वर्षको अनुमानित ६४ करोड ३९ लाख ५५ हजारको बजेट प्रस्तुत गरिन् ।

वित्तीय समानीकरण अनुदान १२ करोड, संघीय सरकारको राजस्व बाँटफाँटबाट १० करोड र समपुरक अनुदान एक करोड, प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान ७८ लाख, सवारीसाधन करबाट ४९ लाख, आन्तरिक आयस्रोतबाट दुई करोडलगायत गरी पालिकाले ६४ करोड ३९ लाख ५५ हजारको आय अनुमान गरिएको उपाध्यक्ष बानोले बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री उप्रेतीले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएका कारण जनअपेक्षाअनुसार काम गर्न जनप्रतिनिधिलाई सुझाए ।

‘जनताले आफैं बनाएको सरकार हो यो, यसैले जनअपेक्षाविपरीत गएर कहिल्यै पनि काम गर्नुहुँदैन,’ उनले भने, ‘अनेकौं लडाइँ लडेर ल्याएको व्यवस्थाअनुरूप बनेको स्थानीय सरकारले जनताले अपेक्षा गरेअनुसारको काम गर्नुपर्छ ।’

प्रकाशित समय: सोमबार ११ असार, २०८१, १४:५८:०३

सम्बन्धित खबर

भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न

आईतबार १० साउन, २०८३
१० minutes

किन स्थगित भयो गगन थापाको भारत भ्रमण?

आईतबार १० साउन, २०८३
२ घण्टाअघि

इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न निर्देशन

आईतबार १० साउन, २०८३
३ घण्टाअघि

गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढीमा

शनिवार ९ साउन, २०८३
२० घण्टाअघि

प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने

शनिवार ९ साउन, २०८३
१ दिनअघि

इरानलाई हतियार नबेच्न रूस र चीनलाई ट्रम्पको चेतावनी

शनिवार ९ साउन, २०८३
१ दिनअघि
भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न
आईतबार १० साउन, २०८३
किन स्थगित भयो गगन थापाको भारत भ्रमण?
आईतबार १० साउन, २०८३
इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न निर्देशन
आईतबार १० साउन, २०८३
गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढीमा
शनिवार ९ साउन, २०८३
प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने
शनिवार ९ साउन, २०८३
इरानलाई हतियार नबेच्न रूस र चीनलाई ट्रम्पको चेतावनी
शनिवार ९ साउन, २०८३
सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड
शनिवार ९ साउन, २०८३
तीन सन्तान जन्माउने परिवारलाई मासिक ४ हजार रुपैयाँ
शनिवार ९ साउन, २०८३
घुस लिएको आरोपमा सिँचाइ डिभिजनका प्रमुखसहित दुई जना पक्राउ
शनिवार ९ साउन, २०८३
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, आईसीयूमा भर्ना गर्न चिकित्सकको सुझाव
शनिवार ९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०