विराटनगरमा सरकारी गाडीमा आगजनी र तोडफोड, ६ वटामा क्षति

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २७ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरूले सरकारी गाडीमा आगजनी र तोडफो गरेका छन् ।

आगजनी र तोडफोडबाट ६ वटा गाडीमा क्षति पुगेको छ ।

क्याम्पसको गेट नै अगाडि एउटा सरकारी गाडीमा आगजनी गरिएको छ ।

को १ झ ६४४ नम्बरको गाडीमा आगजनी गरिएको छ ।

आगो नियन्त्रणका लागि दमकल बोलाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, विराटनगरको कञ्चनजंघा पार्टी प्यालेसमा पार्किङ गरेर राखिएका ५ वटा गाडीमा तोडफोड गरिएको छ ।

पार्टी प्यालेसमा विद्युत प्राधिकरणको कार्यक्रम थियो । कार्यक्रमका लागि पुगेकाहरुले प्रयोग गरेका विद्युत प्राधिकरणको गाडीहरु तोडफोड गरिएको हो ।

प्रहरीका अनुसार बा एबी ८१८०, बागमती प्रदेश ०१–०० ञ २७०१, बा १ ञ २४१९, बा ००१ ञ २९९० र बा १ ञ १८८७ नम्बरको गाडीमा तोडफोड गरिएको छ ।

पर्खाल नाघेर पार्टी प्यालेसभित्र छिरेको अन्दाजी ९ जनाको समूह गाडी तोडफोड गरेर फरार भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार सरकारी गाडीमा आगजनी र तोडफोड गर्ने खोजी भइरहेको छ ।

मोरङको रंगेलीमा पक्राउ परेका विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु (स्वतन्त्र विद्यार्थी युुनियन) र नेपाल विद्यार्थी संघ (नेविसंघ)का सदस्य दीपक यादवलगायतलाई विद्यार्थीलाई छाड्नुपर्ने लगायतका माग राखेर गाडीमा आगजनी र तोडफोड गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यद्यपि, यसको पुष्टि भइसकेको छ ।

स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी वेदप्रकाश जोशी र वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी बुद्द श्रेष्ठको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रहरीले आगजनी एवं तोडफोडमा संलग्नलाई पहिचान गर्ने प्रयास गरिरहेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले सरकारी गाडीमा आगजनी र तोडफोड गर्नुको कारण खुल्न बाँकी रहेको बताए ।

निजी विद्यालयले लिने शुल्क कम गर्नुपर्ने र शिक्षक नियुक्ति नियम अनुसार हुनुपर्ने माग राख्दै पुगेका विद्यार्थीहरुको समूहले रंगेली नगरपालिकाका कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतमाथि बिहीबार दुव्र्यवहार गरेको थियो ।

उक्त समूहको आक्रमणबाट ४ जना नगरप्रहरी घाइते भएका थिए ।

घटनामा संलग्न भएको भन्दै प्रहरीले यादवसहित ६ जनालाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेकालाई छाड्नुपर्ने माग राख्दै महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले यसअघि पनि विराटनगरमा प्रदर्शन गरेका थिए ।

गृहमन्त्री रवि लामिछानेसहित सुरक्षा प्रमुखहरु विराटनगरमै भएका बेला घटना भएको हो ।

आजबाट सुरु हुने दुई दिने राष्ट्रिय सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्रीसहितका सुरक्षा अधिकारीहरु विराटनगर आएका हुन् ।

प्रकाशित समय: आईतबार २७ जेठ, २०८१, १२:३५:२२

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०