प्यूठान । खोलामा माछा मार्नेक्रममा बिस्फोटक पदार्थ ग्रिनेट बम फेला परेको छ ।
प्युठानको मान्डबी गाउँपालिका-३ लामाचौर स्याउलिघारीनजिक ग्रिनेट बम फेला परेको हो ।
माडी खोलामा स्थानीयहरूले माछा मार्ने क्रममा जालमा अड्केर हेर्दा बिस्फोटक प्रदार्थ ग्रिनेट फेला परेको हो ।
माछा मार्न गएका १५ वर्षीय शेखर पुन मगरले खेलौना मानेर झुन्डाउँदै गाउँतिर लगेको देखेपछि गाउँलेहरूले शंकास्पद मानी प्रहरीलाई खबर गरेका थिए ।
उक्त वस्तु बिस्फोटक प्रदार्थ ग्रिनेट बम रहेको अस्थायी प्रहरी पोष्ट लामाचौरका प्रहरी साहेक निरीक्षक बलमान रानाले जानकारी दिए ।
ग्रिनेट स्याउलिघारी गाउँको बाटोमा राखिएको थियो ।
नेपाली सेना घटनास्थलमा पुगि उक्त ग्रिनेट नेपाली सेनाले नियन्त्रणमा लिएको छ । ग्रिनेट जेठ २६ गते डिस्पोजल गरिने श्री बर्द्र बहादुर गण प्युठानका गणपति रमेश थापाले बताए ।