पत्रकार महासंघले भन्यो : अध्यक्ष सिरोहिया पक्राउ प्रतिशोधपूर्ण

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ८ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेसन लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको ठहर गरेको छ ।

सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ ।

सिरोहियाले आफूमाथि लागेको आरोपका सम्बन्धमा न्यायिक छानबिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकामा उनलाई कार्यालय परिसरबाटै पक्राउ गरिनु गम्भीर विषय बनेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा कान्तिपुर दैनिकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोपहरूको निरन्तर फलोअप गरिरहेको र लामिछानेका लाञ्छित गर्ने खालका अभिव्यक्तिहरूबाट यो घटना प्रतिशोधपूर्ण रहेको महासंघको ठहर छ ।

महासंघले कानुनी अनुसन्धानमा सहयोग गर्ने तर प्रेस स्वतन्त्रतामा बन्देज लगाउने राज्यशक्तिको दुरुपयोग स्वीकार नगर्ने बताएको छ ।

कान्तिपुरको सम्पादकीय नेतृत्वलाई निर्भीक रहन आह्वान गर्दै संविधानद्वारा सुनिश्चित पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरी प्रेस स्वतन्त्रतालाई सम्मान गर्न सरकारसमक्ष माग गरेको छ ।

मंगलबार साँझ कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया कार्यालयबाटै पक्राउ परेका थिए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले धनुषा जिल्ला प्रहरीमा परेको उजुरीबारे सोधपुछ गर्न सिरोहियालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नुअघि अध्यक्ष सिरोहियाले विज्ञप्ति सार्वजनिक गर्दै राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित विचलित नहुने बताएका छन् ।

प्रकाशित समय: मङ्गलबार ८ जेठ, २०८१, २१:४७:१४
व्यवसायी गोल्छा सीआईबीको नियन्त्रणमा
बिहिबार १० ब‌ैशाख, २०८३
बोलाएको भोलिपल्टै संसद् अधिवेशन स्थगित
बिहिबार १० ब‌ैशाख, २०८३
महान्यायाधिवक्ता कँडेलविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
बिहिबार १० ब‌ैशाख, २०८३
१० दिनपछि नेप्से २८०० मुनि, कारोबार पनि घट्यो
बिहिबार १० ब‌ैशाख, २०८३
विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना बनाउँदै प्राधिकरण
बिहिबार १० ब‌ैशाख, २०८३
कर्मचारीका लागि विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन
बिहिबार १० ब‌ैशाख, २०८३
हर्क–सुदनबीच पार्टी एकताको छलफल, एउटै पार्टीमा जाने सम्भावना
बिहिबार १० ब‌ैशाख, २०८३
मन्त्रिपरिषद् बैठक सम्पन्न: तीन महत्वपूर्ण निर्णय पारित
बिहिबार १० ब‌ैशाख, २०८३
महान्यायाधीवक्ता नियुक्तिविरुद्ध रिटमा सर्वोच्चमा सुनुवाइ सुरु
बिहिबार १० ब‌ैशाख, २०८३
संविधान संशोधन कार्यदलको दोस्रो बैठक आज, कार्ययोजनामा छलफल हुँदै
बिहिबार १० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०