मोटरसाइकल दुर्घटनामा सब-इन्जिनियरको मृत्यु, ग्रामथानमा भोलि सार्वजनिक बिदा

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ जेठ, २०८१
२ वर्षअघि

विराटनगर : विराटचोक–घिनाघाट सडक खण्डअन्तर्गत मोरङको ग्रामथानस्थित सडकमा रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा सब इन्जिनियर (ओभरसियर)को मृत्यु भएको छ ।

सुन्दरहरैँचाको हरैँचाबाट विराटनगरतर्फ आउँदै गरेको को १ ब १३८४ नम्बरको सरकारी मोटरसाइकल ग्रामथान गाउँपालिका–५ तेतरिया चोकमा आइतबार राति ८:५० बजेतिर दुर्घटनामा परेको हो ।

सडकको साइडमा रोकेर राखेको ना ५ ख ७०७९ नम्बरको टिपरको पछाडिको भागमा मोटरसाइकल ठोक्किर दुर्घटना हुँदा चालक ३५ वर्षीय मोहम्मद मुक्तार खानको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

उनका अनुसार खान ग्रामथान गाउँपालिकाका सब इन्जिनियर (ओभरसियर) हुन् । सप्तरी घर भएका उनी विराटनगर महानगरपालिका–१ मा डेरा बस्दै आएका थिए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका खानलाई उपचारका लागि विराटनगरको आर्या न्युरो अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी डिएसपी बस्नेतले दिए ।

शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक खानको लापरबाहीकै कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार आफूले चलाइरहेको सवारीसाधनतर्फ चालकले ध्यान केन्द्रित नगर्दा दुर्घटना भएको पाइएको हो ।

गाउँपालिकाका इन्जिनियर निशुभ लुइँटेलका अनुसार काम भइरहेको साइडको अनुगमन गरेर फर्किने क्रममा खान दुर्घटनामा परेका हुन् ।

‘दुर्घटनामा परी घाइते भएको अवस्थामा फेला पारेर उद्धार गर्दै उपचारका लागि लगिएको थियो,’उनले भने, ‘अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन् ।’

दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक झापाको बिर्तामोड नगरपालिका–२ का ४३ वर्षीय तीर्थराज ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय: सोमबार ७ जेठ, २०८१, २१:१३:२०

सम्बन्धित खबर

प्रतिनिधिसभा तनावपूर्ण : कुर्सी तोडफोडदेखि सभामुखको वेलसम्म विपक्षीको हंगामा

आईतबार १७ जेठ, २०८३
५ घण्टाअघि

वैदेशिक ठगीको नयाँ स्वरुपः कामदारको तलब एजेन्टको गोजीमा

आईतबार १७ जेठ, २०८३
९ घण्टाअघि

राप्रपाका महामन्त्री राणाले छोडे राप्रपा, नयाँ ‘राष्ट्रवादी शक्ति’ निर्माणको आह्वान

आईतबार १७ जेठ, २०८३
१० घण्टाअघि

राष्ट्रिय सभाबाट पारित भयो प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक

आईतबार १७ जेठ, २०८३
१० घण्टाअघि

‘सुकुमबासी व्यवस्थापनबारे ३५ वर्षमा हुन नसकेको काम ३५ मिनेटमा नखोजौँ’

आईतबार १७ जेठ, २०८३
१२ घण्टाअघि

नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ : प्रधानमन्त्री

आईतबार १७ जेठ, २०८३
१३ घण्टाअघि
प्रतिनिधिसभा तनावपूर्ण : कुर्सी तोडफोडदेखि सभामुखको वेलसम्म विपक्षीको हंगामा
आईतबार १७ जेठ, २०८३
वैदेशिक ठगीको नयाँ स्वरुपः कामदारको तलब एजेन्टको गोजीमा
आईतबार १७ जेठ, २०८३
राप्रपाका महामन्त्री राणाले छोडे राप्रपा, नयाँ ‘राष्ट्रवादी शक्ति’ निर्माणको आह्वान
आईतबार १७ जेठ, २०८३
राष्ट्रिय सभाबाट पारित भयो प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक
आईतबार १७ जेठ, २०८३
‘सुकुमबासी व्यवस्थापनबारे ३५ वर्षमा हुन नसकेको काम ३५ मिनेटमा नखोजौँ’
आईतबार १७ जेठ, २०८३
नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ : प्रधानमन्त्री
आईतबार १७ जेठ, २०८३
राष्ट्रिय सभाको बैठक स्थगित, दुई महत्त्वपूर्ण विधेयकमाथि सहमति खोजिँदै
आईतबार १७ जेठ, २०८३
एकैदिन साढे २० हजार बढ्यो सुनको मूल्य
आईतबार १७ जेठ, २०८३
टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ
आईतबार १७ जेठ, २०८३
बजेट ‘जहाँ भोट, त्यहीँ बजेट’को नीति अनुसार आएको कांग्रेसको आरोप
शनिवार १६ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०