नेयमार आबद्ध अल हिलालले जित्यो साउदी प्रो-लिगको उपाधि

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ३० ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनग । साउदी अरब प्रो लिगको उपाधि अल हिलालले जितेको छ । शनिबार राति भएको खेलमा अल हिलालले हाजमलाई ४–१ गोल अन्तरले पराजित गर्दै यो सिजनको उपाधि जितेको हो ।

अल हिलाललको जितमा अलेक्जेन्डर मिट्रोभिकले २ गोल गर्दा सेर्गेज मिलिन्कोभिकले १ गोल थपेका थिए । हिलालले१ गोल भने उपहार पाएको थियो । हाजमा अहमद अल जुवेदले उपहार गोल दिएका हुन् । यसैगरी हाजमका फैज सेलमानीले एक गोल फर्काए ।

अल हिलालका लागि मिट्रोभिकले १५ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । ३४ औँ मिनेटमा अल हाजमका फैल सेलमानीले गोल गर्दै बराबरी गरेका थिए ।

पहिलो हाफको अतिरिक्त तेस्रो मिनेटमा मिट्रोभिकले व्यक्तिगत दोस्रो गोल गर्दा हिलाल ३–१ ले अघि बढ्यो । पहिलो हाफकै अतिरिक्त छैटौं मिनेटमा सेर्गेज मिलिन्कोभिकले गोल गरेपछि पहिलो हाफमै हिलाल ४–१ ले अघि बढेको थियो ।

दोस्रो हाफमा दुवै तर्फबाट कुनै गोल नभएपछि अल हिलाल ४–१ ले जित निकाल्दै तालिकामा ३ अंक थप्न सफल भयो । जितपछि अल हिलाल यो सिजन अपराजित रहँदै ३१ खेलबाट ८९ अंक बनाएको छ ।

दोस्रो स्थानमा रहेको अल नासरको ३१ खेलबाट ७७ अंक रहेको छ । शीर्ष स्थानमा रहेको अल हिलाल १२ अंकले अघि रहेपछि तीन खेलअगावै उपाधि पक्का गरेको हो ।

अल हिलालको १९औँ लिग उपाधि हो । अल हिलाल साउदी लिग सबैभन्दा बढी पटक जित्ने क्लबसमेत हो । अल हिलालपछि अल इतिहाद र अल नासरले समान ९–९ पटक लिगको उपाधि जितेका छन् ।

प्रकाशित समय: आईतबार ३० ब‌ैशाख, २०८१, १०:५९:५८
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०