कोशीमा बजेटको तयारी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २५ ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशमा आगामी आर्थिक वर्ष २०८१-०८२ को पूर्व–बजेट तयारीका सम्बन्धमा प्रदेश सरकारका सचिवहरूसँग छलफल भएको छ ।

कोशी प्रदेशसभाको अर्थ समितिले प्रदेशसभा सचिवालयमा मंगलबार प्रदेश सरकारका प्रमुख सचिव तथा अन्य मन्त्रालय र आयोगका सचिवहरूसँग पूर्व–बजेटको तयारीबारे छलफल गरेको हो ।

कोशीमा चालू आर्थिक वर्षको लागि तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २०८० जेठ ३२ गते अध्यादेशमार्फत ३६ अर्ब २४ करोडको बजेट सार्वजनिक गरेका थिए ।

उक्त बजेट अध्यादेश संसदमा टेबल भएर पनि पारित हुन नसकेपछि २०८० भदौको दोस्रो हप्तादेखि बजेट होलिडे सुरु भएको थियो ।

१२ दिनसम्मको बजेट होलिडेपछि पुनः भदौ २३ गते दोस्रोपटक संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बन्नुभएका कार्कीले अर्को अध्यादेशबाट बजेट ल्याए ।

सो बजेटलाई प्रतिस्थापन गर्दै केदार कार्की नेतृत्वको सरकारले प्रदेशसभामा पेस गरेको प्रतिस्थापन विधेयक २०८० मंसिर १३ गते पारित भयो ।

अब, आगामी आर्थिक वर्षका लागि २८ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

चालू आर्थिक वर्ष २०८०–०८१ का लागि पहिलो चौमासिक सकिएपछि कोशी प्रदेश सरकारले ३६ अर्ब ७४ करोड बराबरको प्रतिस्थापन बजेट ल्याएको थियो ।

तर, आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको बजेटको तुलनामा केही सानो हुने प्रदेश सरकारका सचिवहरूको धारणा छ ।

आन्तरिक आय र संघीय सरकारबाट प्राप्त हुने अनुदानमा आएको गिरावटका कारण आगामी आर्थिक वर्षको बजेटको आकार घटाउने तयारी भइरहेको छ ।

बजेट निमार्णका लागि मन्त्रालयहरूलाई पनि सोहीअनुसारको सिलिङ उपलब्ध गराइएको छ ।

प्रदेशको राजश्व संकलन बढाउन भने आगामी आर्थिक वर्षदेखि नीतिगत व्यवस्था बमोजिमआवश्यक कामकारबाही अघि बढाउने गृहकार्य भइरहेको सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले बताए ।

आगामी आर्थिक वर्षका लागि भने पूर्वाधार विकासका क्षेत्रमा प्रदेशको प्रगति देखिने गरी बजेट निर्माण भइरहेको बताइएको छ ।

प्रकाशित समय: मङ्गलबार २५ ब‌ैशाख, २०८१, १७:०५:०२

सम्बन्धित खबर

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आईतबार २० ब‌ैशाख, २०८३
१ दिनअघि

इरान–तेल प्रकरण: चीनले अमेरिकाको निर्णय नमान्ने

आईतबार २० ब‌ैशाख, २०८३
१ दिनअघि

मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन

शनिवार १९ ब‌ैशाख, २०८३
२ दिनअघि

अफ्रिकासँग व्यापार बढाउन चीनको ठूलो कदम: ५३ देशका लागि शून्य–ट्यारिफ घोषणा

शुक्रबार १८ ब‌ैशाख, २०८३
३ दिनअघि

‘लुटतन्त्र अन्त्य गरी सुशासन कायम गर्ने सरकारको लक्ष्य’ — अर्थमन्त्री वाग्ले

शुक्रबार १८ ब‌ैशाख, २०८३
३ दिनअघि

मध्यपूर्व तनावको असर: कच्चा तेल चार वर्षयताकै उच्च, प्रतिब्यारेल ११९.७६ डलर

बिहिबार १७ ब‌ैशाख, २०८३
४ दिनअघि
दलका प्रमुख सचेतकहरूसँग सभामुख अर्यालको छलफल आज
सोमबार २१ ब‌ैशाख, २०८३
कसैलाई घरबारविहीन नबनाइने, आवासको हक सुनिश्चित हुन्छ : बालेन
सोमबार २१ ब‌ैशाख, २०८३
संवैधानिक परिषद् अध्यादेश राष्ट्रपति पौडेलद्वारा फिर्ता, बहुमतीय प्रणाली जोगाउन आग्रह
आईतबार २० ब‌ैशाख, २०८३
सुकुमवासी व्यवस्थापन चैतभित्रै गर्न रास्वपाको सरकारलाई सुझाव
आईतबार २० ब‌ैशाख, २०८३
इट्टा भट्टा सञ्चालनका लागि कडा मापदण्ड लागू
आईतबार २० ब‌ैशाख, २०८३
सीमा क्षेत्रमा तस्करी रोक्न सरकार कडा, जनजीवन र व्यापारबीच सन्तुलन खोजिँदै : रवि लामिछाने
आईतबार २० ब‌ैशाख, २०८३
एमाले सदस्यता अब पूर्ण रूपमा डिजिटल, अनलाइन नवीकरण प्रणाली लागू गर्ने निर्णय
आईतबार २० ब‌ैशाख, २०८३
इरान-इजरायलको भूराजनीतिक तनावले साउदीमा छायो मदिराको संकट
आईतबार २० ब‌ैशाख, २०८३
रास्वपाले लागू गर्‍यो उम्मेदवार छनोटको नयाँ मापदण्ड
आईतबार २० ब‌ैशाख, २०८३
नयाँ आईजीपी पौडेलले सोमबार फुली लगाउने, गृहसचिवबाट दर्ज्यानी चिन्ह प्रदान गरिने
आईतबार २० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०