एक महिनापछि निकालियो मलद्वारमा अड्किएको किटनाशक औषधीको बोत्तल

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १० ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । गोरखाका एक पुरुषको मलद्वारमा अड्किएको किटनाशक औषधीको बोत्तल एक महिनापछि निकालिएको छ ।

सोमबार शल्यक्रिया गरेर गोरखा नगरपालिका–३, नारेश्वरका ५७ वर्षीय पुरुषको मलद्वारमा धातुको बोतल निकालिएको हो ।

आफ्नो स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उपचारका लागि गोरखा अस्पतालको आकस्मिक कक्षमा पुगेका थिए ।

अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सिकको टोलीले रोगको पहिचानका लागि परीक्षण गर्न सुरु गरेका थिए ।

जाँचका क्रममा भिडियो एक्स–रे गरेर हेर्दा स्वास्थ्यकर्मी त्यतिबेला अचम्ममा परे जतिबेला उपचारका लागि आएका ती पुरुषको मलद्वारमा बोत्तल अड्किएको देखियो ।

मलद्वारमा बोतल देखिएपछि चिकित्सकले सोधपुछ गर्दा एक महिनादेखि नै मलद्वारमा बोतल अड्किएको रहस्य खुल्यो ।

समस्याको पहिचान भएपछि बिरामीलाई तुरुन्तै अस्पतालको शल्यक्रिया कक्षमा राखेर दुरबिनबाट हेर्दा आन्द्राको अन्य भागमा सङ्क्रमण नफैलिएको पत्ता लागेको थियो ।

त्यसपछि शल्यक्रिया गरेर ती पुरुषको मलद्वारमा अड्किएको धातुको बोतल निकालिएको हो ।

मलद्वारमा बोतल अड्किएर उनको ठुलो आन्द्रासमेत अवरुद्ध भई सङ्क्रमण शरीरमा फैलिसकेको अवस्थामा चिकित्सकले शल्यक्रिया गरी बोतल निकालेका हुन् ।

अस्पतालका सर्जनद्वय डा जीतेन्द्रकुमार सिंह र डा विश्वराज खड्का तथा एनेस्थेसियोलोजिष्ट डा शम्भु अधिकारीलगायतका चिकित्सकको टिमले पुरुषको मलद्वारको सफल शल्यक्रिया गरेको हो ।

चिकित्सकले तीन घण्टा लगाएर गरिएको शल्यक्रियाबाट पुरुषको मलद्वारबाट १० सेन्टिमिटर लम्बाइ र ७.८ सेन्टिमिटर गोलाइको डब्बा निकालिएको हो ।

ती पुरुषको मलद्वारमा बोतल कसरी अड्कियो भन्नेबारेमा भने खुल्न बाँकी रहेको अस्पतालले जनाएको छ ।

शल्यक्रियापश्चात् बिरामीको अहिले अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ ।

प्रकाशित समय: सोमबार १० ब‌ैशाख, २०८१, १७:२१:५२
व्यवसायी गोल्छा सीआईबीको नियन्त्रणमा
बिहिबार १० ब‌ैशाख, २०८३
बोलाएको भोलिपल्टै संसद् अधिवेशन स्थगित
बिहिबार १० ब‌ैशाख, २०८३
महान्यायाधिवक्ता कँडेलविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
बिहिबार १० ब‌ैशाख, २०८३
१० दिनपछि नेप्से २८०० मुनि, कारोबार पनि घट्यो
बिहिबार १० ब‌ैशाख, २०८३
विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना बनाउँदै प्राधिकरण
बिहिबार १० ब‌ैशाख, २०८३
कर्मचारीका लागि विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन
बिहिबार १० ब‌ैशाख, २०८३
हर्क–सुदनबीच पार्टी एकताको छलफल, एउटै पार्टीमा जाने सम्भावना
बिहिबार १० ब‌ैशाख, २०८३
मन्त्रिपरिषद् बैठक सम्पन्न: तीन महत्वपूर्ण निर्णय पारित
बिहिबार १० ब‌ैशाख, २०८३
महान्यायाधीवक्ता नियुक्तिविरुद्ध रिटमा सर्वोच्चमा सुनुवाइ सुरु
बिहिबार १० ब‌ैशाख, २०८३
संविधान संशोधन कार्यदलको दोस्रो बैठक आज, कार्ययोजनामा छलफल हुँदै
बिहिबार १० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०