इटहरीबाट समातियो सहकारीमा लुटपाट गर्ने गिरोह

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ८ ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । प्रहरीले श्रृंखलाबद्ध रूपमा पूर्वको विभिन्न स्थानमा सहकारी लुटपाट गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

सुनसरीको इटहरीबाट शुक्रबार प्रहरीले ६ जनाको गिरोहलाई समातेको हो ।

Advertisement

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको रिट, झापा, सुनसरी प्रहरीले संयुक्त रूपमा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका समूहले झापामा मात्रै विभिन्न १३ स्थानमा लुटपाट गरेको पाइएको छ ।

पक्राउ पर्नेहरूमा जिल्ला मकवानपुर ईन्द्रसरोवर गाउँपालिका-५ का ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सुनील भन्ने सन्तबहादुर स्याङ्तान, २२ वर्षीय सुनील स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुर गढी गाउँपालिका-८ का २८ वर्षीय अजय राना मगर रहेका छन् ।

पक्राउ परेका उनीहरूले विभिन्न मिति र समयमा १३ वटा सहकारीहरू योजनाबद्ध तरिकाले चोरी गरेको खुल्न आएको छ ।

झापामा केही दिन मात्रै गौरादह नगरपालिकाका दुई वटा सहकारी लुटपाट भएको थियो ।

गौरादह नगरपालिका-५ स्कूलचौन बजारमा रहेको जनहित सहकारीमा कार्यालय फोडेर चोरी भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही वडाको चप्रामारीमा रहेको महारानी झोडा सहकारीमा पनि गएराति नै चोरी भएको जनाइएको छ ।

प्रहरीले उनीहरूको साथबाट मोटरसाइकल दुई थान, सहकारी चोरीमा प्रयोग गरेका विभिन्न औजारहरू र उनीहरूले उक्त समयमा प्रयोग गरेको कपडासमेत बरादम गरेको छ ।

उनीहरूले विभिन्न सहकारीहरूबाट ३० लाख १६ हजार ६ सय ८७ रुपैयाँ चोरी गरेको खुल्न आएको छ ।

पक्राउ परेका ६ जनालाई जिल्ला अदालत झापाबाट चोरी कसुरमा म्याद थप  गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार

आईतबार ११ असोज, २०८३
३ घण्टाअघि

मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता

आईतबार ११ असोज, २०८३
४ घण्टाअघि

हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत

आईतबार ११ असोज, २०८३
६ घण्टाअघि

चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग

आईतबार ११ असोज, २०८३
६ घण्टाअघि

चोलेन्द्रलाई भेट्न नदिइएपछि मानव अधिकार आयोगको टोली फर्कियो

आईतबार ११ असोज, २०८३
७ घण्टाअघि

देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

आईतबार ११ असोज, २०८३
८ घण्टाअघि
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत
आईतबार ११ असोज, २०८३
चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग
आईतबार ११ असोज, २०८३
चोलेन्द्रलाई भेट्न नदिइएपछि मानव अधिकार आयोगको टोली फर्कियो
आईतबार ११ असोज, २०८३
देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम
आईतबार ११ असोज, २०८३
मनाङको चामेमा बाढी–पहिरोको ठूलो क्षति, पुल बगाउँदा आवतजावत ठप्प
आईतबार ११ असोज, २०८३
कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो, सेतीबेणी पनि डुबानमा
आईतबार ११ असोज, २०८३
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०