भेडेटारमा सब्जी बोक्ने मिनी ट्रकमा भेटियो पाँच सय ४४ किलो गाँजा, चालक फरार

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २६ चैत, २०८०
२ वर्षअघि

विराटनगर । धनकुटामा सब्जी बोक्ने मिनी ट्रकमा ठुलो परिमाणको गाँजा भेटिएको छ ।

धनकुटाको साँगुरीगढी गाँउपालिका-६ भेडेटार चोकबाट मिनीट्रकमा लोड गरेर राखेको अवस्थामा पाँच सय ४४ किलो गाँजा प्रहरीले बरामद गरेको हो ।

सब्जी बोक्ने मिनिट्रकमा लागुऔषध गाँजाको ओसार पसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले गाँजा बरामद गरेको हो ।

आइतबार राति पौने ८ बजे इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भेडेटार चोकमा रोकेर राखेको को १ ख ३२९४ नम्बरको  मिनीट्रकलाई चेकजाँच गर्दा गाँजा भेटिएको थियो ।

गाडीमा लोड भएको सब्जीको बोराभित्र प्याक गरी लुकाई छिपाई राखेको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

गाँजा र सवारी साधन नियन्त्रणमा लिइएको र ट्रकका चालक तत्काल फरार रहेकोले खोजतलास भइरहेको तथा अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रकाशित समय: सोमबार २६ चैत, २०८०, १४:३८:१५
थापाथलीबाट १३ जना घरवारविहीनलाई सुन्दरीघाट लगियो
शनिवार १२ ब‌ैशाख, २०८३
दलको नेता चयनमा अलमल, कांग्रेसले मतदान रोके
शनिवार १२ ब‌ैशाख, २०८३
वीरगञ्ज नाकाबाट ९ महिनामा ६० अर्ब राजस्व
शनिवार १२ ब‌ैशाख, २०८३
पूर्वमन्त्री पाण्डे पक्राउ
शनिवार १२ ब‌ैशाख, २०८३
हर्क साम्पाङले प्रधानमन्त्रीलाई भने, जनतालाई धेरै दुःख नदिनु
शनिवार १२ ब‌ैशाख, २०८३
बाढी कुर्दै बस्ने दिन सकियो, सुकुम्बासी व्यवस्थापन अनिवार्य: बालेन
शुक्रबार ११ ब‌ैशाख, २०८३
तनहुँमा बस दुर्घटना : २७ जना घाइते
शुक्रबार ११ ब‌ैशाख, २०८३
अव्यवस्थित बस्ती हटाउन सरकारको ११ बुँदे कार्ययोजना, समन्वयदेखि बसोबाससम्म व्यवस्था
शुक्रबार ११ ब‌ैशाख, २०८३
सरकारले विपिन जोशीको परिवारलाई १० लाख दिने
शुक्रबार ११ ब‌ैशाख, २०८३
एमालेको प्रमुख सचेतकमा एन महर
शुक्रबार ११ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०