राँगाको सुकुटीले चर्चित बन्दै छ धरान

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २२ चैत, २०८०
२ वर्षअघि

धरान । सुनसरीको धरान उपमहानगरपालिका-१५ की दिलकुमारी तामाङ हरेक बिहानको ७ बजे घरबाट निकेतन गल्ली आइसक्छिन् ।

सोही गल्लीमा सुकुटी बेच्दाबेच्दैँ दिन बित्छ उनको दिन । बिहानदेखि बेलुका ८ः३० बजेसम्म व्यापार गर्दा राम्रै आम्दानी हुने गरेको उनको भनाइ छ ।

तामाङले बजारबाट दैनिक १५ देखि २० किलो राँगाको मासु किनेर ल्याउँछिन्, अनि आफैँ सुकुटी बनाउँछिन् ।

त्यसलाई सुकाएपछि बेच्नका लागि तयार हुन्छ । आफूले बनाएको सुकुटी धरानका विभिन्न होटल, रेस्टुरेन्टका साथै भारत, हङ्कङ, बेलायतसम्म पुग्छ ।

निकेतन गल्लीमा सुकुटी बेच्दै भेटिएकी उनी भन्छिन्, ‘अलिक मेहनत गर्ने हो भने सुकुटीबाट मनग्ये फाइदा लिन सकिन्छ । धरानको सुकुटी भनेपछि विदेश पठाउनेहरू पनि धेरै आउँछन् ।’

तामाङले यसरी सुकुटीको व्यापार गर्न थाल्नुभएको सात वर्ष बितिसक्यो । यही व्यापारबाट घरपरिवारको जीविकोपार्जन भइरहेको छ ।

सुकुटीको व्यापार हेर्दा सजिलो देखिए पनि बनाउन धेरै समय र मेहनत लाग्ने उनको अनुभव छ ।

मासु सुकाएर सुकुटी बनाउन दाउराको आगो प्रयोग गर्ने गरेको तामाङले बताइन्।

पछिल्लो समय दाउरादेखि मासुको मूल्य पनि बढेकाले समस्या हुँदै गएको उनको भनाइ छ ।

ग्राहकले बजारबाट सुकुटी किनेर घरमा लगेपछि आफ्नो रुचिअनुसार अचार वा तरकारीका रुपमा बनाएर खान सकिने भएकाले मासु पारखीको रोजाइमा पर्ने गरेको तामाङले बताइन् ।

उनका अनुसार कतिपय व्यापारीले भने सुकुटीको अचार नै बनाए पनि बिक्री गर्ने गरेका छन् ।

धरान–१५ की बिनिता गिरी सुकुटीसँगै सुकुटीबाटै बनेको अचार पनि बिक्री गर्छिन् । उनका अनुसार बजारमा अहिले सुकुटीको मूल्य प्रतिकेजी रु एक हजार छ सयदेखि तीन हजारसम्म पर्दछ ।

सुकुटीको गुणस्तरअनुसार मूल्य पनि फरक हुने गरेको उनको भनाइ छ ।

सुकुटीको अचार प्रतिकेजी रु १२ सयदेखि १६ सयसम्ममा बिक्री हुने गरेको गिरीले जानकारी दिइन् । सुकुटीसँगै अचार बिक्री गरेर दैनिक रु २५ देखि ३५ हजारको कारोबार गर्दै आएको उनको भनाइ छ ।

सात वर्षदेखि सुकुटीको व्यापार गरिरहनुभएकी गिरीले भनिन्, ‘मैले बनाएको सुकुटी धरान, झापा, काठमाडौँदेखि हङकङ, बेलायतसम्म पुगेको छ ।’

तामाङ र गिरीलगायत व्यापारीले मुख्य बजार भानुचोकबाट पूर्वतर्फको निकेतन गल्लीमा लस्करै राँगाको सुकुटी बेच्न राखेका छन् । मासुका पारखी टाढाबाट यहाँ सुकुटी किन्न आइपुग्छन् । पछिल्लो समय यहाँको सुकुटीको व्यापार पनि फस्टाउँदै गएको व्यापारीको भनाइ छ ।

निकेतन गल्लीमा मात्रै सुकुटी बेच्ने पसल एक दर्जन हाराहारीमा छन् । घरमै बनाएर बेच्न सकिने सुकुटीबाट महिलाले जीविकोपार्जन गरिरहेका छन् । फुर्सदमा गफ गरेर बस्नुभन्दा सुकुटीको व्यापार गर्दा राम्रो आम्दानी गर्न सकिने व्यापारी बताउँछन् ।

धरानमा तामाङ र गिरी जस्तै सुकुटीको व्यापार गर्ने महिलाको संख्या बढिरहेको छ । पछिल्लो समय पुरुषको तुलनामा सुकुटीको व्यापार गर्ने अधिकांश महिला छन् ।

उनीहरूले राँगाको मासु किनेर घरमै सुकुटी बनाएर बेच्ने गरेका छन् । सुकुटीको व्यापारका लागि कतिले भानुचोक, निकेतन गल्लीमा पसल सञ्चालन गरेका छन् भने कतिपयले घरबाट पनि बिक्री गर्ने गरेका छन् ।

धरानमा सुकुटीको व्यापार गर्ने महिला कति छन् र उनीहरुको कारोबारको स्तर कस्तो छ भन्ने यकीन विवरण पाउन मुस्किल रहेको स्थानीय बताउँछन् । धेरैले व्यक्तिगतरुपमा घरबाटै व्यापार गरिरहेका छन् ।

बजारमा बिक्री गर्न बसेका सँगको कुराकानीमा दैनिक धरानमा सुकुटीको लाखौँको व्यापार हुने गरेको बताउँछन् ।

प्रकाशित समय: बिहिबार २२ चैत, २०८०, १७:११:०९

सम्बन्धित खबर

मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन

शनिवार १९ ब‌ैशाख, २०८३
५ घण्टाअघि

अफ्रिकासँग व्यापार बढाउन चीनको ठूलो कदम: ५३ देशका लागि शून्य–ट्यारिफ घोषणा

शुक्रबार १८ ब‌ैशाख, २०८३
१ दिनअघि

‘लुटतन्त्र अन्त्य गरी सुशासन कायम गर्ने सरकारको लक्ष्य’ — अर्थमन्त्री वाग्ले

शुक्रबार १८ ब‌ैशाख, २०८३
१ दिनअघि

मध्यपूर्व तनावको असर: कच्चा तेल चार वर्षयताकै उच्च, प्रतिब्यारेल ११९.७६ डलर

बिहिबार १७ ब‌ैशाख, २०८३
२ दिनअघि

२४ घण्टामा २,७२२ चालक कारबाहीमा, २७ लाख बढी राजस्व सङ्कलन

बुधबार १६ ब‌ैशाख, २०८३
३ दिनअघि

महावीर पुनको सम्पत्ति : २८ रोपनी जग्गा,३ तोला सुन र २९ लाख नगद

बुधबार १६ ब‌ैशाख, २०८३
३ दिनअघि
रास्वपाको सचिवालय बैठक आइतबार, समसामयिक विषयमा छलफल हुने
शनिवार १९ ब‌ैशाख, २०८३
‘ज्ञानको अहंकार नदेखाउनू’— जेनजी अगुवा रक्षा बमको प्रधानमन्त्री बालेनलाई सुझाव
शनिवार १९ ब‌ैशाख, २०८३
शैक्षिक पात्रो सुधार्न त्रिविमा धमाधम परीक्षा, साउनदेखि नियमित तालिका लागू हुने
शनिवार १९ ब‌ैशाख, २०८३
बालाजु–स्वयम्भू केन्द्रमा अतिक्रमित बस्ती हटाउने अभियान जारी
शनिवार १९ ब‌ैशाख, २०८३
अध्यादेशको तयारीबीच संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा
शनिवार १९ ब‌ैशाख, २०८३
मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन
शनिवार १९ ब‌ैशाख, २०८३
पेस्तोल र १६ हजारभन्दा बढी ट्रामाडोलसहित चार जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
संघर्षपूर्ण जित: नेपालले यूएईलाई ६ रनले हरायो
शुक्रबार १८ ब‌ैशाख, २०८३
नेपालमै पहिलोपटकः अब बर्जु-१ का सेवाग्राहीले फोन गर्नेबित्तिकै लिन आइपुग्छ सिटी सफारी, लाग्दैन कति पनि पैसा !
शुक्रबार १८ ब‌ैशाख, २०८३
अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेटवार्ता
शुक्रबार १८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०