ओलीको दाबी : उपनिर्वाचनमा एमालेले हार्दै-हार्दैन

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १७ चैत, २०८०
२ वर्षअघि

विराटनगर । सत्तारूढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा १ मा हुने उपनिर्वाचनमा एमालेले जित्ने बताएका हुन् ।

एमालेविरुद्ध सबै एकातिर हुने गठबन्धन टुटेकाले पनि यस पटकको उपनिर्वाचनमा आफ्नो पार्टीले हार्न नमिल्ने जिकिर गरे ।

अध्यक्ष ओलीले तत्कालीन अवस्थामा एमालेका हस्ती नेताले पार्टी विभाजन गरेर जाँदा पनि पार्टीले धेरै ठाउँमा हारको सामना गर्नुपरेको स्मरण गराए ।

‘विगतमा विभिन्न कारणले र एउटा महत्त्वपूर्ण कारण हाम्राविरुद्धको अत्यन्तै खतरनाक गठबन्धन हामी एकातिर अरू सबै एकातिर भएको अवस्था त्यसको हामीले सामना गर्नुपरेको थियो,’ उनले भने, ‘त्यो समयमा पराजयको पीडा व्यहोर्नु परेको थियो । यसपालि हामी त्यो पीडालाई सुखद् परिणामतर्फ रूपान्तरित गर्न चाहन्छौँ । यस पटक हामी हार्दैनौँ । यस पटक हामी जित्छौँ । यसपल्ट हामीले हार्नै मिल्दैन ।’

अध्यक्ष ओलीले एमालेले सो उपनिर्वाचनमा हार्नुपर्ने कुनै कारण नरहेको पनि बताए ।

प्रकाशित समय: शनिवार १७ चैत, २०८०, १७:३५:३५

सम्बन्धित खबर

संवैधानिक परिषद् अध्यादेश राष्ट्रपति पौडेलद्वारा फिर्ता, बहुमतीय प्रणाली जोगाउन आग्रह

आईतबार २० ब‌ैशाख, २०८३
१४ minutes

सुकुमवासी व्यवस्थापन चैतभित्रै गर्न रास्वपाको सरकारलाई सुझाव

आईतबार २० ब‌ैशाख, २०८३
१८ minutes

सीमा क्षेत्रमा तस्करी रोक्न सरकार कडा, जनजीवन र व्यापारबीच सन्तुलन खोजिँदै : रवि लामिछाने

आईतबार २० ब‌ैशाख, २०८३
२ घण्टाअघि

एमाले सदस्यता अब पूर्ण रूपमा डिजिटल, अनलाइन नवीकरण प्रणाली लागू गर्ने निर्णय

आईतबार २० ब‌ैशाख, २०८३
२ घण्टाअघि

रास्वपाले लागू गर्‍यो उम्मेदवार छनोटको नयाँ मापदण्ड

आईतबार २० ब‌ैशाख, २०८३
३ घण्टाअघि

सांसद् ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ

आईतबार २० ब‌ैशाख, २०८३
४ घण्टाअघि
संवैधानिक परिषद् अध्यादेश राष्ट्रपति पौडेलद्वारा फिर्ता, बहुमतीय प्रणाली जोगाउन आग्रह
आईतबार २० ब‌ैशाख, २०८३
सुकुमवासी व्यवस्थापन चैतभित्रै गर्न रास्वपाको सरकारलाई सुझाव
आईतबार २० ब‌ैशाख, २०८३
इट्टा भट्टा सञ्चालनका लागि कडा मापदण्ड लागू
आईतबार २० ब‌ैशाख, २०८३
सीमा क्षेत्रमा तस्करी रोक्न सरकार कडा, जनजीवन र व्यापारबीच सन्तुलन खोजिँदै : रवि लामिछाने
आईतबार २० ब‌ैशाख, २०८३
एमाले सदस्यता अब पूर्ण रूपमा डिजिटल, अनलाइन नवीकरण प्रणाली लागू गर्ने निर्णय
आईतबार २० ब‌ैशाख, २०८३
इरान-इजरायलको भूराजनीतिक तनावले साउदीमा छायो मदिराको संकट
आईतबार २० ब‌ैशाख, २०८३
रास्वपाले लागू गर्‍यो उम्मेदवार छनोटको नयाँ मापदण्ड
आईतबार २० ब‌ैशाख, २०८३
नयाँ आईजीपी पौडेलले सोमबार फुली लगाउने, गृहसचिवबाट दर्ज्यानी चिन्ह प्रदान गरिने
आईतबार २० ब‌ैशाख, २०८३
सांसद् ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ
आईतबार २० ब‌ैशाख, २०८३
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
आईतबार २० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०