ओमन पुर्‍याएर वेश्यावृत्तिमा लगाए, स्वदेश फर्किन उल्टै अढाइ लाख लिए

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १३ चैत, २०८०
२ वर्षअघि

विराटनगर । ओमन पुर्‍याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाल्पाको तिनाउ गाउँपालिका-५ ठेगाना भई काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने ४० वर्षीय विष्णुबहादुर राना रहेका छन् ।

उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

राणाले ओमनमा आकर्षक तलब हुने घरेलु काममा पठाइदिनेलगायत विभिन्न प्रलोभन देखाई पीडितलाई २०८० भदौ २६ गते काठमाडौंबाट भिजिट भिसामा ओमनको मस्कट सहरमा पुर्‍याएका थिए ।

त्यहाँ जबरजस्ती वेश्यावृत्तिमा लगाई शारीरिक तथा मानसिक यातना दिएका थिए ।

पीडितले आफूलाई नेपाल फिर्ता गरिदिन अनुरोध गर्दा एजेन्टहरूले २ लाख ५० हजार माग गरेकोमा पीडितको आफन्तले उक्त रकम दिई पीडित नेपाल फर्कन सफल भएकोसमेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा वारदात पश्चात फरार रहेका रानालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं बालाजुबाट पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित समय: मङ्गलबार १३ चैत, २०८०, १६:०३:०५

सम्बन्धित खबर

प्रहरीले भन्यो- कोशीका कानूनमन्त्रीको घरमा प्रहरीले खानतलासी गरेको छैन
शुक्रबार ५ असार, २०८३
पोखराले ल्यायो ७ अर्ब १५ करोड बजेट
शुक्रबार ५ असार, २०८३
अकुत सम्पत्ति आर्जन मुद्दामा तत्कालीन अधिकृत कमलराज गौतम दोषी ठहर
शुक्रबार ५ असार, २०८३
ऋण लिँदैमा जहाज नै डुब्ने, आकाश नै खस्ने होइन : अर्थमन्त्री वाग्ले
शुक्रबार ५ असार, २०८३
प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत
शुक्रबार ५ असार, २०८३
बर्डफ्लु पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द
शुक्रबार ५ असार, २०८३
प्रतिनिधिसभा बैठक ६ दिनसम्म स्थगित
शुक्रबार ५ असार, २०८३
हर्क साम्पाङले मागे महावीरसँग १० करोड रकम
शुक्रबार ५ असार, २०८३
राप्रपाको महाधिवेशन मंसिर २६ मा गर्ने प्रस्ताव
शुक्रबार ५ असार, २०८३
कोशी प्रदेशका कानुनमन्त्रीको निवासमा मध्यरात किन पुग्यो प्रहरी ?
शुक्रबार ५ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०