२०८१ मा पाँच दिन सार्वजनिक बिदा दिने कोशी प्रदेश सरकारको निर्णय

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ९ चैत, २०८०
२ महिनाअघि

विराटनगर । कोशी प्रदेश सरकारले २०८१ मा पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

काेशी प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेकाे बैठकले यस्तो निर्णय गरेको स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनुवारले बताए ।

प्रदेश सरकारले २०८१ सालमा पाँच दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उनले बताएका हुन् ।

यसैगरी, आजको मन्त्रिपरिषद् बैठकले प्रदेशका प्रत्येक जिल्लाका उत्कृष्ट महिला उद्यमीलाई सम्मान गर्ने निर्णय गरेको छ ।

१४ वटै जिल्लाका १/१ जना उत्कृष्ट महिला उद्यमीलाई पुरस्कृत गर्ने निर्णय भएको हो ।

यस्तै, बैठकबाट रिक्त रहेको कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा विन्दीया कार्की र सदस्यमा मदन खड्का र गौरीमान राईलाई नियुक्त गर्ने निर्णय भएको मन्त्री सुनुवारले जानकारी दिएका छन् ।

बैठकले प्रदेशसभाका दुई जना सदस्यलाई कूटनीतिक राहदानीका लागि सिफारिस गर्ने, संघीय सरकारकाे सहमतिमा प्रदेश सरकारबाट प्रहरी चौकीहरू निर्माणका लागि बजेट दिने स्वीकृति प्रदान गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको वित्तीय समानीकरण अनुदान निर्धारण गरी बाँडफाँड गर्ने, बेरुजु न्यूनीकरण तथा फर्छयाैटसम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयमा विकास साझेदार पोर्टल ‘डिपि पोर्टल’ प्रयोगमा ल्याउने निर्णय भएको मन्त्री सुनुवारले बताएका हुन् ।

प्रकाशित समय: शुक्रबार ९ चैत, २०८०, ११:०९:४८
ठग्न पल्किएकी अञ्जली, जो बालबालिकालाई फकाएर अश्लील क्रियाकलापमा संलग्न गराउँथिन्
मङ्गलबार १ जेठ, २०८१
यस्तो छ विश्वकपमा नेपालसँग खेल्ने नेदरल्यान्ड्सको टोली
मङ्गलबार १ जेठ, २०८१
मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
सोमबार ३१ ब‌ैशाख, २०८१
मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने पक्का, जसपासँगै नेकपा एसले पनि मत दिने
सोमबार ३१ ब‌ैशाख, २०८१
पिएसजीले लगातार तेस्रो पटक जित्यो फ्रेन्च लिग वानको उपाधि
सोमबार ३१ ब‌ैशाख, २०८१
आज मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने, नेकपा एसले विपक्षमा मतदान गर्ने
सोमबार ३१ ब‌ैशाख, २०८१
पथरीमा रुखमा ठोक्कियो मोटरसाइकल : श्रीमानको मृत्यु, श्रीमतीको अवस्था गम्भीर
सोमबार ३१ ब‌ैशाख, २०८१
नेयमार आबद्ध अल हिलालले जित्यो साउदी प्रो-लिगको उपाधि
आईतबार ३० ब‌ैशाख, २०८१
बालेनको माग : गिरीबन्धु टी–स्टेट प्रकरणमा तत्कालीन ओली नेतृत्वको सरकारलाई कारबाही गर्नुपर्छ
आईतबार ३० ब‌ैशाख, २०८१
वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लागेका रवि ओडले गरे आत्मसमर्पण
आईतबार ३० ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०