जनकले बिदाइ गर्‍यो एसइई दिने विद्यार्थीलाई

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ५ चैत, २०८०
२ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित जनक मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुलले आसन्न माध्यमिक शिक्षा परीक्षा एसइई दिने विद्यार्थीलाई बिदाइ गरेको छ ।

सोमबार स्कुलमा भव्य कार्यक्रमको आयोजना गरी एसइई दिने ४० जना विद्यार्थीहरूलाई बिदाइ गरेको हो ।

चैत १५ देखि २७ गतेसम्म हुने एसइईको परीक्षा दिने २० छात्र र २० छात्रा गरी ४० विद्यार्थीलाई जनकले शुभकामनासहित बिदाइ गरेको हो ।

कक्षा नौको आयोजनामा भएको बिदाइ कार्यक्रममा नाचगान गर्दै विद्यार्थीहरूले शिक्षक–शिक्षिकालाई मनोरञ्जन दिलाएका थिए ।

विद्यार्थीहरूले बिदाइ कार्यक्रममा केक काटेर शैक्षिक करिअरको अर्को खुड्किलाको शुभकामना पनि आदान–प्रदान गरेका थिए ।

साथै जनकले वर्षभरि शैक्षिक गतिविधिमा उत्कृष्ट रहेका कक्षा १० का विद्यार्थीहरूलाई पुरस्कृत पनि गरेको थियो ।

उनीहरूलाई शिक्षक–शिक्षिकाले विभिन्न अवार्ड दिँदै मायाको चिनोसमेत प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै शिक्षक–शिक्षिकाले एसइईमा उत्कृष्ट नतिजा ल्याएर सफलतातर्फ उन्मुख हुन शुभेच्छा प्रकट गरेका थिए ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुनीलकुमार भगतले १४औं ब्याचका विद्यार्थीलाई बिदाइ गर्न पाउँदा हर्ष लागेको सुनाए ।

संस्थापक प्रिन्सिपलसमेत रहेका भगतले १३ वर्षको बसाइ अन्त्य गरेर स्कुलबाट जानपरेकोमा दुखमनाउ नगर्न भन्दै यो अन्त्य नभएर उच्च शिक्षाको खुड्किलो भएको सुनाए ।

३३ वर्षअघि झोराहाटमा खुलेको विद्यालयले शिक्षण सिकाइसँगै व्यवहारिक र प्रयोगात्मक शिक्षाका अलाबा अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको छ ।

हालै सम्पन्न गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डमा १० स्वर्णसहित १९ पदक जित्दै जनक प्रथम बनेको थियो ।

प्रकाशित समय: सोमबार ५ चैत, २०८०, १८:५६:००

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
४ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०