सप्तकोशीमा डुंगा दुर्घटना प्रकरण : क्षतिपूर्ति दिन पत्रकार महासंघको माग

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २८ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । सप्तकोशी नदीमा सशस्त्र प्रहरी बल वराह बाहिनीको विपद् उद्वार परीक्षण कार्यक्रमको समापनको अवसरमा ‘डेमो’ देखाउने क्रममा घाइते भएका संचारकर्मीको उपचार खर्च र क्षति भएको संचार उपकरणको क्षतिपूर्ती दिनुपर्ने माग गरिएको छ ।

नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष मोहन भट्टराईले आइतबार प्रेस विज्ञाप्ती जारी घाइते भएका पत्रकारको उपचार गर्दा लागेको खर्च र हराएको, बिग्रेको सामानको मूल्य बराबरको क्षतिपूर्ति तत्काल उपलब्ध गराउन माग गरेका हुन् ।

सुनसरीको चतरास्थित सप्तकोशी नदीमा सशस्त्र प्रहरी बल वराह बाहिनीको विपद् उद्वार परीक्षण कार्यक्रमको समापनको अवसरमा ‘डेमो’ देखाउने क्रममा गत कार्तिक १७ गते सप्तकोशीमा डुङ्गा दुर्घटना भएको थियो । डुङ्गा दुर्घटनामा चार पत्रकारसहित ११ जनाको टोली डुबेको थियो ।

दुर्घटनामा कान्तिपुरकर्मी महाप्रसाद खतिवडा, देवनारायण साह र शम्भु पोखरेल रेडियो नेपालका कुमोद अधिकारी, जितेन्द्र ठाकुर, उदयपुरका स्थानीय सुशील सेँढाई, अर्जुन दाहाल, टंक शर्मा, तेजप्रसाद तिम्सिना, गोमा सेँढाई, विशाल दाहाल र अम्बिका निरौला घाइते भएका थिए । पानीमा डुबेर बेहोस भएका अधिकारी र खतिवडाको छातीमा समस्या देखिएपछि अस्पताल लगिएको थियो ।
दुर्घटनामा परी घाइते भएका विराटनगरस्थित रेडियो नेपालका पत्रकार कुमोद अधिकारीलाई ५ दिनसम्म धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसियुमा राखेर उपचार गर्नुपरेको थियो । यस्तै कान्तिपुरका पत्रकार महाप्रसाद खतिवडालाई पनि केही दिन उपचार गर्नुपरेको थियो । सप्तकोशीमा डुब्दा पत्रकारहरुको मोवाइल, नगद तथा क्यामेरा गरी झण्डै ५ लाखको सामान काम नलाग्ने भएको जारी विज्ञाप्तीमा उल्लेख छ । सशस्त्र प्रहरी कोशी प्रदेशका प्रमुख डिआइजी अञ्जनी पोखरेलले प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले क्षतिपूर्ति दिने भनिएपनि हालसम्म सप्तकोशीमा डुबेर घाइते बनेका पत्रकारको उपचार खर्च दिन प्रदेश सरकार र सशस्त्र प्रहरीले आलटाल गरेको प्रति नेपाल पत्रकार महासंघ मोरङको गम्भीर ध्यानाकर्षण भएको जारी विज्ञाप्तीमा उल्लेख छ । ‘पत्रकारलाई उपचार खर्च र हराएको, बिग्रेको सामानको मूल्य बराबरको क्षतिपूर्ति तत्काल उपलब्ध गराउन जोडदार माग गर्दछौं, महासंघको कार्यबहाक अध्यक्ष भट्टराईले हस्ताक्षर गरेको विज्ञाप्तीमा उल्लेख छ ।

प्रकाशित समय: सोमबार २८ फाल्गुण, २०८०, १०:२४:५०

सम्बन्धित खबर

सुनसरीको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू

मङ्गलबार १२ साउन, २०८३
३ घण्टाअघि

कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध

मङ्गलबार १२ साउन, २०८३
६ घण्टाअघि

कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द

मङ्गलबार १२ साउन, २०८३
१० घण्टाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२२ घण्टाअघि

कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन

सोमबार ११ साउन, २०८३
१ दिनअघि

देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग

सोमबार ११ साउन, २०८३
१ दिनअघि
सुनसरीको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द
मङ्गलबार १२ साउन, २०८३
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०