बिहे नगर्ने महिला-पुरुषलाई सम्मान, जनही एक हजार निर्वाह भत्ता पनि दिइयो

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २६ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । गुल्मीको जिल्लाको गुल्मीदरबार गाउँपालिकाले अविवाहित नागरिकलाई सम्मान गरिएको छ ।

हालैमात्र उक्त गाउँपालिकाले बिहे नगर्ने १८ जना महिला र १६ जना पुरुष गरी ३४ जनालाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत नीति तथा कार्यक्रमअन्तर्गत उनीहरू सम्मानित भएका हुन् ।

३४ जना अविवाहित नागरिकमध्ये ३० जनालाई जनही एक हजारका दरले निर्वाह भत्तासमेत प्रदान गरिएको छ ।

सामाजिक सुरक्षा कार्यक्रम शीर्षकमा विनियोजित भएको बजेटबाट गत साउनदेखि पुससम्म ३४ जना अविवाहितलाई सम्मान गरिएको हो ।

गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले लोककल्याणकारी राज्यको अवधारणा स्वरूप सामाजिक संरक्षणको लागि प्रयास गरिएको बताए ।

बजेटले भ्याएसम्म रकम थप गरी वितरण गरिने भन्दै आगामी दिनमा बैंक खातामा जाने व्यवस्था मिलाउने उनको भनाइ छ ।

४० वर्ष पुगेका अविवाहित महिला र ४५ वर्ष पुगेका अविवाहित पुरुषलाई सम्मानसहित सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित समय: शनिवार २६ फाल्गुण, २०८०, १७:१७:४४
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०