कटारीमा ब्रेक फेल भएको बोलेरो भिरबाट खस्यो, दुई जनाको मृत्यु, १३ घाइते

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १९ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । उदयपुरको कटारी नगरपालिकामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।

शुक्रबार अपराह्न ४:२० बजेतिर कटारी-७ मर्जेतपुर गोडडाँडास्थित भित्री सडकखण्डमा कटारीबाट थलियातर्फ जाँदै गरेको ना १ ज ८३३३ नम्बरको बोलेरो दुर्घटना भएको थियो ।

फेल भएको बोलेरो अचानक सडकबाट अन्दाजी १००/१५० मिटर तल झरी दुर्घटना हुँदा १५ जना घाइते भएका थिए ।

घाइते उनीहरूलाई उद्धार गरी उपचारको लागि कटारी अस्पताल पठाएकोमा दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चरिरहेका चौपाया जोगाउने क्रममा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

साथै, दुर्घटनामा परी सामान्य घाइते भएका चालक कटारी-८ सिरिसेका ३३ वर्षीय कर्मा सिंह तामाङ भने सम्पर्कविहीन रहेका छन् ।

उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कटारी-८ का ७० वर्षीय वीरबहादुर तामाङ र सोही स्थानकी ३३ वर्षीया कुमारी तामङको मृत्यु भएको हो ।

यस्तै, कटारी-८ कि ३० वर्षीया गीता तामाङ, ६० वर्षीया ठगीमाया थापा, २३ वर्षीया अस्मिता मगर, ५५ वर्षीया रिकिमाया मगर, ६१ वर्षीय धनबहादुर मगर, २४ वर्षीया मनकुमारी मगर, ३५ वर्षीया भद्रीमाया मगर, ६० वर्षीया खड्कीमाया मगर, २८ वर्षीया तारा मगर घाइते बनेका छन् ।

यसैगरी, सोही स्थानका २८ वर्षीय दिपबहादुर तामाङ, कटारी-७ बिहीबारेकी २५ वर्षीया अस्मिता दनुवार, ४५ वर्षीय होमबहादुर मगर घाइते बनेका छन् ।

गम्भीर अवस्था रहेका उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: शनिवार १९ फाल्गुण, २०८०, ०८:५७:१०
संविधान संशोधन कार्यदलको दोस्रो बैठक आज, कार्ययोजनामा छलफल हुँदै
बिहिबार १० ब‌ैशाख, २०८३
आज मन्त्रिपरिषद् बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने
बिहिबार १० ब‌ैशाख, २०८३
छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित ८ जना पक्राउ
बिहिबार १० ब‌ैशाख, २०८३
पोखरामा ‘स्वीप अपरेसन’ : एकै रात १२२ जना पक्राउ
बिहिबार १० ब‌ैशाख, २०८३
दीपक भट्ट र सुलभलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
बुधबार ९ ब‌ैशाख, २०८३
विद्यालयमा भ्रष्टाचार आरोपमा ८ जनाविरुद्ध मुद्दा दायर
बुधबार ९ ब‌ैशाख, २०८३
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
बुधबार ९ ब‌ैशाख, २०८३
‘इभी’को भाडा नबढाउन यातायात व्यवस्था विभागको निर्देशन
बुधबार ९ ब‌ैशाख, २०८३
सुदन किरातीले प्रलोपाबाट दिए राजीनामा, ५ महिनाको यात्रा समाप्त
बुधबार ९ ब‌ैशाख, २०८३
प्रलोपाको साधारण सदस्य समेत नरहने सुदन किरातीको घोषणा
बुधबार ९ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०