कोशीका डिआइजी खापुङको सफलता : माघयता मात्र दुई हजार किलो गाँजा बरामद

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १६ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्रकुवेर खापुङ लागुऔषध ओसारपसारतर्फ राम्रो सफलता हात पारेका छन् ।

गत माघ ३ गते कोशी प्रदेश प्रहरी प्रमुखका रूपमा हाजिरी गरेका खापुङ नेतृत्वको प्रहरीले माघ महिनायता मात्र करिब दुई हजार किलो गाँजा बरामद गरेको हो ।

प्रदेश प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुमन तिम्सिनाका अनुसार माघ महिनायता प्रहरीले एक हजार नौ सय १९ किलो पाँच सय ग्राम गाँजा बरामद गरेको हो ।

चालू आर्थिक वर्षको माघ महिनासम्म दुई हजार एक सय आठ किलो लागुऔषध गाँजा बरामद भएकोमध्ये डिआइजी खापुङ आइकन सो परिमाणमा गाँजा फेला पारिएको एसपी तिम्सिनाले शब्द एक्सप्रेसलाई सुनाए ।

‘हालसालै सरुवा भई यहाँ आउनुभएका प्रदेश प्रहरी प्रमुखज्यूले लागुऔषध ओसारपसार र दुर्व्यसनीविरुद्ध कडा रूपले प्रस्तुत हुनुभएको छ,’ उनले भने, ‘यसकै नतिजा हो, यो । उहाँ यो प्रदेशको पूर्ण जानकार हुनुहुन्छ, उहाँको सक्षम नेतृत्वको उपज पनि हो ।’

प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले माघ महिनायता दुई किलो ७९ ग्राम ब्राउन सुगर, २७ हजार ६ सय १८ थान विभिन्न मनोद्विपक चक्की पनि बरामद गरेको छ ।

सो अवधिमा एक सय २३ वटा मुद्दा गरेको प्रहरीले एक सय ९१ जनालाई पक्राउ गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा यो प्रदेशमा पाँच हजार आठ सय १५ किलो गाँजा बरामद भएको थियो ।

प्रहरीले गाँजालगायत लागुऔषधसहित चालू आर्थिक वर्षको माघसम्ममा ७५८ जनालाई पक्राउ गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा प्रहरीले एक हजार एक सय ५१ जनालाई लागुऔषधसहित नियन्त्रणमा लिएको थियो ।

पूर्वी पहाडी क्षेत्रमा उत्पादन, भारतमा निकासी

पूर्वी नेपालका पहाडी जिल्लाहरूमा उत्पादन भएको गाँजा मोरङको सीमावर्ती क्षेत्रमा भण्डारण गरी भारतमा बिक्री गर्ने ठुलै गिरोह सक्रिय रहेको पाइएको छ ।

माघयता डेढ महिनाको अवधिमा मात्र प्रहरीले करिब दुई हजार किलो गाँजा बरामद गरेपछि गाँजा ओसारपसारमा ठुलै गिरोह रहेको निष्कर्षमा प्रहरी पुगेको हो ।

ओसारपसार, बेचबिखन र प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको गाँजा धनकुटा, उदयपुर, तेह्रथुम, भोजपुरलगायतका जिल्लामा उत्पादन गरी भारत पुर्‍यायाउने गरिएको अनुसन्धानबाट खुलेको एसपी तिम्सिनाले जानकारी दिए ।

पहाडी क्षेत्रमा उत्पादन भएको गाँजा एम्बुलेन्स, तरकारी बोक्ने गाडी, इन्धन ट्यांकरमार्फत् ओसारपसार गरी भारततर्फ पुर्‍याउने गिरोह पछिल्लो समय सक्रिय रहेको तिम्सिनाले बताए ।

पूर्वी पहाडी जिल्लामा गाँजाको खेती नै गरेर सेवनका लागि तयारी भएको गाँजा सीमावर्ती क्षेत्रसम्म आइपुग्दा सुरक्षा निकायको भूमिकामाथि नै प्रश्न उठ्ने गरेको छ ।

तथापि, यस्तो आपराधिक गतिविधिमा संलग्न रहने प्रहरी अधिकारीलाई कारबाही गर्ने एसपी तिम्सिना सुनाउँछन् ।

प्रहरीले बर्सेनि गाँजा खेती फँडानी गर्ने, उत्पादन तथा ओसारपसार गर्ने गिरोहको सञ्जाल भत्काउने अभियानमा सक्रिय रहेको दाबी गर्छ ।

लागुऔषध दुर्व्यसनलाई निरुत्साहन गर्न विभिन्न सचेतनामूलक अभियान सञ्चालन गरिरहेको बताइएको छ ।

प्रकाशित समय: बुधबार १६ फाल्गुण, २०८०, १६:५९:३७

सम्बन्धित खबर

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
बुधबार १३ साउन, २०८३
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता
बुधबार १३ साउन, २०८३
सुनसरी घटनापछि ९ दलको संयुक्त अपिल : शान्ति र सद्भाव कायम गर्न आग्रह
बुधबार १३ साउन, २०८३
बाँकेमा सेफ्टी ट्याङ्कीभित्र फसेका तीन मजदुरको मृत्यु
बुधबार १३ साउन, २०८३
सुनसरीमा सरकार अभिभावक बनेको अनुभूति दिलाउनुपर्छ : शंकर पोखरेल
बुधबार १३ साउन, २०८३
देवानगञ्ज घटनापछि कोशीका मुख्यमन्त्री कार्कीद्वारा सर्वदलीय बैठक आह्वान
बुधबार १३ साउन, २०८३
देवानगञ्जमा फेरि भिडन्त : दुवै पक्ष हातहतियार सहित निस्किए 
मङ्गलबार १२ साउन, २०८३
सुनसरीको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध
मङ्गलबार १२ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०