आफ्नो सन्तान नभएपछि अर्काको बच्चा चोरेर फरार, पक्राउ परिन् मनकुमारी !

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १२ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट शुक्रबार नवजात शिशु (बालिका) हराएकी थिइन् ।

काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले आफ्नो शिशु चोरी भएको भन्दै मौखिक सूचना दिएकी थिइन् ।

अस्पतालमा शिशु बोकेर बसेकी श्रेष्ठसँग ती महिलाले बोक्न भन्दै शिशु मागेकी थिइन् । तर, उनी एकाएक शिशु लिएर फरार भएको भन्दै श्रेष्ठ प्रहरीसमक्ष पुगेपछि प्रहरीले खोजी कार्य थालेको थियो ।

शुक्रबार मध्याह्न १२ बजे ती महिला शिशु लिएर अस्पतालबाट फरार भएकी थिइन् ।

बच्चा खोज्दा नभेटिएपछि दिउँसो १ बजेतिर खबर भएपछि प्रहरी खोजीकार्यमा जुटेको थियो ।

करिब ११ घण्टा खोजबिनमा जुटेको प्रहरी अन्ततः सफल बनेको छ । बच्चा चोर्ने ती महिलालाई शनिबार मध्यराती प्रहरीले नियन्त्रणमा लिएको हो ।

शिशु लिएर फरार भएकी महिला दैलेखको नौमुले गाउँपालिका-१ घर भई काठमाडौंको काँडाघारी बस्ने मनकुमारी सिंह रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीसँगै प्रहरीले उनका श्रीमान् २८ वर्षीय नरेन्द्र मल्ल र दिदी शारदा शाहीलाई पनि नियन्त्रणमा लिएको छ । उनीहरूलाई प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका-९ काँडाघारीस्थित डेराबाटै नियन्त्रणमा लिएको हो ।

शुक्रबार प्रसूति अस्पताल प्रवेश गरी शिशु लिएर फरार भएकी सिंहलाई प्रहरीले मध्यराति १२ बजेतिर काठमाडौंको काँडाघारीबाट नियन्त्रणमा लिएको हो ।

त्यहाँबाट शिशुलाई पनि उद्धार गरिएको प्रहरीले जनाएको छ । शिशुलाई अभिभावको जिम्मा लगाइएको र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार थालिएको प्रहरीले जनाएको छ ।

शिशु चोर्ने महिलाले प्रहरीसँगको प्रारम्भिक बयानमा विवाह गरेको लामो समयसम्म पनि आफ्नो बच्चा नभएपछि बच्चा चोरी गरेको बताएकी छन् ।

अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार बच्चा नभएपछि आफूले डाक्टरलाई देखाउँदा डाक्टरले सन्तान नहुन सक्छ भनेपछि शिशु चोरेर आफ्नो बनाउने योजना बनाएको सिंहले बताएकी छन् ।

सोही अनुसार अस्पताल छिरेको र त्यहाँ एक महिलाको शिशु एकछिन बोक्छु भनी लिएर आएको उनले प्रहरीसमक्ष बयान दिएकी छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार यो विषयमा थप अनुसन्धान भइरहेको छ ।

यस्तो छ पक्राउ परेकी मनकुमारीको बयान

पटकपटक मेरो बच्चा खेर गयो । हालै मात्र पनि मेरो बच्चा खेर गएको छ । त्यही कारण ब्लिडिङ भइरहेको छ । मेरो श्रीमान् नेपाली सेनामा हुनुहुन्छ । उहाँ पोष्टिङ दोलखामा हो । कहिलेकाँही बिदामा मात्र आउनुहुन्छ ।

धेरै प्रयास गर्दा पनि बच्चा नबसेपछि श्रीमान् पनि निराश हुनुहुन्छ । म पनि मानसिक रूपमा विछिप्त भइसकें । पछिल्लोपटक बच्चा खेर गएको विषयमा मैले उहाँलाई भनेको छैन । अत्याधिक ब्लिडिङ भएपछि म उपचारका लागि प्रसूति गृह गएकी थिएँ ।

केही दिनदेखि कसैको बच्चा पाए पनि लैजान हुन्थ्यो भन्ने मनमा कुरा खेलिरहेको थियो । अस्पतालमा आमाले छाडेका बच्चाहरू पाइन्छ रे भन्ने सुनेकी थिएँ । कसैको बच्चा लिएर भाग्न पाए पनि हुन्थ्यो भन्ने सोच पनि आउँथ्यो बेलाबेलामा । म अस्पतालको बाहिर उभिएको थिएँ । एक जना बहिनीले मेरो बच्चा केहीबेर समाइदिनुस् न भन्नुभयो ।

उहाँको हातमा फोहोर थियो । उहाँ फोहोर फाल्न भनेर डस्बिन भएतिर गएपछि म बच्चा लिएर बाहिर निस्किएँ । ट्याक्सी चढेर सीधै काँडाघारी डेरामा आएँ ।

श्रीमानलाई पनि फोन गरेर बच्चा जन्मिएको जानकारी दिएँ । उहाँ खुसी हुनुभयो । काठमाडौं आउँछु भन्नुभएको थियो । राति नै पक्राउ परेँ । अहिले मलाई गल्ती गरिएछ भन्ने महसुस भएको छ ।

प्रकाशित समय: शनिवार १२ फाल्गुण, २०८०, ०८:४३:१०

सम्बन्धित खबर

पोखराले ल्यायो ७ अर्ब १५ करोड बजेट
शुक्रबार ५ असार, २०८३
अकुत सम्पत्ति आर्जन मुद्दामा तत्कालीन अधिकृत कमलराज गौतम दोषी ठहर
शुक्रबार ५ असार, २०८३
ऋण लिँदैमा जहाज नै डुब्ने, आकाश नै खस्ने होइन : अर्थमन्त्री वाग्ले
शुक्रबार ५ असार, २०८३
प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत
शुक्रबार ५ असार, २०८३
बर्डफ्लु पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द
शुक्रबार ५ असार, २०८३
प्रतिनिधिसभा बैठक ६ दिनसम्म स्थगित
शुक्रबार ५ असार, २०८३
हर्क साम्पाङले मागे महावीरसँग १० करोड रकम
शुक्रबार ५ असार, २०८३
राप्रपाको महाधिवेशन मंसिर २६ मा गर्ने प्रस्ताव
शुक्रबार ५ असार, २०८३
कोशी प्रदेशका कानुनमन्त्रीको निवासमा मध्यरात किन पुग्यो प्रहरी ?
शुक्रबार ५ असार, २०८३
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
शुक्रबार ५ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०