कान्तिपुर कलेजमा आइटी एक्स्पो करिअर काउन्सिलिङ सुरु

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका-१० मेनरोडस्थित कान्तिपुर कलेजमा आइटी एक्स्पो तथा करिअर काउन्सिलिङ कार्यक्रम सुरु भएको छ ।

कम्प्युटर विज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी सुरु भएको यो कार्यक्रम तीन दिनसम्म चल्ने छ ।

कलेजमा अध्ययरत व्यवस्थापन तथा विज्ञान संकायका कम्प्युटर विज्ञान विषय लिएर अध्ययन गर्ने करिब पाँच सयभन्दा बढी विद्यार्थीहरूले कार्यक्रमको प्रत्यक्ष रूपमा लाभ लिने कलेजका प्रिन्सिपल भुवन नेपालले बताए ।

कलेजमा अध्ययनरत करिब दुई हजार विद्यार्थीहरूले उच्च शिक्षाको साथ साथै व्यवहारिक तथा जीवनोपयोगी शिक्षासमेत लिने प्रिन्सिपल नेपालले जानकारी दिए ।

एक्स्पोमा विराटनगरका विभिन्न स्कुलमा कक्षा–९ र १० मा अध्ययनरत करिब एक हजार विद्यार्थीहरूले समेत अवलोकन गर्ने उनको अनुमान छ ।

इनोभेट नेपाल ग्रुपको सहकार्यमा सञ्चालित आइटी एक्सपोमा कलेजका सञ्चालकहरू तथा आइटी विज्ञहरू इन्जिनियर जयनाथ यादव, ई. देविलाल महतो, शंकर काफ्ले, ई. मञ्जयकुमार यादव साथै इनोभेट नेपाल ग्रुपका विकेक दाहाल विराटनगर इन्टरनेशनल कलेजका प्रमुख गोविन्द थापा, आइटी विज्ञहरू भुषण लुइँटेल, रोमन बुर्लाकोटी, पवन रेग्मीको उपस्थिति रहेको थियो ।

आइटी एक्सपोमा विद्यार्थीहरूले सफ्टवयेर निर्माण, एआई., इथिकल ह्याकिङ, साइवर सेक्युरेटी, मल्टिमिडिया, प्रोग्रामिङ आदिको विषयमा अवलोकन तथा ज्ञान आर्जन गर्ने प्रिन्सिपल नेपालले बताए ।

इन्जिनियर एसोसिएसन कोशी प्रदेश सभापति तथा कान्तिपुर कलेजका निर्देशक ई. जयनाथ यादवले आइटी विषयको महत्व साथै जीविकोपार्जन तथा समय सापेक्ष शिक्षाको लागि आइटी अपरिहार्य भएको बताए ।

को–र्डिनेटरद्वय रोशन राजवंशी र हिमाल वरालले कार्यक्रमको संयोजन गरेका थिए ।

कक्षा–११ र १२ सकिनेबित्तिकै किशोरावस्थामा नै विद्यार्थीहरु उच्च शिक्षाका लागि देश छोडेर बाहिर जाने भएकाले नेपालमै मेडिकल, इन्जिनियरिङ, आइटी र व्यवस्थापन आदि क्षेत्रमा पनि विद्यार्थीहरूको उज्जवल भविष्य रहेको प्रिन्सिपल नेपालले बताए ।

कान्तिपुर कलेजले दक्ष जनशक्ति निर्माणका लागि मेडिकल, इन्जिनियरिङ, आइटी, सिम्याट लगायतका तयारी कक्षाहरू गराउँदै आएको छ ।

उच्च शिक्षा प्रारम्भको आधार स्तम्भको रूपमा कोशी प्रदेशकै नमुना तथा उत्कृष्ट कलेजको रूपमा स्थापित भइसकेको कान्तिपुर कलेजमा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन तथा होटेल व्यवस्थापन संकाय पढाई हुने गरेको छ ।

कक्षा–११ र १२ मात्र नभइ उच्च शिक्षाको लागि विद्यार्थीहरूलाई सहजीकरण गर्ने भएकाले एसइई दिँदै गरेका विद्यार्थीलाई सफलताको शुभकामना दिँदै एसइई नतिजापछि कान्तिपुरलाई निर्धक्क भएर रोज्न पनि प्रिन्सिपल नेपालले आग्रह गरे ।

प्रकाशित समय: बिहिबार १० फाल्गुण, २०८०, २१:०२:२७
नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ : प्रधानमन्त्री
आईतबार १७ जेठ, २०८३
राष्ट्रिय सभाको बैठक स्थगित, दुई महत्त्वपूर्ण विधेयकमाथि सहमति खोजिँदै
आईतबार १७ जेठ, २०८३
एकैदिन साढे २० हजार बढ्यो सुनको मूल्य
आईतबार १७ जेठ, २०८३
टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ
आईतबार १७ जेठ, २०८३
बजेट ‘जहाँ भोट, त्यहीँ बजेट’को नीति अनुसार आएको कांग्रेसको आरोप
शनिवार १६ जेठ, २०८३
निजामती पार्कमा प्रथम मुख्यसचिव चन्द्रबहादुर थापाको सालिक अनावरण
शनिवार १६ जेठ, २०८३
एसियन गेम्स छनोट: सेमिफाइनलमा मलेसिया सामु नेपालको १२७ रनको लक्ष्य
शनिवार १६ जेठ, २०८३
५० युनिटभन्दा बढी विद्युत खपतमा ५% भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग
शनिवार १६ जेठ, २०८३
महिला अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री बालेन्द्र शाह
शनिवार १६ जेठ, २०८३
राजनीतिक दललाई अनुदान दिने सरकारको घोषणा
शुक्रबार १५ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०