पूर्वशिक्षकलाई सम्मान गर्दै नमुना विद्या मन्दिरले मनायो अभिभावक दिवस

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ६ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित नमुना विद्या मन्दिर आवासीय माध्यमिक विद्यालयले ३१औं अभिभावक दिवस मनाएको छ ।

शनिबार हाटखोलास्थित आरोहण गुरुकुलमा नमुना विद्या मन्दिरले ३१ औं अभिभावक दिवस मनाएको हो ।

Advertisement

अभिभावक दिवसको अवसरमा नमुना विद्या मन्दिरले दुई जनालाई सम्मानसमेत गरेको छ ।

नमुना विद्या मन्दिरमा लामो समय शिक्षण गरेका पूर्वशिक्षक तिर्थराज दाहाल र समाजसेवी गणेशप्रसाद पोखरेललाई प्रिन्सिपल शिवप्रसाद अघिकारी र बाल्मीकी स्कुलकी प्रिन्सिपल सावित्रा पराजुलीले सम्मान गरेका थिए ।

यसैगरी विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।

कार्यक्रममा अभिभावकको तर्फबाट जिवन कोइरालाले मन्तव्य राखेका थिए ।

प्रिन्सिपल अधिकारीले विद्यालयको योजना र विद्यालयले गर्दै गरेका गतिविधिका बारेमा अभिभावकलाई जानकारी गराएका थिए ।

उनले विद्यालयले विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्रै सिमित नराखेर हरेक क्षेत्रमा अब्बल बनाउन विभिन्न क्रियाकलापहरू गर्दै आएको बताए ।

अभिभावक दिवसमा विद्यार्थीहरूले मारवाडी नृत्य, झागड नृत्य, सन्थाल नृत्य, मगर नृत्य, लोक नृत्यलगायत विभिन्न संस्कृति झल्किने नृत्य प्रस्तुत गरेका थिए भने गीत पनि गाएका थिए ।

यस्तै, विद्यार्थीहरूले ‘असल साथी’ नामक नाटकसमेत प्रस्तुत गरेका थिए ।

यस्तै, शिक्षिकाहरूले पनि नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अभिभावक, विद्यार्थी, विभिन्न विद्यालयका प्रिन्सिपललगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०