उदयपुरले एकै दिन पायो दुई मन्त्री

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २६ माघ, २०८०
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको मन्त्रीमण्डलमा उदयपुरका दुई मन्त्री अटाएका छन् ।

गत असोज २७ गते मुख्यमन्त्री बनेका कार्कीले तेस्रो पटक शुक्रबार मन्त्रीमण्डल विस्तार गर्दा उदयपुरका दुई मन्त्री समेटिएका हुन् ।

Advertisement

आज चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेर मुख्यमन्त्री कार्कीले १० सदस्यीय मन्त्रीमण्डल बनाएका थिए ।

जसमा, उदयपुरका नारायण बुर्जामगर र रामकुमार खत्री मन्त्री बनेका हुन् ।

बुर्जामगर उदयपुर क्षेत्र नम्बर २ (क) बाट निर्वाचित बन्दै कोशी प्रदेशसभा सदस्य बनेका थिए ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित मगरले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय सम्हालेका छन् ।

यसैगरी, नेपाली कांग्रेसका खत्री उदयपुर क्षेत्र नं २ (ख) बाट निर्वाचित भएका थिए ।

खत्रीलाई मुख्यमन्त्री कार्कीले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सुम्पिएका छन् ।

यस्तै, संखुवासभाबाट चुनाव जितेका राजेन्द्र कार्कीले सामाजिक विकास मन्त्रालयको जिम्मा पाए ।

ओखलढुंगाबाट निर्वाचित कांग्रेसका प्रदीपकुमार सुनुवारले स्वास्थ्य मन्त्रालयको जिम्मा पाए ।

यस्तै, कांग्रेसकी ईन्दिरा थापा र सुनिताकुमारी गुरुङले राज्यमन्त्रीका रूपमा शपथ लिइन् ।

कांग्रेसकी ईन्दिरा थापा भने आर्थिक मामिला तथा योजना मन्त्रालयमा राज्यमन्त्रीका रूपमा नियुक्त भएकी छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालय भने मुख्यमन्त्री केदार कार्की आफूसँगै राखेका छन् ।

यसैगरी, कांग्रेसकै गुरुङ आन्तरिक मामिला तथा योजना राज्यमन्त्री बनेकी छन् ।

नवनियुक्त चार जना मन्त्री र दुई राज्यमन्त्रीलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ लिए ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
सांसद् थपलियाले भनिन्, सुकुम्बासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०