विराटनगरबाट मोटरसाइकल चोर्ने गिरोहका नाइके समातिए

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १८ माघ, २०८०
३ वर्षअघि

विराटनगर । मोरङ प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेका भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको भारतको अररिया जिल्लाको फारवेशगन्ज थाना, रंघा मझुवा ग्राम पञ्चायत-११ का ३५ वर्षीय सिकन्दर मण्डल रहेका छन् ।

Advertisement

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जन दाहालका अनुसार उनलाई बिहीबार पक्राउ गरिएको हो ।

विराटनगर महानगरपालिका क्षेत्रबाट भइरहेको शृङ्खलाबद्ध मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको डिसपी दाहालले जनाए ।

विगत केही समयदेखि मोटरसाइकल चोरीका घटनाहरू बढेका थिए । यसै सन्दर्भमा मोरङ प्रहरीबाट खटिएको विशेष अनुसन्धान टोलीले चोरी गर्दाको समयमा संकलित सिसिटिभी फुटेजका आधारमा उनलाई समातेको हो ।

मण्डललाई पक्राउ गरी प्रारम्भिक अनुसन्धानका क्रममा उनले चोरी गरी नम्बर प्लेट फालेर भारततर्फ लैजाने उद्देश्यले विराटनगर-१४ मा लुकाएर राखिएको तीन थान मोटरसाइकल बरामद भएको थियो ।

बरामद नभएका तीनवटै मोटरसाइकलका धनी प्रहरीको सम्पर्कमा पुगेका छन् ।

नेपालको सीमा क्षेत्रबाट संगठित रूपमा गिरोह परिचालन गरेर मोटरसाइकल चोरी गर्ने धन्दामा उनको संलग्नता देखिएको डिएसपी दाहालको भनाइ छ ।

प्रहरीका अनुसार मण्डल गिरोहका नाइके हुन् ।

मण्डल र उनको समूहले चोरी गरिसकेपछि मोटरसाइकलको नम्बर प्लेट फालेर भारततर्फ लैजाने गरेको पाइएको छ ।

मण्डलले अरू तीनवटा मोटरसाइकल चोरी गर्दै गरेको दृश्य सिसी क्यामेरामा कैद भए पनि ती मोटरसाइकल प्रहरीले बरामद गरिसकेको छैन ।

मण्डलविरुद्ध चोरी मुद्दा चलाउन बिहीबार अदालतबाट म्याद थप गरेर अनुसन्धान तीव्र बनाइएको डिएसपी दाहालले जानकारी दिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०