कोसी प्रदेशमा दलका नेता र सचेतकलाई सुविधा थप्न अध्यादेश !

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १४ माघ, २०८०
२ वर्षअघि

विराटनगर । कोसी प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको सेवासम्बन्धी ऐन २०७५ संशोधन गरेको छ ।

नेपाली कांग्रेसका नेता केदार कार्की नेतृत्वको सरकारले सत्तागठबन्धनका नेता रिझाउनका  लागि कोसी प्रदेशसभाका थप पदाधिकारीलाई सेवा-सुविधा थप्नेगरी अध्यादेश जारी गरेको हो ।

सरकारले प्रदेशसभामा रहेका पूर्वमुख्यमन्त्री तथा सत्ता पक्षकै दलका नेताहरू, प्रमुख प्रतिपक्षी दल तथा प्रतिपक्षी दलका नेताहरुलाई गाडी तथा सेवा सुविधा थप गर्ने गरी ऐन संशोधन गरेको हो ।

यसअघिको ऐनमा सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्षी दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक, प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक, प्रतिपक्षी दलको नेता, सत्ता पक्ष दलको सचेतक र प्रदेशसभा समितिका सभापतिलाई सेवा सुविधा दिने विषय उल्लेख थियो ।

तर, प्रदेश सरकारले गत माघ ६ गते जारी गरेको अध्यादेशले सरकारमा रहेका संसदीय दलका नेतालाई पनि सेवा सुविधा दिने थपिएको छ ।

अध्यादेशबाट ऐन संशोधन भएपछि अब एक जनामात्र सांसद रहेको जसपाकी निर्मला तावा लिम्बूको पनि सुविधा थपिएको छ ।

यो अध्यादेश लागू भएर अनुसूचि परिवर्तन भए सत्ता पक्षका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई, कांग्रेस दलका नेता तथा पूर्वमुख्यमन्त्री उद्धव थापा, माओवादी केन्द्रका दलका नेता ईन्द्रबहादुर आङ्बो र प्रतिपक्षी दल राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले थप सेवा-सुविधा पाउने छन् ।

संसदीय दलको नेताको हैसियतमा उनीहरूले अब मासिक ५० हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । यस्तै उनीहरूले सवारी साधनका लागि मासिक १२५ लिटर तेल पाउनेछन् भने एक जना सवारी चालकसमेत उपलब्ध गराइने छ ।

प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीले पदाधिकारीको सुविधा दिनलाई सरकारले अनुसूचि परिवर्तन गर्नुपर्ने बताए ।

उनले सुविधा दिने प्रयोजनका लागि आएको भन्ने नबुझिएको जानकारी दिए ।

यसअघि ऐनले पदाधिकारी भन्नाले सभामुख, उपसभामुख, सत्ता पक्ष र प्रतिपक्षी दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक र संसदीय समितिका सभापतिलाई परिभाषित गरेको थियो ।

सोही परिभाषाअनुसारका पदाधिकारीहरूलाई मात्रै गाडी सुविधा उपलब्ध गराइँदै आएको थियो ।

अघिल्लो ऐन बनाउन नेकपा र प्रतिपक्षमा कांग्रेस मात्रैलाई केन्द्रित गरी ऐन बनाइएको थियो । त्यसबेला दलको नेता नै मुख्यमन्त्री बन्ने परिस्थिति थियो ।

तर, अहिले दलको नेता अर्कै र मुख्यमन्त्री अर्कै भएका छन् । त्यसबेला प्रमुख प्रतिपक्षी दलको नेता मात्रै भनिएको थियो ।

अझ, अहिले अन्य प्रतिपक्षी दलका नेताहरू (राप्रपा र जसपा)ले पनि माग्न सक्ने देखाउँदै ऐनमा उल्लेख गरिएको हो ।

हाल, सुरक्षा चुनौती भन्दै ऐनमै उल्लेख नभएको गाडी सुविधा माओवादी दलका नेता आङ्बो र एमाले दलका उपनेता राम रानालाई संसद सचिवालयले गाडी सुविधा दिएको छ ।

उक्त सुविधा मन्त्रिपरिषदबाट निर्णय गरेर दिइएको हो । संसद सचिवालयले गाडी फिर्ता गर्न पत्राचार गरिसकेको जनाएको छ ।

कोसीमा अहिलेसम्म ६ जना मुख्यमन्त्री बनिसकेका छन् । प्रदेशसभाको पहिलो कार्यकालमा नेकपा एमालेका शेरधन राई, भीम आचार्य र नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्री थिए ।

दोस्रो कार्यकालको एक वर्षमै एमालेका हिक्मतकुमार कार्की, कांग्रेसका उद्धव थापा र हालका केदार कार्कीसमेत तीन जना भइसकेका छन् ।

पूर्वमुख्यमन्त्रीको हैसियतमा रहेका शेरधन राई र भीम आचार्यले यो सुविधा पाउने छैनन् ।

अध्यादेशबाट गठबन्धन दलका थप तीन जनाले सुविधा पाउने भएका छन् ।

यसअघिको ऐनअनुसार सुविधा पाउनबाट बञ्चित कांग्रेस संसदीय दलका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री थापा, नेकपा एस संसदीय दलका नेता राई र जसपाकी एक्ली सांसद लिम्बुलाई सुविधाको बाटो खुलेको छ ।

संसदीय दलको नेताको हैसियतमा उनीहरूले थप नगद, अब गाडीसँगै एक सय २५ लिटर तेल पाउनेछन् भने एकजना सवारी चालकसमेत उपलब्ध गराइने छ ।

प्रमुख सचेतक र सचेतकलाई पनि नयाँ व्यवस्थाअनुसार एकमुष्ट थप ५० हजार दिइनेछ ।

यता, अध्यादेशबाट ल्याइएको ऐनका विषयमा प्रमुख प्रतिपक्षी एमालेले असन्तुष्टि जनाएको छ ।

संसद् अन्त्य गरेर कुनै कानुन नबनाई अध्यादेशबाट सेवा-सुविधाका लागि ऐन संशोधन गर्नु लाजमर्दो कुरा भएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

यसैगरी, पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले नेताका सेवा सुविधाका लागि कानून नबनाई अध्यादेशबाट ऐन संशोधन गर्नु लाजमर्दो भएको बताए ।

प्रकाशित समय: आईतबार १४ माघ, २०८०, २०:१६:१९

सम्बन्धित खबर

संवैधानिक परिषद् अध्यादेश राष्ट्रपति पौडेलद्वारा फिर्ता, बहुमतीय प्रणाली जोगाउन आग्रह

आईतबार २० ब‌ैशाख, २०८३
२ घण्टाअघि

सुकुमवासी व्यवस्थापन चैतभित्रै गर्न रास्वपाको सरकारलाई सुझाव

आईतबार २० ब‌ैशाख, २०८३
२ घण्टाअघि

सीमा क्षेत्रमा तस्करी रोक्न सरकार कडा, जनजीवन र व्यापारबीच सन्तुलन खोजिँदै : रवि लामिछाने

आईतबार २० ब‌ैशाख, २०८३
३ घण्टाअघि

एमाले सदस्यता अब पूर्ण रूपमा डिजिटल, अनलाइन नवीकरण प्रणाली लागू गर्ने निर्णय

आईतबार २० ब‌ैशाख, २०८३
३ घण्टाअघि

रास्वपाले लागू गर्‍यो उम्मेदवार छनोटको नयाँ मापदण्ड

आईतबार २० ब‌ैशाख, २०८३
४ घण्टाअघि

सांसद् ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ

आईतबार २० ब‌ैशाख, २०८३
६ घण्टाअघि
संवैधानिक परिषद् अध्यादेश राष्ट्रपति पौडेलद्वारा फिर्ता, बहुमतीय प्रणाली जोगाउन आग्रह
आईतबार २० ब‌ैशाख, २०८३
सुकुमवासी व्यवस्थापन चैतभित्रै गर्न रास्वपाको सरकारलाई सुझाव
आईतबार २० ब‌ैशाख, २०८३
इट्टा भट्टा सञ्चालनका लागि कडा मापदण्ड लागू
आईतबार २० ब‌ैशाख, २०८३
सीमा क्षेत्रमा तस्करी रोक्न सरकार कडा, जनजीवन र व्यापारबीच सन्तुलन खोजिँदै : रवि लामिछाने
आईतबार २० ब‌ैशाख, २०८३
एमाले सदस्यता अब पूर्ण रूपमा डिजिटल, अनलाइन नवीकरण प्रणाली लागू गर्ने निर्णय
आईतबार २० ब‌ैशाख, २०८३
इरान-इजरायलको भूराजनीतिक तनावले साउदीमा छायो मदिराको संकट
आईतबार २० ब‌ैशाख, २०८३
रास्वपाले लागू गर्‍यो उम्मेदवार छनोटको नयाँ मापदण्ड
आईतबार २० ब‌ैशाख, २०८३
नयाँ आईजीपी पौडेलले सोमबार फुली लगाउने, गृहसचिवबाट दर्ज्यानी चिन्ह प्रदान गरिने
आईतबार २० ब‌ैशाख, २०८३
सांसद् ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ
आईतबार २० ब‌ैशाख, २०८३
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
आईतबार २० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०