कोशीमा कांग्रेसका सिटौला र एमालेका कोइराला निर्वाचित

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ११ माघ, २०८०
२ वर्षअघि

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कोशी प्रदेशबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी छन् ।

बिहीबार प्रदेशमा दुई सिटका लागि भएको निर्वाचनमा सत्तारूढ दलका तर्फबाट सिटौला र एमाले-राप्रपा गठबन्धनबाट कोइराला निर्वाचित भएको कोशी प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

सिटौलाले विपक्षी नेकपा एमाले र राप्रपा गठबन्धनका उम्मेदवार उद्धव पौडेललाई पराजित गरेका हुन् ।

सिटौलाले ५ हजार २९२ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका उद्धव पौडेलले ४ हजार ५६२ मत प्राप्त गरे ।

नेकपा एमालेका उम्मेदवार पर्शुराम अधिकारीले १४८ मत प्राप्त गरे छ । सिटौला ७३० मत अन्तरले विजयी भएका हुन् ।

नेता सिटौलाले कुल ९३ जना प्रदेशसभा सदस्यमध्ये ४५ जनाको मत प्राप्त गरे भने पौडेलले ४७ जनाको मत प्राप्त गरे । एक मत भने बदर भएको छ ।

यस्तै, महिलातर्फ एमालेकी उम्मेदवार कोइराला निर्वाचित भइन् ।

राप्रपासँग चुनावी तालमेल गरेको एमालेको तर्फबाट उम्मेदवार बनेकी कोइरालाले गठबन्धनका उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गरेकी हुन् ।

कोइरालाले पाँच हजार ८६ मत प्राप्त गर्दा कार्कीले ४ हजार ९९२ मत प्राप्त गरिन् । कार्कीलाई गठबन्धनका तीन जना प्रदेशसभा सदस्यले मत क्रस गरेको गणनाका क्रममा देखिएको थियो ।

कुल ९३ जना प्रदेशसभा सदस्यमध्ये कोइरालाले ४९ जना सांसदको मत प्राप्त गरिन् भने कार्कीले ४४ जनाको मत प्राप्त गरिन् ।

प्रकाशित समय: बिहिबार ११ माघ, २०८०, १८:३१:२०
आरजुलाई तीन दिनभित्र बयान दिन आउन अख्तियारले काट्यो चिठी
बिहिबार ४ असार, २०८३
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
बिहिबार ४ असार, २०८३
ई-पासपोर्ट खरिद प्रकरणमा बयानका लागि जर्मन कम्पनीको प्रतिनिधिलाई बोलाइयो
बिहिबार ४ असार, २०८३
मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
बिहिबार ४ असार, २०८३
मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा
बिहिबार ४ असार, २०८३
रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता
बिहिबार ४ असार, २०८३
जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?
बिहिबार ४ असार, २०८३
प्रतिनिधिसभामा विपक्षी दलका सांसद्हरूले गरे उठेर विरोध
बिहिबार ४ असार, २०८३
ट्रम्प र मोदीबिच भेटवार्ता, अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आउने
बिहिबार ४ असार, २०८३
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलाको २ लाख ९७ हजार २०० रुपैयाँ
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०