माैन अवधिमा प्रचारप्रसार गरिएकाे भन्दै मोरङका सिडिओसँग प्रतिवेदन माग

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १० माघ, २०८०
२ वर्षअघि

विराटनगर । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीत गतिविधि भएको विषयमा सत्यतथ्य बुझी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेस मोरङ प्रशासनलाई निर्देशन दिएको छ ।

राष्ट्रियसभा निर्वाचनको मौन अवधिमा निर्वाचन आचारसंहिताविपरीत गतिविधि भएको जनाउँदै बुधबार आयोगले ‘रिपोर्ट’ गर्न भन्दै मोरङका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको हो ।

मोरङको विराटनगरमा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै दलहरूले भेला, चियापान र अन्य गतिविधि गरेका थिए ।

राष्ट्रियसभाको निर्वाचनको प्रचारप्रसार अवधि सकिएपछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बुधबार बिहान चियापान गरेका थिए ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले राष्ट्रियसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलासहित निर्वाचनका मतदाता रहेका प्रदेशसभाका सदस्य र स्थानीय तहक जनप्रतिनिधि बोलाएर चियापान गरेका हुन् ।

कोइरालाले आयोजना गरेको कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, रामहरि खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाईंलगायत सहभागी थिए ।

यस्तै, मौन अवधिमै नेकपा एमाले र राप्रपागठबन्धनले उम्मेदवार र मतदाताहरू बोलाएर विराटनगरको होटल ह्यारिसनमा भेला गरेका थिए ।

एमाले र राप्रपाका उम्मेदवार तथा मतदाता सहभागी भेलालाई नेकपा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरूले सम्बोधन गरेका थिए ।

मौन अविधमा राष्ट्रियसभा सदस्य निर्वाचनसँग सम्बन्धित प्रचारप्रसार, छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने व्यवस्था छ ।

तर, त्यसविपरीत निर्वाचन प्रचारप्रसारका गतिविधि भएपछि आयोगले त्यसबारे प्रतिवेदन पेस गर्न मोरङका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) विपरीतको कार्यभएको हो वा होइन ? सत्यतथ्य बुझी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

आयोगले माघ ८ गते राति १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्मका लागि मौन अवधि तोक्दै राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ संगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रसारप्रसारलगायत कुनैपनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नहुने यसअघि नै जनाएको थियो ।

राष्ट्रिय सभाको निर्वाचनमा कोशीको अन्य कोटामा राप्रपाका उद्धव पौडेल र कांग्रेसका कृष्णप्रसाद सिटौला तथा महिलामा एमालेकी रुक्मिणी कोइराला र माओवादीका चम्पा कार्की उम्मेदवार छन् ।

एमालेले राप्रपासँग गठबन्धन गरेपछि यसअघि उम्मेदवार बनाइएका पर्शुराम अधिकारीको उम्मेदवारी भने निस्क्रिय गराएको छ ।

सत्तारूढ गठबन्धनभन्दा विपक्षी गठबन्धनको मत करिब आठ सय कम छ ।

प्रकाशित समय: बुधबार १० माघ, २०८०, २०:५४:०६

सम्बन्धित खबर

संवैधानिक परिषद् अध्यादेश राष्ट्रपति पौडेलद्वारा फिर्ता, बहुमतीय प्रणाली जोगाउन आग्रह

आईतबार २० ब‌ैशाख, २०८३
२ घण्टाअघि

सुकुमवासी व्यवस्थापन चैतभित्रै गर्न रास्वपाको सरकारलाई सुझाव

आईतबार २० ब‌ैशाख, २०८३
२ घण्टाअघि

सीमा क्षेत्रमा तस्करी रोक्न सरकार कडा, जनजीवन र व्यापारबीच सन्तुलन खोजिँदै : रवि लामिछाने

आईतबार २० ब‌ैशाख, २०८३
३ घण्टाअघि

एमाले सदस्यता अब पूर्ण रूपमा डिजिटल, अनलाइन नवीकरण प्रणाली लागू गर्ने निर्णय

आईतबार २० ब‌ैशाख, २०८३
३ घण्टाअघि

रास्वपाले लागू गर्‍यो उम्मेदवार छनोटको नयाँ मापदण्ड

आईतबार २० ब‌ैशाख, २०८३
४ घण्टाअघि

सांसद् ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ

आईतबार २० ब‌ैशाख, २०८३
६ घण्टाअघि
संवैधानिक परिषद् अध्यादेश राष्ट्रपति पौडेलद्वारा फिर्ता, बहुमतीय प्रणाली जोगाउन आग्रह
आईतबार २० ब‌ैशाख, २०८३
सुकुमवासी व्यवस्थापन चैतभित्रै गर्न रास्वपाको सरकारलाई सुझाव
आईतबार २० ब‌ैशाख, २०८३
इट्टा भट्टा सञ्चालनका लागि कडा मापदण्ड लागू
आईतबार २० ब‌ैशाख, २०८३
सीमा क्षेत्रमा तस्करी रोक्न सरकार कडा, जनजीवन र व्यापारबीच सन्तुलन खोजिँदै : रवि लामिछाने
आईतबार २० ब‌ैशाख, २०८३
एमाले सदस्यता अब पूर्ण रूपमा डिजिटल, अनलाइन नवीकरण प्रणाली लागू गर्ने निर्णय
आईतबार २० ब‌ैशाख, २०८३
इरान-इजरायलको भूराजनीतिक तनावले साउदीमा छायो मदिराको संकट
आईतबार २० ब‌ैशाख, २०८३
रास्वपाले लागू गर्‍यो उम्मेदवार छनोटको नयाँ मापदण्ड
आईतबार २० ब‌ैशाख, २०८३
नयाँ आईजीपी पौडेलले सोमबार फुली लगाउने, गृहसचिवबाट दर्ज्यानी चिन्ह प्रदान गरिने
आईतबार २० ब‌ैशाख, २०८३
सांसद् ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ
आईतबार २० ब‌ैशाख, २०८३
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
आईतबार २० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०