विराटनगरमा भोलिदेखि मोरङ हिसान स्पोर्ट्स मिट हुँदै

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ९ माघ, २०८०
२ वर्षअघि

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान) ले बुधबारदेखि खेलकुद प्रतियोगिता गर्दै छ ।

‘हिसान स्पोर्ट्स मिट’ नाम दिइएको उक्त प्रतियोगिता बुधबार (भोलिदेखि) विराटनगरमा हुनेछ ।

हिसान मोरङले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै १२औं संस्करणको उक्त प्रतियोगिता गर्न आँटेको जानकारी दिएको हो ।

हिसान मोरङका अध्यक्ष अमित ढकालका अनुसार ‘हिसान मोरङको मूल मन्त्र, शिक्षा र खेलकुद बलियो संयन्त्र’ भन्ने नाराका साथ आयोजना हुने उक्त प्रतियोगिता माघ १६ गतेसम्म चल्ने छ ।

हिसानले २०६५ सालदेखि निरन्तर रूपमा खेलकुदका कार्यक्रम आयोजना गर्दै आएको छ । यसमा हिसानसँग आबद्ध कलेजहरूले मात्रै भाग लिन पाउने छन् ।

यस पटकदेखि स्पोर्ट्स मिटमा छात्रा फुटबल र कवड्डी प्रतियोगिता पनि गराइँदै छ ।

फुटबल (छात्र–छात्रा), क्रिकेट (छात्र), बास्केटबल (छात्र), कबड्डी (छात्र) भलिबल (छात्र–छात्रा), टेबल टेनिस सिंगल र डबल्स (छात्र–छात्रा), एथलेक्टिसका खेलहरू हुनेछन् ।

प्रतियोगितामा विभिन्न खेलमा २९ वटा कलेजहरूका एक हजार २ सय बढी विद्यार्थीहरूले सहभागी हुने बताइएको छ ।

आयोजकको तर्फबाट विजेता तथा उप विजेता खेलाडीहरूले ट्रफी, मेडल प्राप्त गर्ने छन् भने खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरी विजेता भए कलेजहरूले आन्तरिक रूपमा छात्रवृत्ति दिने घोषणा गरेका छन् ।

प्रकाशित समय: मङ्गलबार ९ माघ, २०८०, २१:५९:२३
दीपक भट्ट र सुलभलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
बुधबार ९ ब‌ैशाख, २०८३
विद्यालयमा भ्रष्टाचार आरोपमा ८ जनाविरुद्ध मुद्दा दायर
बुधबार ९ ब‌ैशाख, २०८३
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
बुधबार ९ ब‌ैशाख, २०८३
‘इभी’को भाडा नबढाउन यातायात व्यवस्था विभागको निर्देशन
बुधबार ९ ब‌ैशाख, २०८३
सुदन किरातीले प्रलोपाबाट दिए राजीनामा, ५ महिनाको यात्रा समाप्त
बुधबार ९ ब‌ैशाख, २०८३
प्रलोपाको साधारण सदस्य समेत नरहने सुदन किरातीको घोषणा
बुधबार ९ ब‌ैशाख, २०८३
फेरी घट्यो  सुन–चाँदी दुवैको मूल्य 
बुधबार ९ ब‌ैशाख, २०८३
विद्यार्थीलाई गाडी भाडामा ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
बुधबार ९ ब‌ैशाख, २०८३
गगन थापा आज विराटनगरमा, कांग्रेसको रणनीति बैठकमा सम्बोधन गर्ने
बुधबार ९ ब‌ैशाख, २०८३
कूटनीतिक राहदानीसहितका विषयमा आज छलफल, सभामुखले बोलाए सचेतकहरूको बैठक
बुधबार ९ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०