पहिचान पक्षधरसँग प्रारम्भिक चरणको वार्ता गर्ने वार्ता समितिको तयारी

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ७ माघ, २०८०
२ वर्षअघि

विराटनगर । कोसी प्रदेश सरकारले पहिचान पक्षधरसँग प्रारम्भिक चरणको वार्ता प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ ।

शनिबार प्रदेश सरकारले बनाएको वार्ता समितिले प्रदेशको नामकरणको विषयमा असन्तुष्ट देखिएको पहिचान पक्षधरसँग वार्ता गर्ने तयारी सुरु गरेको हो ।

आइतबार भौतिक पूर्वाधार विकास मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै वार्ता समितिका संयोजक कमलप्रसाद जवेगुले पहिचान पक्षधरसँग औपचारिक छलफलको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको जानकारी दिए ।

उनका अनुसार वार्ता समितिको सोमबार बस्ने प्रारम्भिक चरणको बैठकले पहिचान पक्षधरसँग के–कस्ता विषयमा कसरी छलफल गर्ने भन्ने विषय टुंगो लगाउने छ ।

वार्तामा संघर्षको रूपमा अघि बढेको प्रदेश नामकरणको विषयलाई संविधानप्रदत्त अधिकारमा अधिनस्त रहेर ‘सेफ ल्यान्डिङ’ गराउने विषयमा सरकारको जोड रहने उनको भनाइ छ ।

भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका जवेगुले पहिचान पक्षधरले उठाएका विषयलाई सम्भव भएसम्म सम्बोधन हुनेगरी छलफल प्रक्रिया अगाडि बढाइने बताए ।

प्रदेश नामकरणको विषयलाई शान्तिमा अवतरण गराउन कोशी प्रदेश सरकारले कुनै कन्ज्युँस्याई नगर्ने उनले बताए ।

‘अहिले कानून मन्त्रालयका सचिव बाहिर हुनुहुन्छ, भोलि उहाँ आएपछि औपचारिक रूपमा बैठक बस्छौं,’ उनले भने, ‘भोलि नै प्रारम्भिक चरणको वार्ताका लागि आह्वान हुन सक्छ । तथापि, नामकरणको विषयमा यति चाँडै निर्क्यौल हुन्छ भन्ने छैन ।’

‘वार्तामार्फत उहाँहरूको मागअनुसार संविधान अधिनस्त कतिसम्म पूरा गर्न सकिन्छ कानुनविद्सगँ परामर्श लिन्छौं,’ उनले थपे, ‘सबै दलसँग समन्वय गरेर विधानअनुरूप सहज बनाउने प्रयास गर्छौं ।’

आफू प्रदेश सरकारको नेतृत्व गर्दै वार्तामा होमिएको बताउँदै उनले भने, ‘अहिले सरकारको मन्त्री भएको नाताले प्रदेश सरकारको नीतीविरुद्ध गएर वार्ता गर्दिनँ ।’

यस्तै, वार्ता समितिका सदस्य तथा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ले वार्ता समिति पवित्र उद्देश्यले बनेको बताए ।

‘वार्ता समिति समस्यालाई अल्झाउनका लागि बनेको होइन, पवित्र उद्देश्य लिएर बनेको हो,’ उनले भने, ‘सकेसम्म नामकरणको समस्या समाधान गरेरै छोड्छौं ।’

समितिको सोमबार बस्ने प्रारम्भिक चरणको बैठकले औपचारिक पत्र पठाएरै पहिचान पक्षधरलाई वार्ताका लागि आह्वान गर्ने बताइएको छ ।

पहिचान पक्षधरहरूले मितिसहित पत्रको जवाफ पठाएपछि प्रदेश सरकारले समय तोकेर वार्ता राख्ने जानकारी दिइएको छ ।

कोशी प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो ।

जवेगुको नेतृत्वमा रहेको वार्ता समितिको सदस्यमा उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहेका छन् ।

प्रदेशसभा बैठकले फागुन १७ गते प्रदेशको नाम ‘कोसी’ पारित गरेको थियो । कोसी नामको पक्षमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपासहितले समर्थन गरेका थिए ।

त्यसयता पहिचान पक्षधरले प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति गठन गरी आन्दोलन गरिरहेका छन् ।

सो आन्दोलनका क्रममा आन्दोलनरत पक्षका पदम लिम्बुको गत वर्षको चैत १० गते मृत्यु भएको थियो । उनलाई सरकारले सहिद घोषणा गरेको थियो ।

प्रकाशित समय: आईतबार ७ माघ, २०८०, १५:२९:५८

सम्बन्धित खबर

संवैधानिक परिषद् अध्यादेश राष्ट्रपति पौडेलद्वारा फिर्ता, बहुमतीय प्रणाली जोगाउन आग्रह

आईतबार २० ब‌ैशाख, २०८३
२ घण्टाअघि

सुकुमवासी व्यवस्थापन चैतभित्रै गर्न रास्वपाको सरकारलाई सुझाव

आईतबार २० ब‌ैशाख, २०८३
२ घण्टाअघि

सीमा क्षेत्रमा तस्करी रोक्न सरकार कडा, जनजीवन र व्यापारबीच सन्तुलन खोजिँदै : रवि लामिछाने

आईतबार २० ब‌ैशाख, २०८३
३ घण्टाअघि

एमाले सदस्यता अब पूर्ण रूपमा डिजिटल, अनलाइन नवीकरण प्रणाली लागू गर्ने निर्णय

आईतबार २० ब‌ैशाख, २०८३
३ घण्टाअघि

रास्वपाले लागू गर्‍यो उम्मेदवार छनोटको नयाँ मापदण्ड

आईतबार २० ब‌ैशाख, २०८३
४ घण्टाअघि

सांसद् ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ

आईतबार २० ब‌ैशाख, २०८३
६ घण्टाअघि
संवैधानिक परिषद् अध्यादेश राष्ट्रपति पौडेलद्वारा फिर्ता, बहुमतीय प्रणाली जोगाउन आग्रह
आईतबार २० ब‌ैशाख, २०८३
सुकुमवासी व्यवस्थापन चैतभित्रै गर्न रास्वपाको सरकारलाई सुझाव
आईतबार २० ब‌ैशाख, २०८३
इट्टा भट्टा सञ्चालनका लागि कडा मापदण्ड लागू
आईतबार २० ब‌ैशाख, २०८३
सीमा क्षेत्रमा तस्करी रोक्न सरकार कडा, जनजीवन र व्यापारबीच सन्तुलन खोजिँदै : रवि लामिछाने
आईतबार २० ब‌ैशाख, २०८३
एमाले सदस्यता अब पूर्ण रूपमा डिजिटल, अनलाइन नवीकरण प्रणाली लागू गर्ने निर्णय
आईतबार २० ब‌ैशाख, २०८३
इरान-इजरायलको भूराजनीतिक तनावले साउदीमा छायो मदिराको संकट
आईतबार २० ब‌ैशाख, २०८३
रास्वपाले लागू गर्‍यो उम्मेदवार छनोटको नयाँ मापदण्ड
आईतबार २० ब‌ैशाख, २०८३
नयाँ आईजीपी पौडेलले सोमबार फुली लगाउने, गृहसचिवबाट दर्ज्यानी चिन्ह प्रदान गरिने
आईतबार २० ब‌ैशाख, २०८३
सांसद् ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ
आईतबार २० ब‌ैशाख, २०८३
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
आईतबार २० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०