धनपालथानमा प्रांगारिक मल तथा बायोग्यास सञ्चालनमा, सिलिन्डरमा भरिन्छ बायोग्यास

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २७ पुस, २०८०
३ वर्षअघि

विराटनगर । मोरङको धनपालथानमा प्रांगारिक मलसँगै बायोग्यास उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ ।

गैरनाफामूलक संस्था जीवन विकास समाजले धनपालथान–३ डकुवाडाँगामा १० बिघा क्षेत्रमा स्थापना गरेको प्रांगारिक मल तथा बायोग्यास उद्योग शुक्रबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

Advertisement

उद्योगको उद्घाटन समाजका संस्थापक अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डल ‘जोगी’ र प्रदेशसभा सदस्य गयानन्द मण्डलले गरे ।

उद्योगको उद्घाटन गर्दै जोगीले रासायनिक मललाई प्रतिस्थापन गर्ने अभियान सुरु भएको बताए ।

स्वदेशमा नै उत्पादन हुने प्रांगारिक मलले नेपाली किसानले भोग्दै आएको रासायनिक मलको हाहाकारलाई कम गर्ने उनको भनाइ छ ।

‘यो वर्ष आठ लाख मेट्रिक टक रासायनिक मल चाहिन्छ, चार लाख टन बाहिरबाट ल्याउँदा ३३ अर्ब खर्च भइसक्यो,’ उनले भने,‘यसको दीर्घकालीन समाधान सोचिएन भने एक दिन किसानसँग पैसा हुन्छ, तर खाद्यान्नबिना बस्नुपर्ने अवस्था आउनसक्छ ।’
युरिया डिएपीजस्ता रासायनिक मलको विकल्पको रूपमा प्रांगारिक मल प्रयोग गर्नुपर्ने बताउँदै उनले भने, ‘युरिया डिएपीको विकल्पको रूपमा प्रयोग गर्नु पर्छ, सिक्किमले रासायनिक मल निषेध गरिसक्यो । हामीले तीन ठाउँमा प्रांगारिक मलको प्रयोग गर्दा युरिया डिएपीबराबरकै धान फल्यो, त्यहाँ कुनै रोगब्यादी पनि लागेन ।’

यस्तै,कोसी प्रदेश सांसद गयानन्द मण्डलले प्रांगारिक मलको प्रयोगमा राज्यले किसानलाई सहयोग गर्ने बताए ।

उनले भने ‘रासायनिक मलबाट मुक्त हुन प्रांगारिक मलको प्रयोग आवश्यक छ ।’

१० करोड लागतमा जीवन विकासले स्थापना गरेको उद्योगको क्षमता दैनिक आठ टनसम्म प्राङ्गरिक मल उत्पादन गर्नेछ । १५० सिलिन्डर बायोग्यास उत्पादन गर्ने क्षमता छ ।

उद्योगबाट बायोग्यास भन्दा पनि मल उत्पादनमा जोड दिएको उद्योगका प्रमुख उपेन्द्रकुमार मण्डलले बताए ।

उनका अनुसार ४० टन कच्चा पदार्थ प्रयोग गर्दा ८ टन प्रांगारिक मल र १५० सिलिन्डर बायोग्यास उत्पादन हुन्छ ।

सोही क्रममा किसानले उत्पादन गरेको दुध संकलनका लागि जीवन विकास डेरीको दुध संकलन केन्द्रको पनि उदटन गरिएको थियो ।

सिलिन्डरमा बायोग्यास

तीन हजार घनमिटरको डाइजेस्ट उद्योगबाट प्रांगारिक मलसँगै बायोग्यास पनि उत्पादन गरिरहेको छ ।

यसरी उत्पादन भएको बायोग्यास विराटनगरका दुई डेरीले प्रयोग गर्छन् ।

मण्डलका अनुसार हाल दैनिक ६ किलो दरका ३० सिलिन्डर ग्यास उत्पादन हुन्छ ।

खुद कार्बन उत्सर्जन कम गर्ने अभियानअन्तर्गत उत्पादन सुरु गरेको बायोग्यास एलपीजी ग्यास भन्दा सस्तो रहेको उनको दाबी छ ।

ग्यास र मल उत्पादनका लागि उद्योगले किसानबाट गोबर र अन्य कच्चा पदार्थ खरिद गरिरहेको छ ।

बायोग्यास प्रमुख मण्डलका अनुसार उद्योगका लागि विराटनगर र आसपासमा रहेका गाई भैँसी फर्मबाट गोबर संकलन हुन्छ ।

संकलन भएको गोबरसहितका कच्चा पदार्थबाट उत्पादित ग्यासलाई पाइपलाइनबाट प्युरीफीकेसन हुँदै स्वचालित कम्प्रेसर मेसिनबाट सिलिन्डरमा ग्यास भरिन्छ ।

यसरी उत्पादन भएको ग्यास जीवन विकास डेरी र दुधवाला डेरी फर्मले प्रयोग गर्छ ।

ती उद्योगले एलपिजी ग्यास र दाउरा प्रयोग गर्न छाडेका छन् ।

दुधवाला डेरीका सञ्चालक बिक्की अग्रवालले एलपीजी ग्यासको तुलनामा बायोग्यास निकै सस्तो भएकाले उत्पादन लागत कम भएको बताए ।

‘एलपिजी भन्दा सस्तो छ, प्रभावकारिता उस्तै छ,’ उनले भने,‘साना तथा मझौला उद्योगका लागि प्रभावकारी भयो, सिलिन्डर ठुलो भएका कारण घरका लागि चाहिँ प्रयोग गर्न गाह्रो छ ।’

जीवन विकास डेरी उद्योगका प्रमुख विजय मण्डलका अनुसार बायोग्यासको प्रयोगले उत्पादन लागत कम गरेको छ ।

प्रयोग गर्न पनि सहज भएको उनको भनाइ छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार

शुक्रबार ९ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
१ हप्ताअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
३ हप्ताअघि

दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 

आईतबार २१ भदौ, २०८३
३ हप्ताअघि

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
२ महिनाअघि
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०