सुनवर्षीमा ट्र्याक्टरले किच्दा बालकको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २७ पुस, २०८०
३ वर्षअघि

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

बिहीबार साँझ ७:३० बजे भएको सो दुर्घटनामा सुनवर्षी-६ केरेन्जाका ११ वर्षीय समीर ऋषिदेवको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय, इटहरीका अनुसार ट्र्याक्टरको ठक्करबाट सञ्जय ऋषिदेवका छोरा समीरको घटनास्थलमै मृत्यु भएको थियो ।

डाइनिया-केरेन्जा भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ उखु लोड गरेर आउदै गरेको प्रदेश नम्बर ०१-०१-००२ त ०३८८ नम्बरको ट्र्याक्टरले बाटोमा खेलिरहेका समीरलाई ठक्कर दिएको थियो ।

दुर्घटनापछि चालक घटनास्थलमै ट्र्याक्टर छोडेर फरार भएका थिए । राति ११ बजेतिर नै इलाका प्रहरी रंगेलीले चालक सुनवर्षी-६ का ३७ वर्षीय विनोद भनिने तल्लु सोरेन सतारलाई नियन्त्रणमा लिएको थियो ।

दुर्घटनापछि २००-२५० जना स्थानीय भेला भएर प्रदर्शनसमेत गरेका थिए ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बालकले एक्कासि बाटो काट्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

मृतक बालकको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि रंगेली नगरपालिकास्थित अस्पताल रंगेली पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: शुक्रबार २७ पुस, २०८०, ०७:५५:४१

सम्बन्धित खबर

भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह

बिहिबार १८ भदौ, २०८३
२ घण्टाअघि

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०