संघीयताविरोधी विष्ट बने प्रदेश सभामुख

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २४ पुस, २०८०
२ वर्षअघि

कोशी प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अम्बरबहादुर विष्ट निर्विरोध रूपमा चयन भएका छन् ।

मंगलबार सत्तारूढ गठबन्धन र प्रतिपक्षी दलसहितको समर्थनमा राप्रपाका विष्ट सभामुखमा निर्विरोध चयन भएका हुन् ।

उपसभामुख सिर्जना दनुवारले सभामुखका लागि अरूको उम्मेदवारी नपरेको भन्दै विष्टलाई निर्विरोध रूपमा चयन भएको घोषणा गरिन् ।

सभामुखमा एउटा मात्र प्रस्ताव परेकाले प्रदेशसभा नियमावली २०७४ को नियम ७ को उपनियम ३ बमोजिम प्रदेशसभा सदस्य विष्ट सभामुख बनेका हुन् ।

विष्टको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र समर्थकमा राप्रपाकै प्रेमराज थाम्सुहाङ रहेका थिए ।

विष्टले मंगलबारै प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।

अब उनले बुधबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकदेखि सभामुखको भूमिका निर्वाह गर्ने छन् ।

विष्ट नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा गरी सबै गणतन्त्रवादी दलहरूको समर्थनमा कोशी प्रदेशको सभामुख बनेका हुन् ।

सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिने निर्णय गरेपछि एमालेले पनि विष्टलाई समर्थन गरेको थियो ।

आफ्नै दलबाट निर्वाचित सांसद उपसभामुख रहेका कारण आफूहरूले उम्मेदवारी नदिई विष्टलाई समर्थन गरेको एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

गत साउन १६ तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएर कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सघाएयता कोशीमा सभामुख पद रिक्त थियो ।

गत वर्षको पुस २८ गते सभामुखमा निर्विरोध निर्वाचित बनेका गौतमले राजीनामा दिँदै आर्थिक मामिला तथा योजना मन्त्रालय रोजेका थिए ।

साउन १६ गते सभामुख पदबाट राजीनामा दिएर गौतम भोलिपल्टै मन्त्री बनेका थिए ।

त्यसपछि ६ महिनासम्म कोशी प्रदेशसभामा सभामुखको पद रिक्त थियो ।

त्यसबीचमा सभामुखको हैसियतमा कांग्रेस सांसद इस्राइल मन्सुरी सभाध्यक्ष बनेका थिए ।

गठबन्धनको सरकार बनेपछि भने उपसभामुख दनुवारले नै बैठक चलाउँदै आएकी थिइन् ।

संविधानको धारा १८२ को उपधारा (१) मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने उल्लेख छ ।

तर, कोशी प्रदेशको राजनीतिक अवस्था रोचक र भिन्न रहेका कारण पटकपटक सरकार परिवर्तन भइरहने क्रम नरोकिएपछि लामो समयसम्म सभामुख चयनको प्रक्रिया अलपत्रजस्तै बनेको थियो ।

मुख्यमन्त्री केदार कार्कीको सक्रियता र प्रमुख प्रतिपक्षी दल एमालेसहित सबै दल एउटै कित्तामा उभिएपछि उनी सभामुख बन्न सफल भएका हुन् ।

मुख्यमन्त्री कार्कीले बारम्बार दलसँगको छलफलमा सहमति जुटाएको बताए ।

‘कुनै पनि हालतमा सदनलाई ‘डेडलक’ अवस्थामा राख्ने अवस्था थिएन,’ उनले भने, ‘त्यसैले राप्रपासहित गठबन्धन अनि एमालेलाई समेत विश्वासमा लिएर दलहरूले चाहँदा एकता, सहकार्य अनि सहमति पनि गर्न सक्छन् भन्ने हामीले कोशीबाट सन्देश दिएका छौँ ।’

कोशी प्रदेशसभामा सत्तारूढ गठबन्धनसँग ठ्याक्कै बहुमत पुग्ने ४७ सदस्य छ । गठबन्धनबाट सभामुख बनाउँदा उसलाई अंक गणितको समस्या हुने थियो । एमालेसँग ४६ सदस्य छन् ।

को हुन् नवनिर्वाचित सभामुख विष्ट ?

विष्ट अघिल्लो प्रदेशसभा निर्वाचनमा समानुपातिक कोटाबाट सांसद बनेका हुन् ।

विक्रम संवत् २०१० सालमा जन्मिएका उनी २०२७ सालमा अनेरास्ववियूमा सक्रिय थिए ।

विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पढ्दा २०२८ सालमा अखिलको इकाइ उपसभापति उमेदवार बने ।

२०३२ सालमा पञ्चायततर्फ लागे ।

२०३३ सालमा झापाको जुरेपानी गाउँपञ्चायत वडा नम्बर ५ को वडाध्यक्ष निर्वाचित भए ।

एक वर्ष गाउँ पञ्चायतको उपप्रधानपञ्चसमेत भए ।

उनले १० वर्षसम्म झापा जिल्ला पञ्चायतको उपसभापति पदमा रहेर काम गरे ।

बहुदलीय व्यवस्थाको स्थापनापछि खुलेको पूर्वपञ्चहरूको पार्टी राप्रपामा उनी सक्रिय रहेका थिए ।

पछि विष्टलाई राप्रपासहितको सरकारको नेतृत्व गरेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सहकारी विकास बोर्डको सदस्यसचिवमा पनि नियुक्त गरेका थिए ।

पार्टीको झापा जिल्ला अध्यक्षसमेत भइसकेका उनी हाल राप्रपा केन्द्रीय सदस्य हुन् ।

झापाको गौरादह नगरपालिका–७का बासिन्दा ७० वर्षीय विष्ट संघीयता र गणतन्त्रका प्रखर विरोधी मानिन्छन् ।

उनी आबद्ध राप्रपाले प्रदेश संरचना खारेजीको माग गर्दै आएको छ ।

तर संघीयताका पक्षधर तथा प्रदेश संरचनाका हिमायती दलहरूबीच चल्दै आएको सत्ता स्वार्थको लडाइँका कारण नै विष्टले प्रदेशसभाको नेतृत्व पाएका हुन् ।

सभामुखमा निर्विरोध चयन भएपछि विष्टले संविधानको परिधि र मर्मअनुरूप नै आफूले सभामुखको जिम्मेवारी पूरा गर्ने बताएका छन् ।

‘सभामुखको जिम्मेवारी र कर्तव्य मलाई थाहा छ । अब थप जिम्मेवारीका साथ अघि बढ्ने छु,’ उनले भने ।

विष्ट सभामुख भएपछि राप्रपाभित्रै पनि मतभेद देखिन थालेको छ ।

राप्रपा केन्द्रीय निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले विष्ट सभामुख बन्नुअघि नै उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका थिए ।

अध्यक्ष राजेन्द्र लिङ्देन मलेसियामा रहेका बेला लोहनीले विज्ञप्ति जारी गर्दै पार्टीको आन्दोलनमा जाने निर्णयविपरित विष्टले उम्मेदवारी दिएको जनाएका थिए ।

तर, उनको त्यो निर्देशन कायम हुन सकेन ।

राप्रपाकै अर्को पक्ष भने पार्टीलाई सरकारमा सहभागी हुने बाटो खुलेको बताउँदै आएको छ ।

प्रकाशित समय: मङ्गलबार २४ पुस, २०८०, १९:२०:३६

सम्बन्धित खबर

संवैधानिक परिषद् अध्यादेश राष्ट्रपति पौडेलद्वारा फिर्ता, बहुमतीय प्रणाली जोगाउन आग्रह

आईतबार २० ब‌ैशाख, २०८३
२ घण्टाअघि

सुकुमवासी व्यवस्थापन चैतभित्रै गर्न रास्वपाको सरकारलाई सुझाव

आईतबार २० ब‌ैशाख, २०८३
२ घण्टाअघि

सीमा क्षेत्रमा तस्करी रोक्न सरकार कडा, जनजीवन र व्यापारबीच सन्तुलन खोजिँदै : रवि लामिछाने

आईतबार २० ब‌ैशाख, २०८३
३ घण्टाअघि

एमाले सदस्यता अब पूर्ण रूपमा डिजिटल, अनलाइन नवीकरण प्रणाली लागू गर्ने निर्णय

आईतबार २० ब‌ैशाख, २०८३
३ घण्टाअघि

रास्वपाले लागू गर्‍यो उम्मेदवार छनोटको नयाँ मापदण्ड

आईतबार २० ब‌ैशाख, २०८३
४ घण्टाअघि

सांसद् ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ

आईतबार २० ब‌ैशाख, २०८३
६ घण्टाअघि
संवैधानिक परिषद् अध्यादेश राष्ट्रपति पौडेलद्वारा फिर्ता, बहुमतीय प्रणाली जोगाउन आग्रह
आईतबार २० ब‌ैशाख, २०८३
सुकुमवासी व्यवस्थापन चैतभित्रै गर्न रास्वपाको सरकारलाई सुझाव
आईतबार २० ब‌ैशाख, २०८३
इट्टा भट्टा सञ्चालनका लागि कडा मापदण्ड लागू
आईतबार २० ब‌ैशाख, २०८३
सीमा क्षेत्रमा तस्करी रोक्न सरकार कडा, जनजीवन र व्यापारबीच सन्तुलन खोजिँदै : रवि लामिछाने
आईतबार २० ब‌ैशाख, २०८३
एमाले सदस्यता अब पूर्ण रूपमा डिजिटल, अनलाइन नवीकरण प्रणाली लागू गर्ने निर्णय
आईतबार २० ब‌ैशाख, २०८३
इरान-इजरायलको भूराजनीतिक तनावले साउदीमा छायो मदिराको संकट
आईतबार २० ब‌ैशाख, २०८३
रास्वपाले लागू गर्‍यो उम्मेदवार छनोटको नयाँ मापदण्ड
आईतबार २० ब‌ैशाख, २०८३
नयाँ आईजीपी पौडेलले सोमबार फुली लगाउने, गृहसचिवबाट दर्ज्यानी चिन्ह प्रदान गरिने
आईतबार २० ब‌ैशाख, २०८३
सांसद् ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ
आईतबार २० ब‌ैशाख, २०८३
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
आईतबार २० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०