राष्ट्रियसभा निर्वाचन : कोसीमा पाँच जनाको उम्मेदवारी

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २३ पुस, २०८०
२ वर्षअघि

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभामा निर्वाचनका लागि कोशीबाट अन्य र महिला समूहबाट रिक्त रहेको पदमा निर्वाचन हुँदै छ ।

Advertisement

गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा माओवादीका केन्द्रीय सदस्य चम्पादेवी कार्कीले मनोनयन दर्ता गराएका छन् ।

नेता सिटौलाले अन्य तर्फबाट राष्ट्रियसभा सदस्य पदमा उम्मेदवारी दिँदा भने कार्कीले महिलातर्फबाट उम्मेदवारी दिएका हुन् ।

कार्की जनयुद्धका क्रममा हात गुमाएकी घाइते लडाकु हुन् ।

सिटौलाको प्रस्तावकमा कांग्रेसका प्रदेशसभा सदस्य प्रदीप सुनुवार र समर्थकमा कांग्रेसकै प्रदेशसभा सदस्य हिमाल कार्की रहेका छन् ।

यस्तै, कार्कीको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र समर्थकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य रामकुमार खत्री छन् ।

राष्ट्रियसभा निर्वाचनका लागि नेकपा (एमाले)को तर्फबाट पनि दुई जनाले उम्मेदवारी दर्ता गराए ।

अन्यतर्फ पर्शुराम अधिकारी र महिला तर्फबाट रुकमणि कोइरालाले उम्मेदवारी दर्ता गराए ।

एमालेका स्थायी समिति सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईसहित उपस्थितिमा दुवै जनाले उम्मेदवारी दर्ता गराए ।

अधिकारीको प्रस्तावकमा प्रदेशसभा सदस्य सिर्जना राई र समर्थकमा जयप्रकाश चौधरी रहनुभएको छ भने कोइरालाको प्रस्तावकमा रामप्रसाद मेहता र समर्थकमा शिला दीक्षित कार्की छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अन्य समूहबाट उद्धव पौडेललाई उम्मेदवार बनाएको छ । पौडेलको प्रस्तावक भक्तिप्रसाद सिटौला र समर्थकमा रवीन्द्रप्रसाद लिङ्देन रहेको निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
‘संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ’
सोमबार २२ असार, २०८३
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सोमबार २२ असार, २०८३
संविधान संशोधनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन सांसद् राईको माग
सोमबार २२ असार, २०८३
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
सोमबार २२ असार, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार २२ असार, २०८३
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सोमबार २२ असार, २०८३
विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०