नदीजन्य पदार्थको दोहन रोक्न मन्त्री उप्रेतीको कडा निर्देशन

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ७ पुस, २०८०
३ वर्षअघि

बेलबारी । कोसी प्रदेशका पर्यटन वन तथा वातावरणमन्त्री गणेश उप्रेती ‘सुशील’ले नदीजन्य पदार्थ उत्खनन् रोक्न वनका कर्मचारी र वनरक्षकलाई कडा निर्देशन दिएका छन् ।

मोरङका विभिन्न सव डिभिजन वन कार्यालयका कर्मचारी र वनरक्षकलाई राखेर मन्त्री उप्रेतीले वनक्षेत्र र मानववस्ती आसपास नदीजन्य पदार्थ दोहन भइरहेको बताउँदै तत्काल अवैध रूपमा ढुङ्गा-गिटी उत्खनन् रोक्न निर्देशन दिएका हुन् ।

Advertisement

प्राकृतिक स्रोत-साधनको रक्षा गर्ने काम प्रदेश सरकारको एकल अधिकारभित्र पर्ने रहेको बताए ।

उनले प्रदेशको अधिकारभित्र रहेको प्राकृतिक स्रोत-साधन स्थानीय तह, निर्माण व्यवसायी वा चोरी सिकारीबाट हस्तक्षेप हुन नदिन कर्मचारीलाई निर्देशन दिए ।

वनपैदावारको चोरी, वन्यजन्तुको चोरी-शिकारी, अवैध रूपमा नदीजन्य पदार्थको दोहनलाई रोक्न नसकेमा कर्मचारीकै कार्यक्षमतामाथि प्रश्न खडा हुने उनको भनाइ छ ।

वन-जङ्गलभित्रका र वनलाई आधार बनाएर बग्ने नदी-खोलाले दिएका प्राकृतिक स्रोत-साधनमाथि प्रदेश सरकारको एकल अधिकार रहने बताउँदै उनले त्यसलाई कसरी राजश्वमा रूपान्तरण गर्ने भन्नेतर्फ लाग्न सुझाव दिए ।

स्थानीय तहका नाममा हुने प्राकृतिक स्रोत-साधनको दोहन पनि सैह्य नहुने बताउँदै मन्त्री उप्रेतीले प्राकृतिक स्रोत-साधनमाथि अरूलाई हस्तक्षेप गर्न नदिन निर्देशन दिए ।

साथै उनले प्राकृतिक स्रोत-साधनको दोहन गर्ने कार्यमा मिलेमतो गरेमा कर्मचारीमाथि नै छानबिन र कारबाही हुने बताए ।

यसैगरी, मन्त्री उप्रेतीले वन नियमावली बनाउने क्रममा रहेको पनि सुनाए ।

मन्त्री उप्रेतीले मोरङका १२ वटा सव डिभिजन वन कार्यालयका कर्मचारी र वनरक्षकहरूका गुनासा र समस्या सुनेर यथासक्य समाधानमा लाग्ने प्रतिबद्धता जनाएका थिए ।

अधिकांश वनका कर्मचारीले पछिल्लो समय हात्ती आतङ्क ठुलो चुनौतीका रूपमा रहेको गुनासो गरेका थिए ।

कार्यक्रममा बोल्दै मोरङका डिभिजनल वन अधिकृत विष्णुलाल घिमिरेले कर्मचारी र वनरक्षक वन संरक्षणका साथै वन्यजन्तु, प्राकृतिक स्रोत-साधनको रक्षामा अहोरात्र खटिरहेको सुनाए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

शुक्रबार ७ कार्तिक, २०८३
४ दिनअघि

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना

मङ्गलबार ४ कार्तिक, २०८३
१ हप्ताअघि

रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप

सोमबार ३ कार्तिक, २०८३
१ हप्ताअघि

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
१ हप्ताअघि

दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे

आईतबार २ कार्तिक, २०८३
१ हप्ताअघि

दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा

शनिवार १ कार्तिक, २०८३
१ हप्ताअघि
राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०