रुस-युक्रेन युद्धमा मृत्यु भएका शाहको अन्त्येष्टि, कुशको शव बनाएर गरियो अन्तिम संस्कार

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १ पुस, २०८०
२ वर्षअघि

टीकापुर । रुस-युक्रेन युद्धमा मृत्यु भएका टीकापुरका भरतबहादुर शाहको अन्त्येष्टि गरिएको छ ।

भौतिक शव नहुँदा कुशको शव बनाएर उनको आइतबार कर्णाली नदीमा अन्तिम संस्कार गरिएको हो ।

रुस-युक्रेन युद्धमा रुसको तर्फबाट खटिएका शाहको गत मङ्सिर ११ गते मृत्यु भएको थियो ।

रुसको तर्फबाट युक्रेनको भूमिमा खटिएका बेला ड्रोन आक्रमणमा परी उनको मृत्यु भएको हो ।

शाह २०८० साउन ३० गते दुबईबाट एक हप्ताको लागि कमन टुरिस्ट भिसामा मस्कोस्थित निकुलीनस्कायामा गएका थिए ।

रुस पुगेर रुसी सेनामा प्रवेश गरेका शाहको ठेगाना दुबईको अबुधावी अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी भनेर राखिएको छ ।

टीकापुर नगरपालिका –१ नयाँ टीकापुर गाउँका ३६ वर्षीय शाह साढे तीन वर्ष अघिदेखि दुबई पुलिसमा काम गरिरहेका थिए ।

नेपालमा १० वर्ष ट्राफिक प्रहरीको जवान पदमा काम गरेका शाहको मृत्यु भएको जानकारी ढिलोगरी परिवारले  पाएका थिए ।

शाहको मृत्युको पुष्टि साथीबाट ढिलो भएकाले हिन्दू परम्पराअनुसार अन्तिम संस्कार थालिएको उनका बुबा कुलबहादुर शाहले बताए ।

शाहसँगै कार्यरत नेपाली साथीले शव गाडेको आफ्नै आँखाले देखेको बताएपछि मात्र विश्वास गरेर अन्तिम संस्कार थालिएको हो ।

युद्ध भूमिमा रहँदा सम्पर्कविहीन भए पनि घाइते भएर अस्पताल पुगेका बेला शाहका साथीले नेपालमा सम्पर्क गरी जानकारी गराएका थिए ।

मृतक शाहका चार वर्षको छोरा र डेढ महिनाकी छोरी छन् । शाहले रुस पुगेपछि दुई लाख ५० हजार रुपैयाँ घर पठाएका थिए ।

शाहसँग ३० जनाको समूह रहेको र त्यहाँ ठूलो संख्यामा नेपाली रहेका बताएका छन् ।

प्रकाशित समय: आईतबार १ पुस, २०८०, २०:२६:५३

सम्बन्धित खबर

सभापति थापालाई मोहन बस्नेतको चेतावनी,वडा सभापतिहरूमाथि कारबाही गरे सानेपाबाट निकाल्न नपरोस्

शनिवार ९ जेठ, २०८३
१६ घण्टाअघि

चीनसँगको व्यापारिक नाका ओलाङचुङ्गोला पुनः सञ्चालन

शनिवार ९ जेठ, २०८३
१७ घण्टाअघि

जमुनाहा–नेपालगन्ज–चिसापानी सडक सीमाभित्रका अनधिकृत संरचना हटाउन अल्टिमेटम

शनिवार ९ जेठ, २०८३
२१ घण्टाअघि

लुम्बिनीका मुख्यमन्त्री र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

शनिवार ९ जेठ, २०८३
२१ घण्टाअघि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

शनिवार ९ जेठ, २०८३
२२ घण्टाअघि

जसपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि

शनिवार ९ जेठ, २०८३
२२ घण्टाअघि
सभापति थापालाई मोहन बस्नेतको चेतावनी,वडा सभापतिहरूमाथि कारबाही गरे सानेपाबाट निकाल्न नपरोस्
शनिवार ९ जेठ, २०८३
चीनसँगको व्यापारिक नाका ओलाङचुङ्गोला पुनः सञ्चालन
शनिवार ९ जेठ, २०८३
जमुनाहा–नेपालगन्ज–चिसापानी सडक सीमाभित्रका अनधिकृत संरचना हटाउन अल्टिमेटम
शनिवार ९ जेठ, २०८३
पाँचथरको याङवरकमा बाढीपहिरोका कारण ठूलो क्षति, सडक र पुल बगे
शनिवार ९ जेठ, २०८३
लुम्बिनीका मुख्यमन्त्री र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता
शनिवार ९ जेठ, २०८३
अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
शनिवार ९ जेठ, २०८३
जसपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि
शनिवार ९ जेठ, २०८३
तापक्रम ४० डिग्रीको हाराहारीमा पुग्ने, आगामी ३ दिन सावधानी अपनाउन अपिल
शनिवार ९ जेठ, २०८३
जीवन विकास सामुदायिक अस्पतालमा भयो अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवा शुरु
शुक्रबार ८ जेठ, २०८३
नेपालको एलडीसीबाट विकासशील मुलुकमा स्तरोन्नति सन् २०३० सम्म स्थगित
शुक्रबार ८ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०