दाइसँग मिलेर सहपाठीको हत्या !

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २३ चैत, २०७८
४ वर्षअघि
सहपाठीको हत्या

उदयपुरको बेलका नगरपालिका–६ किराँत चौककी १६ वर्षीया किशोरी कविता सुनुवारको हत्याका आरोपीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेको छ ।

प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी हालसम्मको अनुसन्धानबाट देखिएको अभियुक्तलाई सार्वजनिक गरेको हो ।

प्रहरीले हत्यामा संलग्न बेलका–३ बस्ने १९ वर्षीय विनोद ढकाल सार्वजनिक गरेको छ  ।

एकवर्षदेखि काकाको घरमा बस्दै आएका विनोदको घर भने भारतको सिक्किम राज्य वियुङ रहेको छ ।

घटनामा एक नाबालिको संलग्नता देखिएका कारण उनलाई प्रहरीले सार्वजनिक गरेको छैन ।

उनीहरूले मङ्गलबार बिहान ट्युसन पढ्न जाने निहुँ पारेर बोलाएर बाटोमा हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोराले बताए ।

‘अनुसन्धानबाट बिहानै हत्यामा संलग्न अभियुक्तहरूले किशोरीलाई बोलाई हत्या गरेको खुलेको छ,’ एसपी बोहोराले भने, ‘बयानमा समेत उनीहरूले यो कुरा स्वीकार गरेका छन् ।’

उनका अनुसार हत्याको मुख्य योजनाकार भने नाबालिक रहेकी छन् ।

एसपी बोहोराका अनुसार हत्या गर्नुको कारण साथीसाथीबीच प्रतिशोध रहेको बुझिएको छ ।

मृतक कविता र हत्यामा संलग्न भएको आरोपित नाबालिक साथी हुन् ।

उनीहरू दुवै जना स्थानीय कोसी जनता माध्यामिक विद्यालयमा एकै कक्षामा अध्ययनरत हुन् ।

साथी–साथीबीच मिलन देखिए पनि भित्रभित्रै विविध कुराले मनमुटाव, विवाद हुने र एकअर्कामा कटाक्ष हुने गरेकाले प्रतिशोध साँधन मार्ने योजना बनाएकी थिइन् ।

सो योजनामा विनोदको मद्दत लिएर हत्या गरेको पाइएको एसपी बोहोराले बताए ।

सुरुमा पछाडिबाट खाली बियरको बोतलले टाउकोमा प्रहार गरेको र अरूले थाहा पाउँछन् भन्ने डरले पछि ढुङ्गाले हानेर मारेको बयान उनीहरूले दिएका छन् ।

उनीहरूले हत्या गरेपछि करिब ४० मिटर टाढा लगेर लास फालेका थिए ।

सदा झै बिहान ट्युसन पढ्न घरबाट हिँडेकी किशोरीलाई केही घण्टापछि गाउँलेले मृत अवस्थामा भेटेर प्रहरीलाई खबर गरेको थियो ।

हत्यापछि घरै बसेका उनीहरूलाई प्रहरीले आशङ्का गरी घरबाटै पक्राउ गरेको थियो ।

घटनापछि प्रहरीले हत्याराको खोजी थालेको थियो ।

त्यसक्रममा शङ्कास्पद देखिएका दुईजनालाई गाउँमै घरमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर कर्तब्य ज्यान मुद्दा परेको छ ।

मृतकको बुवा कृष्ण सुनुवारले हिजै उनीहरूको नामसहित किटानी जाहेरी दिएका थिए  ।

इलाका प्रहरी कार्यालय रामपुरमा दर्ता जाहेरी उपर कानुनी कारवाही अगाडि बढाउने क्रममा आज दुवै जनाको जिल्ला अदालत उदयपुरमा म्याद थप भएको प्रहरीले जनाएको छ ।

दोषी नाबालिकलाई पाँच दिन र विनोदलाई सात दिनको म्यान थप भई थप अनुसन्धान अगाडि बढेको जनाइएको छ ।

मृतक किशोरीको शब पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

प्रकाशित समय: बुधबार २३ चैत, २०७८, १९:१६:३७

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
३ दिनअघि

बिहिबार १ असोज, २०८३
५ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०