महिला सफारी चालकलाई दुखैदुःख

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १८ ब‌ैशाख, २०७९
४ वर्षअघि
सफारी

सुशीला थापा विराटनगरकी हातमै गन्न सकिने सिटी सफारी चालकमध्येकी एक हुन् ।

विराटनगर महानगरपालिकाको तथ्याङ्क हेर्ने हो भने महानगर क्षेत्रभित्र हालसम्म आठ जना महिला सफारी चालक छन् ।

महिला सफारी चालकको सङ्ख्या घटिरहेको महानगरको तथ्याङ्क बताउँछ । विगत ६ वर्षयता सफारी चलाइरहेकी थापाको अनुभवले पनि सङ्ख्या घटिरहेको नै बताउँछ ।

विराटनगरमा महिला सफारी चालका समस्या के-के हुन्, सङ्ख्या किन घटिरहेको छ लगायतका विषयमा रहेर थापासँग गरिएको कुराकानीः

१. कति भयो तपाईंले सफारी चलाउन थाल्नु भएको ?

मैले चलाउन थालेको पाँच वर्ष पूरा हुन लाग्यो ।

२. सफारीमा दिनभरिको कमाइ कति हुन्छ ?

कति मान्छे पाइन्छ भन्ने कुरामा भर पर्छ । रिजर्भ पाइयो भने थोरै मान्छेबाट नि राम्रै आम्दानी हुन्छ । रिजर्भ पाइएन भने दिनभरि मान्छे खोज्नु पर्छ । अलि खटेर लाग्ने हो भने एक हजारसम्म हुन्छ ।

३. सन्तान कति छन्, सफारीकै आम्दानीले घर खर्च चलाउनुहुन्छ कि आम्दानीका अन्य स्रोत पनि छन् ?

(हाँस्दै) सन्तान दुई जना छन् । अहिलेसम्म त खान-लाउन सफारीले पुर्‍याइरहेको छ । श्रीमान् पनि सफारी नै चलाउनुहुन्छ । दुवै जनाको आम्दानीले जसोतसो चलिरहेको छ । अब हामीजस्ता ज्यालामजदूरी गरेर खानेको अरू त आम्दानीको के स्रोत हुन्छन् होला र !

४. विराटनगरमा सफारी धेरै भएपनि महिला सफारी चालक थोरै छन् । महिला चालकले भोग्नु पर्ने समस्या के-के छन् ?

समस्या त धेरै छन् । तीमध्येको सबैभन्दा ठुलो समस्याचाहिँ सार्वजनिक शौचालयको हो । बिहान घरबाट निस्किएदेखि नै शौच कहाँ गर्ने भनेर समस्या हुन्छ ।

पार्किङ भएको ठाउँमा शौचालय हुँदैनन्, शौचालय भएका ठाउँमा पार्किङ छैनन् । मानिसले शरीरमा धेरै समयसम्म पिसाब थामेर राख्दा मिर्गौलामा समस्या निम्तिने रहेछ । म आफैँ पनि त्यसबाट पीडित छु ।

५. यसबाहेक अन्य कस्ता भोग्नु परेको छ ?

पुरुष चालकले अलि हेप्नुहुन्छ । जानीजानी ओभरटेक गर्ने, पछाडिबाट आएर सफारी ठोकाइदिने, छेउमा आएर हल्ला गर्ने गर्नुहुन्छ । महिला सफारीचालक भनेरै हेप्नु भएको हो जस्तो लाग्छ ।

महिला रहेछ भनेर चढिसकेका धेरै मान्छे ओर्लने गर्नुहुन्छ । त्यति खेर अलि नरमाइलो लाग्छ ।

६. प्रहरी र प्रशासनबाट कत्तिको दुःख पाउनुहुन्छ ?

प्रशासनबाट खासै छैन, कहिलेकाहीँ अलिअलि समस्या हुन्छ । प्रहरीबाट पनि खासै छैन । त्यहीँ चढेको बेला पैसा दिनुहुन्न ।

७. तपाईँहरूले नमागेर पो हो कि ?

वहाँहरूले दिनुहुन्नँ माग्दा पनि ! कोही-कोही महिला प्रहरीले दिनुहुन्छ अरू त चढ्ने र ठाउँमा पुगेपछि ओर्लने मात्र हो । नदिने भएकाले हामी पनि माग्दैनौँ ।

७. विवाहित हुनुहुन्छ, दुई सन्तानका अभिभावक हुनुहुन्छ । घरमा, सन्तान र सफारीलाई समय मिलाउन निकै हम्मे पर्छ होला नि ?

महिलालाई अलि समस्या नै हुने रहेछ । बाहिर काम गरेपनि घरभित्र पनि आफैँ खटिनुपर्ने बाध्यता छ । बिहान उठेर खाना बनाएर, खाएर-खुवाएर केटाकेटीलाई स्कुल पुर्‍याउँछु अनि दिनभर सफारीमा चलाउँछु ।

केटाकेटीलाई स्कूलबाट ल्याउने जिम्मा श्रीमानको हो । घर आउँदा बेलुका हुन्छ तर पनि खाना बनाउने खुवाउने आफैँ गर्छु । गरिदेलान् भन्ने कोही छैनन्, त्यहीँ भएर सबै काम श्रीमान्-श्रीमती मिलेर नै गर्छौँ । तर पनि महिलाले अलि धेरै गर्नैपर्छ ।

८. तथ्याङ्कले महिला सफारी चालकको सङ्ख्या घटेको देखाउँछ, सङ्ख्या किन घटेको जस्तो लाग्छ तपाईँलाई ?

सार्वजनिक शौचालयको अभाव मुख्य कारण हो । शरीरमा नै समस्या आउन थालेपछि मसँगै सफारी चलाउन थाल्नुभएका थुप्रै साथीहरूले पेसा नै छाड्नु भयो ।

दोस्रो परिवारको साथ पनि हो जस्तो लाग्छ । म र श्रीमान् दुवै यहीँ पेसामा भएकाले हामीले एकअर्काको बारेमा र पेसाका बारेमा बुझेका छौँ । मान्छे भेटेपछि टाढा-टाढा अबेरसम्म पनि हिँड्नुपर्ने हुन्छ ।

नबुझ्नेका लागि यहीँ ठुलो समस्या हुन सक्छ । परिवारमा बेमेल भएपछि धेरैले सफारी चलाउन छाड्नु भएको हुन सक्छ ।

९. सफारीले विराटनगरको ट्राफिक व्यवस्थापनलाई अस्तव्यस्त बनाएको छ भन्ने आरोप छ नि !

पछिल्लो समय सफारीको सङ्ख्या साँच्चै धेरै भएको छ । यसले कुनै न कुनै प्रकारले ट्राफिक व्यवस्थापनलाई समस्या त पारेकै होला । नयाँ सफारी दर्ता प्रक्रियालाई रोकेर चुस्त व्यवस्थापन कसरी गर्नेबारे महानगरले सोच्नुपर्छ ।

१०. सफारीचालकका थुप्रै समस्या होलन्, चालकलाई सजिलो हुने गरी सम्बन्धित निकायले के गरिदिए हुने थियो जस्तो लाग्छ तपाईँलाई ?

पहिलो कुरा भाडामा एक रूपता छैन । निश्चित भाडा नभएकाले सफारी चालकको मनपरि छ । यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायले ध्यान दिए चढ्ने मान्छे र सफारी चलाउने दुवैलाई सजिलो हुनेथियो ।

त्यसबाहेक, सार्वजनिक शौचालय महानगरका विभिन्न क्षेत्रमा भए सहज हुन्थ्यो । अब धुँवाधुलो हटाउन, बाटाका खाल्डाखुल्डीलाई बनाए हामीलाई सफारी चलाउन सजिलो हुन्थ्यो । महङ्गीले हामीलाई पनि मारमा पारेको छ ।

ब्याट्री र मेनटेनेन्सको दाम आकासिएको छ, सरकारले यसतर्फ ध्यान दिए हामीजस्ता विद्युतीय साधन चलाउनेलाई सहायता हुनेथियो ।

प्रकाशित समय: आईतबार १८ ब‌ैशाख, २०७९, १६:३६:३८

सम्बन्धित खबर

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
६ दिनअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
३ हप्ताअघि

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ

बुधबार ६ साउन, २०८३
३ हप्ताअघि

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार

मङ्गलबार ५ साउन, २०८३
३ हप्ताअघि

कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर

मङ्गलबार ५ साउन, २०८३
४ हप्ताअघि

प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै

सोमबार ४ साउन, २०८३
४ हप्ताअघि
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
साढे ५ महिनापछि स्वदेश फर्किए देउवा
बिहिबार २८ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति राप्रपाको आपत्ति, तत्काल रिहाइको माग
बिहिबार २८ साउन, २०८३
सुदूरपश्चिमका मुख्यमन्त्रीले राजीनामा दिने
बुधबार २७ साउन, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार २६ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०