सडक बत्तीको विषयमा स्थानीय तह र विद्युत् प्राधिकरणबीच किचलो

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ११ ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । मोरङका स्थानीय तहहरुले सडकबत्ती प्रयोग गरेबापतको विद्युत महशुल नतिरेपछि विद्युत प्राधिकरणले पछिल्लो समय विद्युत विच्छेद गर्न सुरु गरेको छ ।

वर्षौंदेखिको महशुल बक्यौता भुक्तानी गर्न अझै आनाकानी गरेपछि प्राधिकरणको विराटनगर वितरण केन्द्रले सडकबत्तीको लाइन विच्छेद गर्न थालेको हो । अहिलेसम्म विराटनगरको आठवटा वडामा २४ ठाउँको सडकबत्तीको लाइन काटिएको छ ।

Advertisement

मोरङमा विराटनगरसहित ५ स्थानीय तहले सडकबत्ती प्रयोग गरेबापतको कुल १६ करोड ८४ लाख ६३ हजार रुपैयाँ विद्युत महसुल नेपाल विद्युत प्राधिकरणलाई भुक्तानी गर्न बाँकी छ । यो २०८० फाल्गुण मसान्तसम्मको बक्यौता हो ।

प्राधिकरणलाई विद्युत महसुल नतिर्ने स्थानीय तहहरू विराटनगर महानगरपालिका, जहदा गाउँपालिका, ग्रामथान गाउँपालिका, कटहरी गाउँपालिका र बुढीगंगा गाउँपालिका हुन् ।

तर, वर्षौंदेखि निःशुल्क रूपमा सडकबत्ती प्रयोग गर्दै आएका यी स्थानीय तहले महसुलको बक्यौता करोड नाघ्दा विभिन्न पैसा तिर्न मानेका छैनन् ।

विद्युत् महसुल नतिर्ने पाँचवटा स्थानीय तहमध्ये ग्रामथान गाउँपालिकाले भने आगामी नगरसभाबाट निर्णय गरेर किस्ताकिस्तामा बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

तर, महसुल तिर्ने वा नतिर्ने विषय अझै पनि अनिश्चित छ ।

ग्रामथानकी कार्यवाहक अध्यक्ष गुणावती देवी थारू किस्ता-किस्ता गरे विद्युत महसुल तिर्ने योजनामा आफूहरू रहेको सुनाउँछिन् ।

२०८० असोज २१ गते प्राधिकरणको विराटनगर वितरण केन्द्रले सडकबत्तीका लागि विद्युत शक्ति उपयोग गरेबापतको महशुल बुझाउन गोरखापत्र दैनिकमा पहिलो ४५ दिने सूचना निष्काशन गरेको थियो ।

सार्वजनिक सूचना निकाल्दा समेत बक्यौता भुक्तानी नगरेपछि २०८० मंसिर १० गते प्राधिकरणले पाँचवटै पालिकालाई पत्र काटेरै पैसा तिर्न आग्रह गर्‍यो ।

तर, विभिन्न बाहना देखाउँदै निःशुल्क विद्युत् उपभोग गरिरहेका पालिकाहरूले प्राधिकरणलाई महसुल भुक्तानी गर्न मानेका छैनन् ।

विराटनगर महानगरपालिकाले त झन विद्युत प्राधिकरणसँग नियमविपरीत पोल भाडा माग गर्दै बक्यौता भुक्तानी गर्न आनाकानी गर्दै आएको छ ।

स्थानीय तहले पोलभाडा उठाउन नपाउने स्पष्ट कानुनी व्यवस्थाका बाबजुद प्राधिकरणसँग पोलभाडा माग गरेपछि २०८० पौष ९ गतेको सर्वोच्चको निर्णयले पोलभाडाको विषयमा अन्तरिम आदेश दिईसक्दा समेत महानगर विद्युत् महसुल तिर्न तयार छैन ।

विराटनगर महानगर प्रमुख नागेश कोइराला प्राधिकरणले पोलको भाडा तिरेमा मात्र आफूहरूले विद्युत महसुल तिर्ने बताउँछन् ।

नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ३२ मा प्राधिकरणको कारोबारमा कुनै किसिमको स्थानीय कर नलाग्ने प्रावधान छ ।

नेपालको संविधान २०७२ को धारा ११५, २०३ र २३१ तथा मुलुकी देवानी संहिता २०७४ को दफा २३ मा समेत सो सम्बन्धी व्यवस्था छ ।

यद्यपि, आफ्नो बक्यौता तिर्नुको साटो नियमविपरीत विद्युत प्राधिकरणसँग सम्पत्ति कर र पोलभाडा माग गर्दै आएको महानगरको लहैलहैमा अन्य पालिकाहरू पनि लागेका छन् ।

बजेट नरहेको भन्दै प्रायः सबै स्थानीय तहले बक्यौता भुक्तानी गर्नबाट पन्छिदै आएको विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रका प्रमुख सरोज कुमार बताउँछन् ।

मोरङका ५ स्थानीय तहमध्ये सबैभन्दा बढी विराटनगर महानगरपालिकाले विद्युत प्राधिकरणलाई कुल १० करोड ५५ लाख रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ ।

त्यसपछि गाउँपालिकाहरूमा जहदाले २ करोड ४६ लाख, ग्रामथानले १ करोड ५३ लाख, कटहरीले १ करोड ४६ लाख र बुढीगंगाले ८२ लाख ७९ हजार भुक्तानी गर्न बाँकी रहेको विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले स्थानीय तहहरूसँग मात्र दुई रुपैयाँ प्रतियुनिटका दरले बक्यौता भुक्तानीको माग गरेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार

शुक्रबार ९ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
१ हप्ताअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
१ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
३ हप्ताअघि

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
२ महिनाअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०